एजेन्सी : हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ । ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो ।
यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार)को पुजा गरिन्छ । पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ ।
साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ । नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ ।
हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ । विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ ।
बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ ।
बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाईन्छ ।
जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ ।