चितवन : नेकपा एमाले चितवनले माडी नगरपालिका–९ कुसुमखोलाको सुकुमबासी बस्तीमा भएको आगजनी अमानवीय घटना भन्दै भत्र्सना गरेको छ ।
नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा कुसुमखोलाका १७ घरमा निकुञ्ज प्रशासनले चैत १३ गते आगो लगाई सुकुमबासीको घर नष्ट गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
आज प्रेषित विज्ञप्तिमा अदालतको आदेशमा बनेको परमादेशी सरकारले निर्देशनमा सो क्षेत्रमा बर्षाेदेखि बसोबास बस्दै आएका सुकुमबासीको घरमा मानिस नभएको अवस्थामा अन्नपात तथा लत्ताकपडासमेत झिक्न नपाई नष्ट गरेको घटनाको विरोध गर्दै निन्दनीय र भत्सर्नायोग्य रहेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नागरिकले पाउने आधारभूत आवश्यकता गास, बाँस र कपासको व्यवस्थालाई कुल्चँदै निकुञ्ज क्षेत्र खाली गराउने निहुँमा भूमिहिन र सुकुमबासीहरुको उचित स्थान पहिचान गरी व्यवस्थापन गर्नुपर्ने ठाउँमा एक्कासी गरिएको यसखालको अमानवीय कार्यको नेकपा एमाले चितवन घोर भत्सर्ना गर्छ ।
आगजनीबाट नष्ट भएका अन्नपात र लत्ताकपडाको उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न जोडदार माग गर्दछ ।’