×
बुधबार, असार ११, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३. दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४. आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ५. आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ६. रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

  • ७. आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

  • ८. गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ९. नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • १०. काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

‘घोपा बचाउ’ भन्दै ११ दिनदेखि युवाहरु सडकमा


‘काठमाडौं : ‘सेभ द घोपा क्याम्प’ मुख्य नारा लिएर हिजोआज धरानका युवाले सडकमा धर्ना दिइरहेका छन् । उनीहरु गएको ११ दिनदेखि विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै सडकमा धर्नामा बसेका छन् ।

उनीहरुले ‘जिन्दगीसँग खेलबाड गर्न पाइदैन भ्रष्ट प्रशासन चाहिदैन’, ‘हामीलाई आईसीयूमा बेड चाहिन्छ, भ्रष्टाचार त जताततै पाइन्छ’ लगायतका नारा लेखेको प्लेकार्ड बोकेका छन् ।

 

अस्पतालको नेतृत्व भ्रष्ट भएका कारण बिरामीले सामान्य सुविधा समेत नपाएको भन्दै उनीहरुले शान्तिपूर्ण धर्ना सुरु गरेका थिए । हरेक दिन अपरान्ह ४ देखि ६ बजेसम्म धर्ना दिन तीन सयदेखि आठ सयसम्म युवा, बालबालिका तथा वृद्ध भेला हुने गरेका छन् ।

२९ चैत मंगलबारलाई उनीहरुले हातमा रातो रङ लगाएर अस्पतालको सेवा नपाएर, समयमा उपचार नपाएर ज्यान गुमाउनेको आत्मशान्तिको कामना गर्दै ‘रातो दिन’ मनाए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता बढेको, पदाधिकारीले पदीय मर्यादा नराखेको, बिरामीले सामान्य सेवासमेत नपाएको भनेर सरकारले गठन गरेको उच्च स्तरीय छानबिन समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक भइसकेको छ ।

बीपीमा जाँच गर्न जाने विरामीले सामान्य एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान, एमआरआई बिग्रिएका कारण निजी ल्याबमा जानुपर्ने अवस्था छ । वर्षौंदेखि यस्तो समस्या झेलिरहेको धरानबासी आफैं जागरुक भएर धर्नामा उत्रिएका भने होइनन् । धराने युवाहरुलाई जागरुक बनाउनको लागि काठमाडौंबाट ‘हामी नेपाल’ को टोली गएको थियो ।

काठमाडौं निवासी ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङले व्यक्तिगत कामले पूर्व गएको बेला दुर्घटनामा परेको एक जना बिरामीको सहयोगक लागि बीपी अस्पताल पुगेका थिए । देशकै ठूलो भनिएको स्वास्थ्य संस्थाको आकस्मिक कक्ष देखेर उनी अचम्ममा परे ।

बिरामी बोक्ने ट्रली, ह्वील चेयर नभएर आफन्तहरुले बिरामीलाई बोकेर सारिरहेका थिए । बेड नभएर बिरामी भुइँमै सुतिरहेका थिए । उनी सम्झन्छन् ‘हुन त यो धेरै अस्पतालको दुर्दशा हो । तर, देशकै ठूलो र प्रतिष्ठित अस्पतालको त्यो दृश्य देखेर मलाई साँच्चै पीडा भएको थियो ।’

 

त्यसपछि सुदनले वीपीमा अनियमितता रोक्न भएको आन्दोलन, उच्चस्तरीय समितिको प्रतिवेदनबारे पढे, सुने । उच्चस्तरीय छानबिन समितिले प्रतिष्ठानमा भएको विवाद अध्ययन गरी सुशासन, पारदर्शिता र यसअघिका अनियमितता भएको भन्दै पदाधिकारीहरूलाई कारबाहीको सिफारिस गरेको थियो ।

सरकारले सिनेट बैठकबाट विवादित पदाधिकारीहरूलाई हटाउन खोजे पनि सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि रोकिएको छ । यी सबै थाहा पाएपछि सुदनले धरानको युवाहरुलाई जगाउनुपर्छ भन्ने महसुस गरे ।

त्यसपछि सुदनले ‘हामी नेपाल’ मा साथीहरुसँग कुरा गरे । सुदनको कुरासँग उनका साथीहरु सहमत भए र सुदन सहित कम्युनिकेसन अफिसर श्रृष्टि श्रेष्ठ, कार्यसमिति सदस्य विधान श्रेष्ठ गरी तीन जना धरान गए ।

