केही दिन अघि बाग्लुङ जिल्लाको बुर्तिबाङकि ७८ वर्षिय एक वृद्ध आमा छोराको खोजी गरिन भन्दै मिडियामा आएकी थिइन । बुर्तिबाङ घर भएकी ती बृद्धअबश्था भएकी आमा ओढ्ने ओछ्याउने समेत पोको पारेर बोकि चितवन पत्रकार सन्तोस देउजालाई भेट्न आएकी थिइन । आफ्नो छोरा वैदेशिक रोजगारीको क्रममा साउदी गएको र सम्पर्क बिहिन भएको उनले बताएकि थिइन । तर साउदीवाट फर्किए पछि एक महिला लिएर लुकेर बसेको उनले बताएकी थिइन् ।
छोरा लक्ष्मण बिककि श्रीमती र ४ छोराछोरी पनि आफू सगैँ भएको ती वृद्ध आमाले बताएकि थिइन् । उनी मिडिया आए पछि लक्ष्मण बिक को खोजी भएको थियो । खोजी गर्दै जादा लक्ष्मण बिक चितवन जिल्लाको भरतपुर महानगरपालिका ११ स्थित बसेरी भन्ने ठाउँमा अर्कि एक महिला लिएर केही वर्ष अघिबाट बस्दै आएको खुलेको थियो । लक्ष्मणको अहिले कान्छी श्रीमती र एक बच्चा पनि भएको खबर मिडियाले खोजी गर्ने क्रममा पाएको बताइएको छ ।
अहिले श्रीमान लक्ष्मण भेटिए पछि उनकी श्रीमती आफू खुशी भएको बताईन । पहिले पनि यसरी नै छोडेर हिड्ने र अर्कि लिएर बस्ने गरेको भएता पनि अब भने आफू श्रीमानलाई लिएर घर बुर्तिबाङ जाने बताईन । साथै श्रीमानले बिबाह गरेकी महिलालाई पनि लिएर जाने उनले बताईन । यदि ती महिलालाई नलगे श्रीमान फेरि हराउन सक्ने र कतै लुकेर बस्ने भन्दै उनले ती महिलालाई पनि आफुहरुले सगै लैजाने बताएकी छिन । प्रहरीमा छलफल पछि जे सहमरी हुन्छ आफू त्यो मान्ने पनि उनले बताईन ।
आफु सासुसगँ बाग्लुङ बाट बिश्वास गरेर नै चितवनसम्म मिडियामा आएको उनले बताईन । साथै मिडियाले आफुहरुको विश्वास अनुसार नै काम गरि आफ्नो श्रीमानको खोजी गरि ४ वर्ष पछि आफुहरुको भेट गराएकोमा उनले धन्यवाद दिइन । आफुहरुको ४ वर्षको समय धेरै कष्टले बितेको उनको भनाई थियो । अझ लकडाउनको समयमा भने अवस्था धेरै नाजुक भएको पनि उनले बताईन । घरमा ४ जना छोराछोरी र वृद्ध भएकी सासुलाई सम्हालेर बस्न धेरै गार्हो भएको उनको भनाई थियो ।
लकडाउनको समयमा काम पनि कतै नपाईन अवस्था आएको, घरमा छोराछोरी र सासु, केही कमाउने भन्ने श्रीमानले नै अर्कि बिबाह गरेर बसे पछि आफुहरुले गाउँघरमा मागेर बिहान बेलुका एक छाक मात्र खाएर पनि बस्नु पर्ने अवस्था त्यो बेला आएको उनको भनाई छ । अब श्रीमानले गल्ती गरिहाले अब दुबै जनालाई मिलाएर आफ्नै ठाउँमा बसेर गरेर खानु पर्छ भनी मिले आफू पनि बस्न तयार भएको उनले बताईन । तर श्रीमानले मिडियामा आएर यस्तो उस्तो गरिस भन्दै आफुलाई हेला गरे बहुबिबाहको प्रक्रियामा जाने उनले बताईन । (भिडियो हेर्नुस)



