• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते

झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

कोसी र गण्डकीका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, तराई र उपत्यकामा बिहान हुस्सु तथा कुहिरो लाग्ने मौसम विभागको पूर्वानुमान

आज मिति २०८३ साल कात्तिक १८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. कर्पोरेट सफलताको शिखरबाट नगरको सेवातर्फ : बोधराज लम्सालको एउटा फरक सपना

  • २. ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ३. क्यानडामा रहेका भरतपुरका ध्रुव श्रेष्ठद्वारा ‘सबैको हात’ संस्थालाई सरसफाइ सामग्री सहयोग

  • ४. आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार

  • ६. सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ

  • ७. धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक साकेत झा मृत फेला

  • ८. मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

  • ९. पृथ्वी राजमार्गः आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

  • १०. कांग्रेस देउवा समूहको चितवन सभापतिमा मिलनबाबु श्रेष्ठ

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै


काठमाडौँ,असोज २८-  नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ ।

नवदुर्गा मध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकाले यो नामाकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख छ ।

श्री दुर्गा सप्तशती चण्डीको देवी कवचमा भनिएको छ–‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ ।

नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो ।

बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ पनि गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरीपूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् ।

दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गर्ने शास्त्रीय नियम छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको छ ।रासस

बुधबार, असोज २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते
झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट
आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा
मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प
गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

लोकप्रिय

  • १.
    कर्पोरेट सफलताको शिखरबाट नगरको सेवातर्फ : बोधराज लम्सालको एउटा फरक सपना

  • २.
    ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ३.
    क्यानडामा रहेका भरतपुरका ध्रुव श्रेष्ठद्वारा ‘सबैको हात’ संस्थालाई सरसफाइ सामग्री सहयोग

  • ४.
    आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार

  • ६.
    सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ

भर्खरै

  • १.
    चितवनमा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते

  • २.
    झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

  • ३.
    आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

  • ४.
    मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

  • ५.
    आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

  • ७.
    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

  • ८.
    कोसी र गण्डकीका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, तराई र उपत्यकामा बिहान हुस्सु तथा कुहिरो लाग्ने मौसम विभागको पूर्वानुमान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.