• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ०९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

‘१०५ किलोको मन्त्रीलाई ५५ किलोको मान्छेले उडाउन खोज्ने ?’ : मन्त्री आले

पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटीलाई व्यापारीको कब्जाबाट छुटाउन खोज्दा आफूलाई मन्त्री पदबाट हटाउन खोजिएको बताएका छन् । १७ औं फेवा नव वर्ष महोत्सवको बुधबार पोखरामा उद्घाटन गर्दै उनले विगतको सरकारले एउटा व्यापारीलाई कौडीको भाउमा नारायणहिटी जिम्मा लगाउने काम गरेको बताए ।

‘दिएको छ, ६ आना, कब्जा गरेको छ, १४ रोपनी । कब्जा गर्नुभन्दा पहिला हेर्नुपर्छ कि पर्दैन कति किलोको मन्त्री छ यहाँ भनेर । यसलाई उडाउन सकिएला कि नसकिएला भनेर सोच्नुपर्छ कि पर्दैन ?,’ बतास समूहतर्फ इंगित गर्दै उनले भने, ‘एक सय पाँच किलोको मान्छे मन्त्रीको सिटमा बसेको छ, ५५ किलोको मान्छेले उडाउन खोज्छ, त्यो कदाचित हुनेवाला छैन ।’

नारायणहिटी र पशुपति धर्मशालाको दुइटा मुद्दा सरकारले जितिसके पनि आफूले सहयोग नपाएको उनले गुनासो गरे । ‘वडाको मुचुल्का बनाउन जाँदा प्रहरी प्रशासन समयमा पुग्दैन । वडाध्यक्ष, वडा सदस्य जम्मै एकैदिनमा बिरामी हुन्छन् । यस्तो दूर्भाग्य !,’ उनले भने, ‘मेरै मन्त्रालयका कर्मचारी पनि को कहाँ मिलेका छन् थाहै छैन । यस्तो खालको विडम्बना छ ।’

अर्थतन्त्र धरासायी भएको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि ०७१ सालदेखि कर नतिर्ने, नेताको वरिपरि घुम्ने, राज्यलाई बारम्बार ठग्ने मान्छेबाट १ अर्ब ५ करोड राजस्व उठाएको उनले बताए । ‘तीनवटा क्यासिनोबाट ६ वर्षदेखिको राजस्व ९० करोड रुपैयाँ असुल गर्नुपर्ने, विगतको सरकारबाट हुन सकेको थिएन,’ उनले भने, ‘हरेक मन्त्रीलाई व्यक्तिगत प्रलोभन दिने, फाइल डस्टविनमा फाल्दिने खेल भइराखेको थियो । म आइसकेपछि खबरदार भनें । पाँच दिनको लागि अन्तिमपल्ट सूचना प्रकाशन गर्दा पनि अटेर भइसकेपछि तीनवटा क्यासिनोको लाइसेन्स खारेज गरिदिएँ । त्यसपछि उहाँहरु अदालत जानुभयो । बिडम्बना, राजस्व नतिरे पनि अल्पकालीनरुपमा चलाउन दिनु भनेर आदेश आयो ।’

उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ४ देखि ५ महिनामा उद्घाटन गरी सञ्चालन गर्ने तयारी रहेकोले ल्यान्डफिल साइट जतिसक्दो छिटो सार्न पोखरा महानगरपालिकालाई आग्रह गरे । नेपाल ट्रस्टअन्तर्गत रहेको रत्न मन्दिर र हिमागृहलाई आगामी वैशाख ३० भित्रै सर्वसाधारणका लागि खुला गर्ने प्रतिबद्धता उनले दोहोर्‍याए । ‘मेरो मन्त्रालयमा भएको भए ७२ घण्टामा सक्थे, यो पर्‍यो अर्कैको मन्त्रालयमा । पहिलो रक्षा मन्त्रालयमा हो भनेर रक्षा सचिवसँग कुरा गरेको थिएँ । आर्मीको चिफले पनि खोल्न सहमति दिनुभएको छ,’ उनले भने, ‘तर पछि आएर नेपाल ट्रस्टभित्र पर्ने रहेछ भन्ने थाहा पाइसकेपछि प्रधानमन्त्रीलाई जानकारी गराउने भनेर समय मागेको, उहाँको व्यस्तताले समय पाउन सकिनँ ।’ अब आउने नीति तथा कार्यक्रममार्फत पोखरालाई पर्यटनको राजधानीको रुपमा क्याबिनेटमार्फत निर्णय गरेर घोषणा गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

होटल संघ पोखराले नयाँ वर्षको अवसरमा आयोजना गरेको महोत्सव बुधबार र बिहीबार चल्नेछ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको महोत्सवले पुनः निरन्तरता पाएको हो । स्थानीय फिस्टेल गेटदेखि हल्लनचोक बीचको तीन किलोमिटर सडकमा महोत्सव चलिरहेको छ । आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्दै कोभिड–१९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने महोत्सवको उद्देश्य रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

उनले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन विस्तारै बढ्न थालेको जानकारी दिए । होटलमा हाल २५ प्रतिशत हाराहारीको अकुपेन्सी रहेको र नयाँ वर्षलक्षित होटलको बुकिङ ५० प्रतिशत पुगेको पनि उनले सुनाए । महोत्सवकै अवसरमा होटलको ट्यारिफमा ३० प्रतिशत छुटको घोषणा संघले यसअघि नै गरिसकेको थियो ।

  • नागरिक उड्डयनमन्त्री
  • पर्यटन
  • प्रेम आले
  • संस्कृति
बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

लोकप्रिय

  • १.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३.

  • ४.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ५.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ६.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ७.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ८.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.