• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

बैदम प्रहरी नायब उपरीक्षकको उपस्थितिमा गण्डकी कोटिहोममा राष्ट्रभक्ति गीतको गुञ्जन


पोखरा, १२ वैशाख २०८२ – गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने उद्देश्यसहित पोखरा–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ भव्य रूपमा सञ्चालन भइरहेको छ। २०८१ चैत्र १७ गतेदेखि सुरु भएको यो ४१ दिने महायज्ञ २०८२ जेठ २६ गतेसम्म जारी रहनेछ।

मानव सेवा फाउण्डेशनद्वारा आयोजित यस महायज्ञमा बैदमका प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाको विशेष उपस्थितिमा राष्ट्रभक्ति गीत प्रस्तुत गरिएको छ। उनको सहभागिताले कार्यक्रममा राष्ट्रिय भावनाको संचार भएको छ भने उपस्थित भक्तजन र स्थानीय समुदायमा उत्साह थपिएको छ। राष्ट्रभक्ति गीतले महायज्ञको आध्यात्मिक वातावरणलाई थप सशक्त बनाएको आयोजक समितिले जनाएको छ।

महायज्ञमा निरन्तर हवन, कथा वाचन, प्रवचन, पूजापाठ, आरती, सत्सङ्ग, भजन र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आयोजक समितिका अनुसार वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भएको थियो। चैत्र २९ गतेदेखि सुश्री अनुराधा पाण्डेद्वारा सुरु गरिएको भागवत कथा प्रवचन हाल दैनिक रूपमा सञ्चालन भइरहेको छ। “आगामी दिनमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत राष्ट्रियस्तरका वक्ताहरूको सहभागिता रहनेछ,” कार्यक्रमका सह–निर्देशक युवक लामिछानेले बताए।

महायज्ञको सांस्कृतिक र आध्यात्मिक महत्त्वलाई प्रचार गर्न सामाजिक सञ्जालमा छोटा भिडियो निर्माण गर्नेहरूलाई रु. २५,००० सम्मको नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने योजना छ। सहभागीले मानव सेवा फाउण्डेशनको आधिकारिक पेज ट्याग गरी #मानवसेवाफाउण्डेशन र #गण्डकीकोटिहोम ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।

साधु–सन्त, धर्मगुरु, ब्राह्मण, भक्तजन, स्वयंसेवक, महिला समूह, बालबालिका, जनप्रतिनिधि र वडाध्यक्षसम्मको सक्रिय सहभागिताले यो महायज्ञ पोखरेली समाजको साझा उत्सव बनेको छ। धार्मिक आस्था र रचनात्मक अभिव्यक्तिलाई जोड्दै यो महायज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.