×
बुधबार, असार ११, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३. दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४. आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ५. आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ६. आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

  • ७. रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

  • ८. गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ९. नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • १०. टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

पल समिक्षा प्रकरण : शाहले बलात्कार गरेको अस्वीकार,उमेर पुगेपछि विहे गर्ने सहमति भएको वयान


अभिनेता पल शाहले नाबालिग गायिकालाई बलात्कार गरी उजुर नगर्न पटकपटक प्रयाससमेत गरेको जिकिर गर्दै जिल्ला सरकारी वकिल कार्यालयले तनहुँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। शाहलाई बलात्कार गरेको अभियोग र उनका म्यानेजर कृष्ण जोशीलाई बलात्कारका मतियार भएको अभियोग सरकारले लगाएको छ।

उनीहरू म्युजिक भिडिओ सुटिङका दौरान गत वैशाख १४ गते तनहुँको दुलेगौंडास्थित प्रदीप थापाको घरमा बास बसेका थिए। सोही रात शाहले नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ।

बलात्कारमा पर्ने बेला गायिका १५ वर्ष ९ महिनाकी मात्र भएकाले शाहलाई १२ देखि १४ वर्षसम्मको कैद सजाय हुनुपर्ने माग सरकारी वकिल कार्यालयले माग गरेको छ। १४ देखि १६ वर्षसम्मका नाबालिगलाई बलात्कार गरे १२ देखि १४ सम्मको कैद हुने मुलुकी फौजदारी संहिताले गरेको छ। मतियारका रूपमा पेस गरिएका जोशीलाई भने शाहलाई हुने सजायको आधासम्म कैद सजाय गर्न माग गरिएको छ।

मुद्दा दायरसँगै अदालतले मंगलबार नै शाहको बयान लिएको छ।

तनहुँ प्रहरीका अनुसन्धान अधिकृतलाई दिएको बयानमा शाहले बलात्कार अस्वीकार गरेका छन्। उनले मध्यरात नाबालिग गायिका सुतेको कोठामा गएर आफूले खाएर बाँकी रहेको बियर दिएर फेसवास लिएर फर्किएको बयान दिएका छन्।

‘राती अबेरसम्म बियर खाँदै पीडित र मैले म्यासेज आदानप्रदान गर्दै अन्दाजी ११ः४५ बजेतिर हामीले खाएर बाँकी रहेको बियर लिएर पीडित सुतेको कोठामा गई ढोका धकेली भित्र पसी निजलाई बियर खान दिई, फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ,’ शाहले बयानमा भनेका छन्।

प्रहरीले लिएको बयानमा गायक खत्रीले भने आफू पहिल्यै सुत्न गएको र शाह कति बेला आफू सुतेको कोठामा आएर सुते भन्ने थाहा नभएको बताएका छन्।

शाहले गायिका १८ वर्षभन्दा कम उमेरको रहेको कुरा आफूलाई पूर्ण रूपमा जानकारी भएको बताएको पनि अभियोगपत्रमा उल्लेख छ।

नाबालिगले गत जेठ अन्तिममा फोन गरेर आफ्नो महिनावारी रोकिएको बताएको पलले बयानमा भनेका छन्। त्यसपछि घटना मिलाउन असारमा पीडित, उनकी आमा, गायक दुर्गेश थापा, सरोज ओली, योगेश काजी र शाहका म्यानेजर जोशी बसेर छलफल गरी विवाह गर्ने सहमति भएको समेत शाहले बयानमा बताएका छन्।

‘तपाईं र मेरो सम्बन्ध अरूले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नु पर्छ भन्ने शब्दहरू म्यासेजमा मलाई पठाएकी थिइन्,’ शाहले बयानमा भनेका छन्, ‘पीडित पक्षले मलाई विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले उमेर पुगेको छैन भनेको थिएँ।’

बलात्कार अस्वीकार गरेका पलले ‘गर्लफ्रेन्ड–ब्याइफ्रेन्डबीच हुनु भनेको नर्मल हो’ भन्ने सार्वजनिक अडिओ रेकर्ड आफ्नो भएको स्वीकारेका छन्। प्रहरीले लिएको बयानका क्रममा शाहले बलात्कार घटना कानुनी उपचारमा जान नदिन आर्थिक प्रलोभनदेखि ज्यान लिने धम्कीसम्म दिएको उल्लेख छ। शाहका तर्फबाट म्यानेजर जोशीले उक्त भूमिका खेलेको बयानमा बताएका छन्।

जोशी सुरूमा मासिक २५ हजार रूपैयाँ तलब लिएर शाहका म्यानेजर बनेका थिए। नाबालिग बलात्कारका घटना मिलाउन भन्दै शाहले दोब्बर तलब, मासिक ५० हजार दिएपछि म्यानेजर बसेको जोशीले बयानमा भनेका छन्। त्यसपछि बलात्कारका घटना मिलाउन आफूले भूमिका खेलेको उनले स्वीकारेका छन्।

जोशीले नाबालिगलाई कानुनी कारबाहीमा जानबाट रोक्न उनका आफन्तलाई ५० लाख दिनेदेखि गीतसंगीतमा सहयोग गर्ने प्रलोभन दिएको स्वीकारेका छन्। उक्त प्रलोभन अस्वीकार गर्दा पीडितका आफन्तलाई ज्यान मार्ने धम्कीसमेत दिएको पनि उनले स्वीकारेका छन्। उक्त म्यासेज पीडित पक्षले उजुरीमा समावेश गरेका थिए।

‘मैले पीडित नाबालिकालाई तिमीहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाऊ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले पीडितका आफन्तलाई नाबालिका के गर्छिन्, कसो गर्छिन्, हामीलाई खबर गर, तिमीलाई मैले गीतसंगीतमा सहयोग गर्छु भनेको थिएँ। तर भनेअनुसार काम नगरेकीले निजलाई धम्कीपूर्ण म्यासेज पठाएको थिएँ। निजले पेस गरेको म्यासेज मैले पठाएको हो। मैले पीडितलाई सम्झाउने क्रममा मलाई मान्छे मार्न केहीजस्तो लाग्दै भन्ने शब्दहरू प्रयोग गरेको हुँ,’ जोशीले बयानमा भनेका छन्।

अभियोग पत्रमा जोशीले पीडितलाई ‘शाहसँग घुम्न जाँदा उनले भनेका सबै कुरा मान्नू, सम्बन्ध राख्नू, विवाह गर्छ, भविष्य राम्रो हुन्छ’ भनी ललाई-फकाई करणी गर्न र करणी गरिसकेपछि कसैलाई नभन्न, प्रहरीमा उजुरी नगर्न दबाव दिएको उल्लेख छ। उनले भिडिओ सुटिङका क्रममा एउटै कोठामा बस्न बाध्य पार्ने लगायत मतियारको काम गरेको अभियोग पनि लागेको छ।

झुटो प्रेमको प्रलोभनमा पारेर पटकपटक बलात्कार गरेको भन्दै पीडित नाबालिगका परिवारले शाहविरूद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा र १५ गते नवलपुर प्रहरीमा उजुरी दिएका थिए। उजुरी परेपछि बेपत्ता भएका शाहले फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए।

जाहेरीमा शाहले पोखरा, तनहुँ, नवलपुर लगायत ठाउँमा बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप छ। गायिकाले करिब ३ महिनायता गीतसंगीतमा ध्यान दिन नसकेको र यसबारे बुझ्दा घटनाबारे जानकारी पाएको जाहेरीमा उल्लेख छ।

पीडित गायिका र शाहबीच एक गीतको म्युजिक भिडिओ सुटिङमा भेट भएको र त्यही बेला उनीहरूले फेसबुक र फोन नम्बर आदान प्रदान गरेका थिए। त्यसपछि उनीहरूको निरन्तर भेटघाट र संवाद हुन थालेको जाहेरीमा उल्लेख छ।

शाहले माया-प्रेमको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रम बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएको उजुरीमा उल्लेख छ। यस्तै सुटिङ गर्न पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा पटकपटक बलात्कारको प्रयास गरेको उल्लेख छ।

बाग्लुङको गलकोट महोत्सवमा २०७७ चैत ३१ गते शाहसहित दुर्गेश थापा, योगेस काजी, सम्राट चौलागाईं, कृष्ण जोशी र अरू कलाकारसँग एउटै गाडीमा जाँदा पीडित गायिका र शाह एउटै सिटमा बसेका बेला शाहले बालयौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ।

पोखरामा सुटिङबाट काठमाडौं फर्किने क्रममा तनहुँको दुलेगौंडामा प्रदीप थापाको घरमा बास बसेको र शाहले मदिरापान गरेर मध्यरातमा जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ।

यसअघि पोखरास्थित होटल प्राइम, चितवनस्थित गैंडाकोट रिसोर्टमा समेत शाहले पटकपटक बलात्कार गरेको पीडित पक्षले जनाएका छन्। गायिकाको कोठामा दिनहुँ आउजाउ गर्न शाहले कोठा सार्न समेत दबाव दिएको उल्लेख छ।

तनहुँ प्रहरीले पललाई हिरासतमा लिएर २३ दिन लगाएर सोमबार मिसिल जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा बुझाएको थियो। बलात्कार मुद्दा हदबन्दीका कारण नवलपुर प्रहरीले भने यसअघि नै मुद्दा दायर गरिसकेको छ।

तनहुँमा थुनछेक बहस सकिएपछि पललाई नवलपुर अदालतमा उपस्थित गराएर थुनछेक बहस गरिने नवलपुरका सरकारी वकिल डालबहादुर नेपालीले बताए।

setopati

  • पल समिक्षा प्रकरण
बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट
नयाँ वर्षमा नारायणी किनारमा नेपाली सङ्गीतको महामेला हुँदै,पाँच व्याण्डसहित भव्य कन्सर्ट
प्रकाश सपूतको ‘वसन्त’को ट्रेलर सार्वजनिक
‘सक्किगोनि’को तेस्रो सिजन बन्द

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ५.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ६.
    आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

भर्खरै

  • १.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • २.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ३.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ४.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ५.
    एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ६.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ७.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ८.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.