• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

कथा : अमेरिकामा फ्री-सेक्स


तारा भट्टराई
उठ्दा जेनिफरले आफूलाई नग्न अवस्थामा पाई । कपडा एकातिर अनि स्यान्डिल-ब्याग अर्कोतिर छरपस्ट । रमेशलाई सोधी, “यो तिमीले के गरेको रमेश ? म होसमा नभएको अवस्थामा तिमीले किन यसो गरेऊ ? यो अपराध हो । रेप हो ।”

बैङ्गलोरमा आईटी गरिरहेका रमेशलाई अकस्मात् डिभी पर्यो । अमेरिका आए । न्यूयोर्क सहरमा एउटा बैङ्कमा आईटी प्रोफेसनलका रूपमा सजिलै काम पाइहाले । काठमाडौँको घरानियँ परिवारका उनी अविवाहित थिए ।आईटी प्रोफेसनल अनि पैसा पनि राम्रो कमाइ गर्ने खान्दानी परिवारका छोरालाई उता घरमा छोरी दिनेको लाइन थियो । उनको बिहेका लागि राम्रो खानदान र पढेलेखेकी केटी खोज्ने काम विगत दश वर्षदेखि नै जारी छ । यता रमेशको मेसेन्जर, ह्वाट्सएप, भाइबर खान्दानी परिवारका, पढेलेखेका, विवाह गर्ने उमेर पुगेका केटीहरुका फोटाहरुले खचाखच भरिएका छन् । उनका फुपू, माइजू, काकीलगायत नजिकका नातेदारहरू पनि फोटो आदानप्रदान गर्न र उनको बिहेको कुरा गर्न व्यस्त छन् । तर रमेशले जति केटीहरुको फोटो पठाए पनि र जति जनासँग कुरा चलाए पनि कुनै न कुनै बहाना बनाएर रिजेक्ट गरिदिन्छन् । सुरुवाती दिनमा उनको विवाहको कुरा चलेका कति केटीहरूको त बच्चाले नै अङ्कल भनेर बोलाउन थालिसके, तर रमेश विवाह गर्न पटक्कै मान्दैनन् ।

नेपालमा करियर बनाउन व्यस्त रमेशलाई पढाइको क्रममा गर्लफ्रेण्ड बनाए पनि डेटिङ गरेरै हिँड्नचाहिँ खासै फुर्सद थिएन । तर प्रकाश कोविदका कामुक उपन्यासहरू भने पढ्न भ्याउँथे । उनी पढाइ सकेर परिवारले खोजिदिएकै केटीसँग बिहे गरेर घरजम गर्ने सोचमा थिए । तर डिभी पर्नेबित्तिकै उनको मन परिवर्तन भयो । उनलाई लाग्यो – आहा ! सेक्स-फ्री अमेरिका ! बिहे नगरीकन एक्लै गएर केही वर्ष भए पनि जीवनको मज्जा लिइहाल्छु । केही खैरिनी केटीहरुसँग डेटिङ गरिहाल्छु, र फरक किसिमको अनुभव गरिहालूँ । उनी एक दुई वर्षपछि बिहे गर्ने सर्तमा अमेरिका हानिए । परिवारले पनि उमेर भर्खर २७ वर्षमात्र पुगेकाले खासै प्रेसर दिएनन् ।

अमेरिकाको न्यूयोर्क सहरमा सुरुमा कोठा खोज्ने र जागिर खोज्ने काममा व्यस्त भए । जागिर पनि केही ठाउँमा एप्लाई गरेपछि राम्रै मिल्यो । केही आफन्त र साथीभाइहरू भए पनि उनी म्यान्हाटनमा २५०० डलर तिरेर सुविधा सम्पन्न एक अपार्टमेन्टमा राम्रो बन्दोवस्तसँग बस्न थाले । पैसो पनि राम्रै आउन थाल्यो । नेपालमा पैसा पठाउनु पर्ने बाध्यता पनि उनलाई थिएन । बरु कार किन्न र तीन महिनाको कोठा भाडासमेत उतै नेपालबाटै ल्याएका थिए ।

