काठमाडौँ ।
ना”बालिग ब” ला त्कार”को अभियोगमा पुर्पक्षका लागि दमौलीमा रहेको का”रागारमा रहेका अभिनेता पल शाह जेलको बि ब्लकमा छन्।
जिल्ला अदालत तनहुँको आदेशमा बिहीबार बेलुका सात बजेर १५ मिनेटमा प्रहरीले उनलाई जेल प्रशासनलाई बुझाएको थियो। प्रशासनले उनलाई जे लको स्थान हेरेर बि ब्लकमा राखेको छ।
बि ब्लकमा उनीसँगै १ सय ६८ जना कै दी/ब”न्दी छन्। जेल प्रशासनका अनुसार सो ब्लकको बसाई सामूहिक भएकाले पल पनि सामूहिक बसाइ,मै छन्।
‘यहाँ जो आए पनि छुट्टै बस्न पाउने सम्भावना छैन। जेलभित्र भएकाहरूसँग घुलमिल भएर बस्नैपर्छ,’ जेलका एक अधिकारीले भने’ पल पनि त्यसरी नै सामूहिक रूपमा बसेका छन्।’
कलाकार भएकाले भेट्न चाहनेको भि ड हुनसक्ने भन्दै जेल प्रशासनले परिवारका सदस्य र नातेदारलाई मात्र भेट्न दिइरहेको छ।
उनी जे”लमा पुगेपछि उनको परिवारका सदस्य मात्रै भेट्न आएका छन्। उनीहरूले जे”लभित्र लैजान सकिने बन्दोबस्तीका सामाग्री दिएका थिए।
जेलभित्र आफैँ एक्लै पकाएर खान वा सामूहिक मेसमा खान सकिन्छ। जेल प्रशासनले जेलमा रहेकालाई दैनिक ६० रुपैयाँ र सात सय ग्राम चामल दिन्छ खान्कीमा।
सामूहिक मेस भित्रै रहेका कै दी/ब न्दीले चलाउँछन्। त्यसका लागि नाइके, भाइ नाइके तोकिएको हुन्छ। पलले मेसमै खाना खाइरहेको जेल स्रोतले बतायो। उकेरा बाट