• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

बाढीपहिरोले मनाङमा पर्यटक अलपत्र, आवतजावत ठप्प

आज मिति २०८३ साल असोज १४ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

कस्तो रहनेछ आज दिनभरको मौसम

लोकप्रिय समाचार

  • १. गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • २. बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

  • ३. आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ४. नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • ५. कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

  • ६. सुन तीन हजार २ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ७. पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

  • ८. अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

  • ९. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • १०. भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ


नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ । भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँगैको नदी तटीय क्षेत्रलाई ‘सिबिच ढाँचा’मा विकास गर्न सङ्घीय सरकारसँग समेत समन्वय गरेर काम गरेको भए पनि बाढीका कारण संरचना जोगाउन नसकिएको हो ।

ठूला दलहरूका सभा सम्मेलन, महोत्सव, ‘कन्सर्ट’देखि साँझबिहानमा नारायणीको चिसो हावासँगै रमाउने र हिँडाइ गर्ने यो स्थललाई सुन्दर बनाउन महानगरले चाहेको थियो । जाडो महिनामा दिउँसोमा समेत यहाँ बसेर रमाउने र तस्विर खिच्नेहरू आउने गर्दछन् । नजिकै नारायणी नदी बगिरहेको छ भने वरिपरिको सुन्दरता मनमोहक छ ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी नदी तटीय क्षेत्रलाई ‘सिबिच’ ढाँचामा विकास गर्न चाहेको भए पनि नदीमा हरेक वर्ष आउने बाढीका कारण सम्भव नभएको बताउनुहुन्छ । गत वर्ष अधिकांश संरचना बगाएको थियो भने बाँकी रहेका संरचना सबै बगाएको छ । उहाँले भन्नुभयो, “हामीले सङ्घ र प्रदेशसँग समेत सहकार्य गरेर यसलाई सुन्दर पर्यटकीय गन्तव्य बनाउने योजना बनाएका थियौँ ।”

तत्कालीन नगरप्रमुख रेनु दाहालसहित महानगरपालिका टोलीको आग्रहमा सङ्घीय सरकारले फुटट्रेल, आरसिसी संरचनासहितको पैदलमार्गलगायतका काम गरेको थियो । पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पैदलमार्ग (फुटट्रेल) र नारायणी नदी व्यवस्थापन आयोजनाले सिबिच मोडलमा आरसिसी संरचना निर्माण गरेको थियो ।

भरतपुर महानगरपालिका र उद्योग वाणिज्य सङ्घले पैदलमार्ग बनाएका थिए । बाढी आउनुअघि सो क्षेत्रमा मोजाइक टायल, दुबो बिछ्याइएको, हरियाली एवं वरिपरि भएका बिरुवाका कारण सुन्दर र मनमोहक बनेको थियो । साँझपख मानिसहरू नारायणी किनारमा घुम्न निस्कने गर्दा छुट्टै चहलपहल हुने गथ्र्याे । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजु श्रेष्ठका अनुसार पर्यटन मन्त्रालयले ‘फुटट्रेल’को काम गरेको थियो । पर्यटन मन्त्रालयले दुई दशमलप चार किलोमिटर पैदलमार्ग, पार्किङ र बगैँचा निर्माणका लागि रु छ करोड ५० लाखको बोलपत्र आह्वान गरी काम गरेको थियो । यस्तै भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरेर रु ९७ लाख खर्च गरी पैदलमार्ग बनाएको थियो ।

जोरकुसुम उद्यान क्षेत्रबाहेक अन्यत्र बनाएका ती सबै संरचना बाढीले बगाएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले ११ खुट्किलासहितको ६५० मिटर लामो आरसिसी संरचना बनाएको थियो । हाल नदी क्षेत्रमा सो संरचनामात्र बाँकी छ । ती संरचना २०७९ सालमा रु १५ करोड ९२ लाख खर्च गरी बनाइएको हो । नदीकिनारलाई सुन्दर पर्यटकीयस्थल बनाउन लागिपर्नुभएका सङ्घका पूर्वअध्यक्ष श्रेष्ठ चाहेर पनि नदीकिनारलाई सुन्दर बनाउन नसकिएको बताउनुहुन्छ । नदीको बीचमा रहेका संरचना हटाएर नदीलाई सहज बग्न दिनुपर्ने उहाँको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी हरेक दुई वर्षमा सङ्घले महोत्सव गर्नका लागि रु ४० लाख हाराहारी खर्च गरेर नदीकिनार व्यवस्थापन गर्नुपर्ने बाध्यता आएको बताउनुहुन्छ । सो क्षेत्रको भाडा भरतपुर महानगरपालिकाले लिने भए पनि काम आफूहरूले समेत गर्नुपरेको उहाँको भनाइ छ । हरेक वर्षको बाढीले त्यहाँ बनाएका संरचना बगाउने गरेको उहाँको गुनासो छ ।

