नेपाल प्रहरीले कर्मचारी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा शुक्रबार नयाँ विज्ञापन खोलेको हो ।
नेपाल प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि शुक्रबार नयाँ विज्ञापन खोलेको छ । विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ ।
त्यसपछि सूचना प्रविधि अन्तर्गत ३ पदमा ६४ जना, सञ्चार अन्तर्गत ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशाला अन्तर्गत १७ जनाको माग गरिएको छ । यस्तै भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मत अन्तर्गत १र१ जना माग गरिएको छ ।
दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ । माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक ९असई० देखि प्रहरी नायव उपरीक्षक (डिएसपी) सम्म छन् ।