दिनहरु राम्रैसँग बित्दै थिए । काममा जानेआउने गर्थे । कहिले घरमै पकाएर खान्थे त कहिले बाहिर रेष्टुराँमा । भगवान्ले जीवनमा भनेजस्तै सबै कुरा पुर्याइदिएका थियो । बिदाको दिन थियो । रमेश स्टार बक्समा कफी पिएर ल्यापटपमा घोक्लिएर बसेका थिए । साइडमा एउटी २५ हाराहारी उमेरकी राम्री केटी हातमा कफी बोकेर क्याटवक शैलीमा उनको अगाडि आइपुगी । उसले रमेशलाई सोधी, “म तिम्रो टेबुल सेयर गरेर बस्न सक्छु ?”

यसो हेर्दा स्वर्गकी अप्सराजस्ती राम्री केटीले अफर गर्दा रमेशले हुन्छ भनिहाल्यो । टेबुलमा कफी राखेर केटी बसी । रमेशले पनि आफ्नो ल्यापटप बन्द गरेर ब्यागमा राख्यो । “बाई द वे, म जेनिफर फेल्कोनी ।” केटीले आफ्नो परिचय दिइहाली । रमेशले पनि आफ्नो परिचय दियो।

छुँदा पनि दाग लाग्लाजस्ती गोरी । नरम छाला, ख्याप्प परेर टाँसिएको पेटमा मिलेर उचालिएका पुष्ट वक्षस्थल, बारुले कम्मर, ओठमा ठिक्कको लिप्कस्टि, मिलेका बत्तीसै दन्त, फरर परेको खैरो कपाल, मन्द मुस्कान र फरर अङ्ग्रेजी बोल्ने अन्दाज । अझ पर्फ्युमको बास्नाले टेबुल नै मगमग भयो । केटीको उपस्थितिले रमेशको शरीरमा अर्कै तरंग पैदा गरिदियो । ऊ एकोहोरो हेरिरहन चाहन्थ्यो । तर बैङ्कमा सबै कर्मचारीलाई हरेक महिना सेक्सुअल हर्यास्मेन्टको क्लास दिन्छ । अमेरिकामा कसैले कसैलाई अस्भाविक तवरले हेर्नु पनि harassment हो । तर पनि ऊ जेनिफरलाई झुक्याएर हेरिरहन्थ्यो । सोच्यो, “यस्ती राम्री केटीलाई अघाउन्जेल हेर्न पनि नपाइने कस्तो अमेरिका ? बरु इन्डिया/ नेपालमा केटीहरुलाई जिब्रो पड्काईपड्काई जिस्क्याउन पाइन्थ्यो । बेला-बेलामा यसो कलेज बङ्क गरेर साथीहरुसँग डर्टी पिक्चर पनि हेर्न पाइन्थ्यो।”

कुरा गर्दै गएपछि एकैछिनमा दुबै जना एकअर्कामा निक्कै सजिलो महसुस गर्दै गए । रमेशले आफ्नो बारेमा बतायो । जेनिफर ठुला ठुला आँखा पारेर रमेशका कुरालाई खुब चासो दिएजस्तो गरेर सुनिरहेकी थिई । मनमनै भन्दै थिई, “आज खुब राम्रो मुर्गा फेला पर्यो । ”
रमेशले पनि यस्ती राम्री, पढेलेखेकी, ग्लोबल राजनीति, भूगोल, इतिहस, संस्कार र संस्कृति सबै बुझेकी केटीसँग कुरा गर्दा निक्कै आनन्द मान्यो । दुबै जना गफ्फिन थालेपछि समय बितेको पत्तै भएन । साँझको पाँच बज्न लागिसकेको थियो । रमेश जेनिफरको फोन नम्बर मागेर अर्को हप्ता भेटघाट गर्ने बाचाका साथ छुट्टिनमात्रै लागेको थियो, जेनिफरले कुनै बारतिर गएर बियरमा कम्पनी दिन प्रस्ताव गरी । रमेशलाई पनि छुट्टिन मन कहाँ थियो र ? “हुन्छ” भनिहाल्यो ।

दुबै जना साइडवाकमा हिँडेर फिप्थ एभिन्यूमा रहेको एउटा बारमा पसे । बार पस्नुअघि रमेशले जेनिफरको हात समाउने अनुमति माग्यो । उसले आफ्नो हात दिई । रमेश बारमा जेनिफरलाई आफ्नै गर्लफ्रेण्ड हो भनेर मानिसहरूले थाहा पाउन भन्ने चाहन्थ्यो । जेनिफरको रुवाजस्तै नरम हात समातेर रमेश बार पस्यो । बारमा दुबैले हल्का स्न्याक्स सेयर गर्नेगरी ब्ल्यूमुन (Blue moon) नामको बियर मगाए । जेनिफरले पनि अघिल्लो हप्ता पकाएको स्पिनिच लजानिया डिनर फ्रिजमा रहेको बताई । रमेश घरमा गएर राती चाइनिज नुडल्स उमालेर खाने बतायो । उनीहरू दुबै जना क्रमशः बियर पिउँदै गए । बेराले थप्दै गयो । रातको दुई बज्दा उनीहरू लगभग बेहोसी भइसकेका थिए । रमेशले डेविटकार्ड मार्फत् १५०० डलर बिल तिर्यो । बल्लतल्ल बारको बेराको सहयोगमा उबर बोलायो । जेनिफर पनि उबरमा रमेशसँगै गई । उबरबाट उत्रेर बल्लतल्ल अपार्टमेन्टमा पुगे । जेनिफरका अग्ला हिल भएका स्यान्डिल खोलेर फुत्त भुईँमा फालिदियो, र आफ्नै बेडमा सुतायो ।

कहिल्यै पनि यति धेरै बियर नपिएको रमेशलाई बेस्सरी बान्ता भयो । बान्ता गरिसकेपछि रमेश निक्कै हल्का भयो । दाँत माझ्यो । मुख धोएर बेडमा आउँदा जेनिफर मुडोजस्तै पल्टिरहेकी थिई । रमेशले जेनिफरलाई सुम्सुम्यायो । ओठमा ओठ मिलायो । सानो बालकजस्तै ऊ जेनिफरसँग लिट्पुटियो । ऊ आगोजस्तै दनदनी बलिरहेको थियो । होस सह्माल्न सकेन, र जेनिफरका एक एक कपडा खोल्दै गयो । त्यसपछि के के भयो ? रमेशले पत्तै पाएन ।

बिहान उठ्दा जेनिफरले आफूलाई नग्न अवस्थामा पाई । कपडा एकातिर अनि स्यान्डिल-ब्याग अर्कोतिर छरपस्ट । रमेशलाई सोधी, “यो तिमीले के गरेको रमेश ? म होसमा नभएको अवस्थामा तिमीले किन यसो गरेऊ ? यो अपराध हो । रेप हो ।”

एकैछिनमा एक भ्यान पुलिस आए । रमेशलाई हत्कडी लगाए । स्वास्थ्य परीक्षण गर्दा जेनिफरको भेजाइनामा चोटपटकसहित स्खलित विर्य भेटियो । रमेशले नकार्दा नकार्दै सम्पूर्ण कुराहरुको भिडियो जेनिफरको मोबाइलमा रेकर्डडेड रहेछ ।

फ्री-सेक्सको सपना बोकेर भरपुर आनन्द लिन एक्लै आएका रमेश अहिले जेलमा छन् । उनी एन्टिरेट्रो भाइरल नामको एचआईभीको औषधी पनि सेवन गरिरहेका छन् । यो कुराबाट उनको परिवार पुरै बेखबर छ । रमेश हरेक पल अमेरिकाको फ्री-सेक्स सपनाको महँगो हिसाबकिताब चुक्ता गर्दैछन् ।

साहित्यपोष्ट

  • अमेरिकामा
  • कथा
  • फ्री-सेक्स
बुधबार, चैत २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने
ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन
मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई
देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृतिः राष्ट्रपति पौडेल
आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन
‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.