उनीहरुले गर्न खोजेको काम र उद्देश्यबारे सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत स्थानीय युवालाई जानकारी दिए । त्यसपछि उनीहरुको आन्दोलनमा स्थानीयको सहभागिता बढ्दै गयो ।

‘धर्नामा किन सहभागी हुने भनेर हामीले बुझाउने प्रयास गर्‍यौं तर निक्कै गाह्रो भयो । तर, अहिले यो धर्ना आफ्नै लागि हो भन्ने बुझ्नुभएको छ । सहभागिता बढ्दै गइरहेको छ’ उनले भने ।

‘हामी नेपाल’ले विभिन्न चार बुँदे माग राखेर आन्दोलन गरिरहेको छ । पहिलो मागमा अस्पतालको एमआरआई मेसिन बनाउनुपर्ने, भिडियो एक्सरेको सुविधा दिनुपर्ने लगायतका तत्काल कार्यन्वयन गर्न सकिने विषय छन् ।

 

दोस्रो बुँदामा २५ वर्षयताका पदाधिकारीको सम्पत्ति छानबिन हुनुपर्ने, तेस्रोमा प्रतिष्ठानमा भएका खरिद प्रक्रियाका कागजात वेबसाइटमा राखिनुपर्ने, चौथोमा यस्ता सामान्य र अस्पतालका आधारभूत सेवा पनि दिन नसक्ने हो भने पदाधिकारीहरुले राजीनामा दिनुपर्ने माग राखेका छन् ।

यो धर्ना कसैसँग सम्झौता गर्ने भन्दा पनि सेवामा परिवर्तन आएपछि मात्रै रोकिने अध्यक्ष गुरुङले बताए । प्रतिष्ठानमा औषधी पसलमा औषधी नपाइने, एमआरआई गर्न बाहिर जानुपर्ने, सामान्य अवस्था (माहामारी) मा पनि आईसीयू बेड नपाएर अर्को अस्पताल अथवा विराटनगर जानुपर्ने अवस्था हुन नहुने उनीहरुको बुझाइ छ ।

केही दिनअघि उपकुलपति डा. ज्ञानेन्द्र गिरीको फोन नम्बर सार्वजनिक गर्दै चुस्त सेवा दिन दबाव दिएका थिए । उनीहरुको शान्तिपूर्ण धर्नाले भित्र केही परिवर्तन भइरहेको सुनिन थालेको छ ।

‘हामी नेपाल’ की कम्युनिकेसन अफिसर श्रृष्टि श्रेष्ठले औषधी पसलमा औषधी थप गरिएको, केही नयाँ स्टे«चर थप भएको जानकारी पाएको बताइन् ।

घुसपैठ रोक्न सीसीटीभी जडान

युवाहरुको अभियानमा धरानका मेयर तिलक राईले पनि सहयोग गर्ने बताएका छन् । धर्ना स्थलमा युवाहरुलाई सम्बोधन गर्दै उनले धरानेको लागि भएको अन्दोलनमा साथ रहने बताए ।

‘यो कुनै राजनीतिक दल अथवा संगठनले गरेको होइन । स्वतन्त्र युवाहरुले आफ्नो लागि आफैं गरिरहेको भएर मेरो साथ छ, रहन्छ’ उनले भनेका छन् ।

स्थानीय तहको चुनाव नजिक आएपछि आन्दोलनमा राजनीतिक घुसपैठ हुन सक्ने जोखिमप्रति युवा सचेत छन् । त्यस्तो हुन नदिन धर्नास्थलमा सीसीटीभी समेत जडान गरिएको छ ।

आन्दोलनलाई राजनीतिक एजेण्डा बनाउन र आन्दोलनमा सहभागीलाई भड्काउन सक्ने जोखिम भएकोले स्थानीयको सहयोगमा सीसीटीभी जोडिएको हामी नेपालका अध्यक्ष गुरुङले बताए ।

हरेक दिन धर्नामा सहभागी स्थानीय युवा विमल राईले भने ‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं । अस्पतालको सेवामा हाम्रो धर्नाले नकारात्मक असर नपरोस् भन्नेमा हामी सचेत छौं ।’

  • 'घोपा बचाउ’
बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई
काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल
अमेरिकाले गर्‍यो इरानमा आक्रमण
गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड
ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ५.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ६.
    रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

भर्खरै

  • १.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • २.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ३.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ४.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ५.
    एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ६.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ७.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ८.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.