• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

स्थापना दिवसमा प्रेस चौतारी चितवनले बाँड्यो विद्यार्थीलाई झोलासहितको शैक्षिक सामाग्री


२३, माघ, चितवन श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी चितवनले विद्यार्थीहरुलाई झोलासहितको शैक्षिक सामाग्री वितरण गरेको छ ।

प्रेस चौतारी चितवनले भरतपुर महानगरपालिका वडा नं. २८ मा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय अन्द्रौलीका ७७ जना बालबालिकाहरुलाई किताव कापी बोक्ने झोला, कापी, पेन्सिल, इरेजर, कटर, हात धुने सावुन, डेन्टल किट्सहरु वितरण गरेको हो ।

चौतारी चितवनका अध्यक्ष सुवास पण्डितका अनुसार महानगरको केन्द्रबाट टाढा रहेको विपन्न र गरीव समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयको छनौट गरी उनीहरुलाई शैक्षिक सामाग्रीका साथैं स्वास्थ्य सम्वन्धी चेतना जगाउने कार्यक्रमसमेत गरिएको थियो । भरतपुरमा रहेको नेशनल सिटी अस्पतालका स्वास्थ्यकर्मीहरुले बालबालिकाहरुलाई ब्यक्तिगत सरसफाई, ओरल हेल्थ लगायतका विषयमा प्रस्तुतीकरणसहित सचेतना शिक्षा दिएका थिए ।

सिटी अस्पतालका कार्यकारी निर्देशक विकम अधिकारीले विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा यस्ता कार्यक्रम गरिनु अति आवश्यक रहेकोले चौतारीको स्थापना दिवसका दिनमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे । यस्तै, भरतपुरमा रहेको पपुलर यूनिसेक्स सैंलुनका सञ्चालक सुलभ सिग्देलसहितको टोलीले विद्यालयमा पढ्ने छात्रहरुलाई कपाल काटेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रेस चौतारीले स्थापना दिवसका अवसरमा विद्यालयमा पढ्ने बालबालिकाहरुलाई सम्झेर शैक्षिक सामाग्रीहरु प्रदान गरेकोमा खुसी लागेको बताए । सिमान्तकृत समुदाय, दलित तथा विपन्न समुदायका बालबालिका पढ्ने विद्यालयको छनौट गरी भरतपुरको केन्द्रदेखि पर आएर सहयोग गर्ने चौतारीको प्रयास सराहनीय रहेको उनको भनाइ छ । सोही कार्यक्रममा बोल्दै एमाले प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले पत्रकारिता भन्दा फरक क्षेत्रमा फरक सोचका भविष्यका कर्णधार बालबालिकाहरुको शिक्षामा केही टेवा पुगोस् भन्ने उद्देश्यका साथ चौतारीले गरेको सहयोग सन्देशका हिसावले निकै महत्वपूर्ण रहेको बताए । राज्यले विद्यालय तहको शिक्षाका निशुल्क भने पनि ब्यवहारत यस्तो हुन नसकेको भन्दैं प्रचार विभाग प्रमुख ढुंगानाले सरकारी विद्यालयहरुको गुणस्तर सुधारमा समुदाय लाग्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले मुलुकमा व्यावसायिक पत्रकारिताको जग हाल्ने कार्यमा प्रेस चौतारीले भूमिका खेलेको बताए । उनले चौतारी चितवनले देशकै पहिलो भवन भरतपुरमा बनाउँदै गरेकोमा खुसी ब्यक्त गर्दै सबैको साथ र सहयोग आवश्यक भएको बताए । उनले महासंघका पछिल्लो तीन बर्षे कार्यकालमा प्रेस चौतारी चितवन लगायतका संघसंगठनहरुले सहयोग गरेकोमा आफू खुसी रहेको बताए ।

चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले पत्रकारको काम समाचार लेख्ने भए पनि फरक ढंगको काममा प्रेस चौतारीले सधैं उभ्याउँदै आएको बताउँदै तीजमा देवघाटको सरकारी आश्रमका वृद्धवृद्धालाई दर खुवाउनेदेखि विद्यालय पढ्ने बालबालिकाहरुको शैक्षिक सामाग्री वितरणसम्म गर्ने कार्यमा जुटेको बताए । उनले चौतारीका विभिन्न अभियानमा सहयोग गर्ने, सक्रिय सहभागीता जनाउने सबैलाई धन्यवाद दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रम चौतारीका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत र सचिव ध्रुवराज खनालले सञ्चालन गरेका थिए । प्रेस चौतारी चितवनले गत बर्ष स्थापना दिवसका अवसरमा पत्रकारहरुको वृहत स्वास्थ्य परीक्षण गराएको थियो ।

मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.