काठमाडौँ- लोकप्रिय गायक मोहन खड्का र गायिका बिष्णु माझीको आवाजमा लोकदोहोरी गीत ‘ए धोकेबाज…’ सार्बजनिक भएको छ । उक्त गीतलाई भाबना म्युजिक सलुशन मार्फत मंगलबार सार्बजनिक गरिएको हो । पुरा भिडियो तल छ ।
लोकप्रिय मोडल तथा सर्जक बिमल अधिकारिको शब्दलाई टपक्क टिपेर गायक मोहन खड्काले नै गीतको संगीत गरेका हुन् । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । पुरा भिडियो तल छ ।
भिडिओमा मोडल बिमल अधिकारि डिम्पी खरेल र काजि सुन्दासको दमदार अभिनय देख्न सकिन्छ । कपिल लामाको निर्देशनमा तयार पारिएको भिडिओलाई दुर्गा पौडेलको छायांकन रहेको छ । भाबना म्युजिक सलुशनको ब्यानरमा तयार पारिएको भिडियोको नबिन घर्ति मगरले सम्पादन गरेका छन् ।



