पछिल्लो समय चलचित्र अभियनबाट टाढा रहेकी अभिनेत्री सुस्मा कार्की सामाजिक सञ्जालमार्फत बेला–बेला चर्चामा आइरहेकी हुन्छिन् ।
केहि समय पहिला नाइटोमा फुली लगाएको भिडियो शेयर गरेर चर्चामा थिइन् । अझै केहि पहिला उनले सलमान खानसँगको फोटो शेयर गरेर पनि चर्चामा रहेकी थिइन् ।
शुक्रबार मात्रै अभिनेत्री कार्कीले पूर्वयुवराज पारस शाहसँगको फोटो शेयर गरेकी छन् । ब्याक ग्राउन्ड हेर्दा दुवैजनाबीच कुनै पार्टीमा भेट भएको जस्तो देखिन्छ । तर, उनले फोटोको ‘लोकेशन’बारे भने केही खुलाएकी छैनन् ।
पारससँगको फोटो शेयर गर्दै कार्कीले फेसबूकमा लेखेकी छन्, हरेक दिन मैले भगवानबाट आशिष पाइरहेकी छु । र, म यसलाई एक नयाँ शुरुवात मान्दछु । हो ! सबैचिज सुन्दर छ । आदरणीय युवराजसँग ।
सुस्मालाई उनका प्रसंशकहरुले पारससँग कहाँ भेटेको ? यो तस्वीर कहाँ लिएको भनेर प्रश्न पनि गरेका छन् । त्यसमा भने उनले केही जवाफ फर्काएकी छैनन् । तर कतिपय नकरात्मक प्रतिक्रियमा भने उनले जवाफ फर्काएकी छिन् ।