काठमाडाैं : पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन् । उनी पहिला देखि नै झापा गएपछि महिनाैंसम्म बस्दै आएका छन् ।
आज झापा पुगेका उनलाई झापाली जनताले भव्य स्वागत गरे । देशमा गणतन्त्रमा प्रवेश गरेपनि पूर्वराजा पुगेको ठाउँमा जनताहरुले उनको भव्य स्वागत गर्ने गरेका छन् । उनको पक्षमा नारा समेत लगाउने गरेका छन् । जनताको स्नेह भने घटेको देखिँदैन । झापाको चन्द्रगढि विमानस्थलमा पूर्वरानी तथा छोरी समेत उनको साथमा देखिएका थिए । एक महिनासम्म बस्ने उनको सचिवालयले जनाएको छ ।
धार्मिक स्थलमा पूजा गर्न पनि उनी देशको विभिन्न जिल्लाको भ्रमण गर्ने गरेका छन् । उनको स्वागतमा राजा आउ देश वचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हाम्रो भाषा हाम्रो भेष प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद लगायतका नारा समेत लागेको थियो ।
राप्रपाले संसदीय चुनावमा एकमात्र सिट जित हासिल गरेको जिल्ला झापा नै भएकाले उनको भ्रमणलाई महत्वपूर्णका साथ हेरिएको छ । राप्रपाको झापामा उपस्थिति बलियो छ । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको गृह जिल्ला समेत हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा, कांग्रेसकै प्रभावशाली नेता पूर्वगृहमन्त्री तथा पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटाैलाको गृह जिल्ला समेत झापा नै हो ।
चन्द्रगढि विमान स्थलबाट दमकमा रहेको हिमालयन टि गार्डेनभित्र परिसरमा रहेको निजि निवासमा परिवारसहित पूर्वराजा गएका छन् ।