यसलाई दिगो रूपमा संरक्षण गर्न सक्ने गरी काम गर्नुपर्ने उहाँको भनाइ छ । रास्वपाका नेतासमेत रहनुभएका सङ्घका पूर्वअध्यक्ष राजन गौतम सो क्षेत्रमा गरिएको लगानी बालुवामा पानी भएको भन्दै कार्यक्रम अन्यत्र गर्ने र नदीलाई आफ्नो धारमा बग्न दिनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अब हामीले नारायणगढ बजारको चिन्ता लिने हो । हाटबजारझैँ गरिने मेला महोत्सवको चिन्ता लिने होइन ।”

पहिलोपटक नारायणी नदीको बहाव उर्लिएर बजार क्षेत्रमा उक्लिएको छ । यसले नारायणगढ बजारसमेत जोखिममा परेको स्थानीयको बुझाइ छ । लामो समयदेखि नारायणगढमा बसोबास गर्दै आउनुभएका प्रभातकुमार जोशी नदीको कटान यसरी नै बढ्दै गएमा नारायणगढ बजार नै जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ । विसं २०१९ देखि नारायणगढ बस्दै आउनुभएको जोशीका अनुसार नारायणी किनारको संरक्षणमा सरकारले तत्काल विशेष ध्यान दिनुपर्छ । नदीको उचित संरक्षण नगरेर प्रकृतिलाई जिस्क्याउँदै किनारमै बस्ती विस्तार गरिए नारायणगढ बजारको भविष्य नै खतरामा पर्ने उहाँको भनाइ छ । भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्य भोटेकोशी बाढीपछि नदीको सतह बढेर पानीको बहाव बजार क्षेत्रमा पसेको हुनसक्ने बताउनुहुन्छ । नदी तटीय क्षेत्रलाई सुन्दर बनाउन फरक ढङ्गले नक्साङ्कन गरेर काम गर्नुपर्ने देखिएको उहाँको भनाइ छ ।

महानगरले नदी तटीय यस क्षेत्रलाई विश्वका सामुद्रिक किनारमाझैँ पर्यटकीय गन्तव्य बनाउन चाहेको भए पनि सम्भव नभएको उहाँले बताउनुभयो । नारायणी नदीमा ६० वर्षयताको ठूलो बाढी मापन गएको आइतबार भएको छ । देवघाटमा रहेको जलमापन केन्द्रमा बिहान ११ः४० बजे गरिएको मापनमा ११ दशमलव ९३ मिटर पुगेको थियो ।

नारायणी बेसिन कार्यालय चितवनका प्रमुख सुमित अधिकारीका अनुसार यसअघि २०८१ साल असोज १२ गते सो ठाउँमा ११ दशमलव ६ मिटर मापन भएको थियो । उहाँका अनुसार सन् १९६३ बाट देवघाटमा जलमापन गर्न थालिएको हो । अहिलेसम्मको तथ्याङ्कमा आइतबारको बाढी ६० वर्षयताको ठूलो हो । यही बाढीका कारण नदी तटीय क्षेत्रमा भएका संरचना बगेका हुन् ।

बुधबार, असोज १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
बाढीपहिरोले मनाङमा पर्यटक अलपत्र, आवतजावत ठप्प
विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय
प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

लोकप्रिय

  • १.
    गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • २.
    बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

  • ३.
    आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ४.
    नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • ५.
    कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

  • ६.
    सुन तीन हजार २ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

भर्खरै

  • १.
    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

  • २.
    बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

  • ३.
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

  • ४.
    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ५.
    बाढीपहिरोले मनाङमा पर्यटक अलपत्र, आवतजावत ठप्प

  • ६.
    आज मिति २०८३ साल असोज १४ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

  • ८.
    प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.