काठमाडौं : सरकारले आइतवार सार्वजनिक विदा दिएको छ । नेपाल सरकारले भोलि(आइतवार -२७ गते) नेपालीहरूको महान चाड रामनवमीको उपलक्ष्यमा सार्वजनिक विदा दिएको हो ।
चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा भएको सूचना सार्वजनिक गरेको हो ।
गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणीन्द्रमणि पोखरेलले सार्वजनिक गर्नुभएको सूचनामा चैत २७ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ ।