• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

  • १. पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • २. पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ३. लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ४. चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पूराना काँग्रेस नेता जोशीले काँग्रेस पार्टी छाडे, एमालेसँग तालमेल गरी निर्वाचन लड्ने घोषणा


दमौली । एक समय नेपाली काँग्रेसका प्रभावशाली नेता मानिने गोविन्दराज जोशी अहिले काँग्रेसको राजनीतिबाट बाहिर छन् । नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोईरालाका अत्यन्त निकट मानिने जोशी अहिले केन्द्रीय राजनीतिमा भुमिकाविहिन भएपनि उनको गृहजिल्ला तनहुँमा भने जोशीको प्रभाव यद्यपी कायमै छ ।

जोशीको असहयोग हुँदा २०७४ सालको प्रदेश तथा संघको निर्वाचनमा तनहुँमा २ प्रतिनिधिसभा सहित ६ वटा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवारहरु पराजित भए । काँग्रेस जिल्ला नेतृत्वले पराजयको कारण वामगठबन्धन भएको बताएपनि काँग्रेसका कार्यकर्ता भने त्यो मान्न तयार छैनन् । स्थानीय निर्वाचनमा तनहुँका १० मध्ये ६ वटा स्थानीय तहको प्रमुख जित्न सफल काँग्रेस ६ महिनापछि भएको संघ र प्रदेशको निर्वाचनमा भने तनहँुबाट क्लिन स्विप भएको थियो । त्यसको प्रमुख कारण नै जोशी भएको कार्यकर्ताहरुको ठम्याई छ ।

पार्टीबाट टिकट नपाएपछि जोशीले विद्रोहीको रुपमा उम्मेदवारी दर्ता गरेका थिए । तर काँग्रेसका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलको निवेदनको आधारमा निर्वाचन आयोगले जोशीको उम्मेदबारी खारेज गरेको थियो । त्यसपछि नै काँग्रेसका उम्मेदवारको पराजय सुरु हुन थालेको कार्यकर्ताहरुको विश्लेषण छ । चुनावमा पराजित भएपछि पौडेलकै दवावमा जोशीको साधारण सदस्यता समते नरहने गरी काँग्रेस पार्टीले उनलाई कारवाही ग¥यो ।

चुनाव पछि करिब ३ वर्ष चुप बसेका उनै जोशी पुनः कार्यकर्तालाई संगठित गर्ने अभियानमा लागेका छन् । स्थानीय निर्वाचन हुन केही महिना मात्र बाँकी रहँदा जोशी कार्यकर्ता भेटघाटको लागि तनहँु क्षेत्र नम्बर १ का विभिन्न स्थानमा जान सुरु गरेका छन् ।स्थानीय निर्वाचन मात्र नभएर नेपाली काँग्रेसको आसन्न जिल्ला अधिवेशनको संघारमा आफु पक्षीय नेता/कार्यकर्तालाई भेट्न नेता जोशी गाउँ पस्न थालेका हुन् । जोशीले गत सोमबार भानु नगरपालिका ११ बाट आफ्नो अभियान सुरु गरेका छन् । उनी कार्तिक २९ गतेसम्म गाउँमै हुनेछन् ।

नेपाली काँग्रेसको क्रियाशिल सदस्यता नविकरण गर्ने काम सुरु भएपछि जोशीले विज्ञप्ति मार्फत सदस्यता नविकरण नगर्न र अधिवशेनको कुनै पनि प्रक्रियामा सहभागी नहुन आह्वान गरेका थिए । जोशीको आग्रहमा तनहुमा करिब दुई हजार नेपाली काँग्रेसका कार्यकर्ताहरुले क्रियाशील सदस्यता नवीकरण गरेका छैनन् । स्वयं जोशीको साधारण सदस्यताको कारवाही पनि फुकुवा भएको छैन । आफ्नो अनुरोधमा तनहँु जिल्लाभर ६ हजार भन्दा बढिले काँग्रेसको नयाँ सदस्यता नलिएको जोशीको दावी छ ।

नेपाली काँग्रेसको महाधिवेशन हुने निश्चित भएपछि सभापतिमा दावी गरिरहेका कांग्रेस उपसभापति बिमलेन्द्र नीधिले जोशीलाई उनकै निवासमा गई सहयोग मागेका थिए । तर जोशी भने अव नेपाली काँग्रेसको राजनीतिमा नफर्कने मुडमा छन् । ‘विमलेन्द्र नीधिले भनेकै आधारमा मैले काँग्रेसको राजनीतिमा फर्कने कुरा हुँदैन’ जोशीले शनिबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा प्रश्न गरे ‘अब के को लागि काँग्रेसमा फकर्ने ?’ आफ्नो पक्षमा लागेवापत कारवाही भएका सयौं कार्यकर्ताहरुको सम्माजनक पुनर्बहाली हुनु पर्ने उनको अडान छ ।

जोशीले आफ्नो फेसबुक पेजमा कार्यकर्तालाई भेट गरेको तस्विर राख्दै ‘यसपाली म तनहूँ १ बाट स्वतन्त्र उम्मेदवार भएर चुनाव लड्दै छु । सम्पूर्ण १ नम्बर क्षेत्रका कांग्रेस, एमाले, समाजवादी पार्टी, माओबादी, राप्रपा अरु राजनैतिक पार्टीमा आबद्ध साथीहरुले यसपाली मलाई जिताउनुहुन अनुरोध गर्दछु ।

१ नम्बर क्षेत्रमा परेका सम्पूर्ण समस्याहरुलाई राजनैतिक विचारधारामा आधारित चस्माले नहेरी तपाइँहरुलाई सहयोग गर्नेछु । आउनुहोस् एक पटक टिकट किनबेच गर्नेलाई होइन आफ्नो टिकट आफैं लिएर चुनाव लड्नेलाई सहयोग गर्नु होला ।’ भन्ने सन्देश राखिएको छ ।

जोशीका गतिविधि हेर्दा उनी कांग्रेसको सक्रिय राजनीतिमा फर्कने सम्भावना कम देखिन्छ । जोशीको सक्रियता कांग्रेसका लागि प्रत्युत्पादक भने हुनसक्छ । अघिल्लो निर्वाचनमा जोशीले कांग्रेसलाई असहयोग गर्दा वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ विजयी बनेका थिए । आगामी निर्वाचनमा भने जोशी कांग्रेसको वागी नभई स्वतन्त्र उम्मेदवार बन्न चाहन्छन् । जसमा नेकपा एमाले लगायतका दलको समर्थन रहोस् भन्ने उनको चाहना छ ।

एमालेबाट निर्वाचित सांसद श्रेष्ठ एकीकृत समाजवादीमा लागेर मन्त्री भएका कारण एमालेका कार्यकर्ताहरु श्रेष्ठसँग पनि रुष्ट भएको अवस्था छ । जोशीले स्थानीय निर्वाचनदेखि नै तनहुँमा आफूपक्षीय उम्मेदवार उठाउने तयारी गरेका हुन् । क्षेत्र नम्बर १ का सबै स्थानीय तह र वडामा एमालेसँग तालमेल गर्नेबारे जोशीले छलफल नै थालेका छन् ।

जोशीले यस्तो तयारी थालेपछि तनहुँ कांग्रेसका सभापति बैकुण्ठनाथ न्यौपानेले हालै जोशसँग संवाद गरेका थिए । ‘बैकुण्ठजी आएर तपाईको सहयोग नभए कांग्रेस सबैसितर हार्छ, पार्टीमा फर्कनुपर्यो भन्नुभएको थियो । तर अब म र मेरा मान्छेलाई जसले सहयोग गर्छ उसैसँग सहकार्य हुन्छ भनिदिए’, जोशीले भने । एमाले तनुहँ जिल्ला सचिव एवं राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले जोशीसँग सम्भावित सहकार्यबारे छलफल भएको बताइन् । ‘पार्टी विभाजनको क्षति उहाँसँगको सहकार्यमा पूर्ति गर्न सकिन्छ की भनेर छलफल भएको छ’, न्यौपानेले भनिन् ।

बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

  • १.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • २.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ३.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ४.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.