• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

धर्मिक गन्तव्य बन्दै पौराणिक भूमि चितवनको वाल्मीकि आश्रम


नवलपुर,माघ २३- पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका पुजारी रामशरण गिरीले जानकारी दिनुभयो । नेपाली भूमिबाट आश्रम पुग्न सडक सञ्जाल निर्माण नभएको अवस्थामा समेत दर्शनार्थीको राम्रो उपस्थिति हुने गरेको जनाउँदै उहाँले स्थालमार्गबाट नेपालसँगै जोड्न सकेमा अझै आकर्षक गन्तव्य बन्ने छ भन्नुभयो । “नवलपुरको त्रिवेणीधाममा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आउनसक्यो भने त्रिवेणी आएका धेरै तीर्थयात्री यहाँ आउनुहुन्छ”, उहाँले भन्नुभयो, “झोलुङ्गे पुल तरेपछि करिब एक घण्टाको पैदलयात्रापछि यहाँ आउन सकिन्छ । तर पुल सञ्चालनमा छैन ।”

अहिले वाल्मीकि आश्रम पुग्ने तीर्थयात्री त्रिवेणीधामबाट काठको डुङ्गामा जोखिमपूर्ण यात्रा गरेर आउने गरेका छन् भने केही तीर्थयात्री भारतीय भूमि प्रयोग गरेरसमेत आउने गरेका छन् । “त्रिवेणी भन्सारमा रहेको गण्डक ब्यारेज (पुल) तरेर भारतीय भूमि हुँदैसमेत तीर्थयात्री आउने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “भारतीय भूमि प्रयोग गरेर आउँदा त्यहाँको पनि निकुञ्ज हुँदै आउनुपर्ने भएकाले यात्रा अलि कष्टपूर्ण छ ।” गण्डक ब्यारेज तरेर आउँदा जङ्गलको बाटोसँगै भारतको तमसा नदी र नेपालको स्वर्णभद्रा नदी तरेर आउनुपर्ने उहाँले बताउनुभयो ।

“यी दुवै नदीमा पुल निर्माण गरिएको छैन”, उहाँले भन्नुभयो, “हिउँदमा दर्शनार्थी सहजरूपमा आए पनि बर्खाको बेलामा यहाँ आउन सहज छैन ।” भौगोलिकरूपमा वाल्मीकि आश्रम चितवनको माडी नगरपालिका–१ मा पर्ने यो भूमि पुग्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिका–६ मा पर्ने त्रिवेणीधामबाट नारायणी नदीमा डुङ्गा तरेर जाने गरिन्छ । त्रिवेणीधामबाट वाल्मीकि आश्रम जोड्नका लागि झोलुङ्गे पुल निर्माण गरिएको भए पनि निकुञ्जको बाधाका कारण पुल सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो ।

यस पौराणिक भूमि महर्षि वाल्मीकिले रामायण रचना गरेको र लवकुश जन्मेको स्थलका रूपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको गिरीको भनाइ छ । त्रेतायुगमा भगवान् रामले सीतालाई त्याग गरेपछि लक्ष्मणले यही भूमिमा ल्याएर छाडेको, सीताले वाल्मीकि आश्रममै जीवन बिताएको र पछि सीता पातल प्रवेश (धर्तीमुनि विलीन) गरेको स्थानका रूपमा पनि यो स्थल रहेको गिरीको भनाइ छ । आश्रम क्षेत्रमा रहेका लवकुश जन्मेको स्थल, सीताले प्रयोग गर्ने सिलौटा, लवकुशले घोडा बाँधेको तबेला, विष्णु चक्र, वाल्मीकि ऋषि अन्तरध्यान भएको स्थल, पचासी हजार ऋषिद्वारा वाल्मीकि ऋषिले हवन गरेको हवनकुण्ड, अमृत कुवा, विष्णु चक्रलगायत रामायणकालीन सामग्री खुलारूपमा देख्न सकिने उहाँको भनाइ छ । विशेषगरी वाल्मीकि आश्रममा माघे औँसी, शिवरात्रि, बोलबमसहित विभिन्न समयमा भक्तजनको भीड हुने गरेको गिरीको भनाइ छ ।

महर्षि वाल्मीकिले ब्रह्मज्ञान प्राप्त गर्नुका साथै यहीँ बसेर रामायण लेखेको स्थानका रूपमा वाल्मीकि आश्रम प्रख्यात रहेको सीता मन्दिरका पुजारी शेखर सुवेदीले बताउनुभयो । सीतामाता वनबास बसेको र लवकुशको जन्म तथा शिक्षा–दीक्षा भएकाले यस ठाउँको विशेष महत्व रहे पनि सरकारी उदासिनताका कारण ओझेलमा परेको सुवेदीको भनाइ छ । प्राचीन त्रेतायुगको हरिहरको मूर्तिसहितका रामायणकालीन संरचना यहाँ रहेका उहाँले बताउनुभयो ।

आफ्नो मनोकाङ्क्षा पूरा हुने जनाउँदै मानिसले आफूले इच्छाएको कुरा माग्नका लागि यहाँ आउने गरेका बताइएको छ । नेपालीभन्दा बढी भारतीय भक्तजन मन्दिरमा आउने गरेका उहाँको भनाइ छ । मानिस बाह्रै महिना मन्दिरमा आउने भए पनि नेपाली भूमिबाट आउने बाटो नहुँदा धार्मिक पर्यटकलाई असहज हुने गरेको उहाँले बताउनुभयो । नेपालबाट आश्रममा आउन पुल बनेको भए पनि सञ्चालनमा नहुँदा भारतीय बाटो भएर आउनुपर्दा दुःख पाउने गरेका सुवेदीले गुनासो गर्नुभयो ।

कास्कीको पोखरा महानगरपालिका–३३ बाट यहाँ आउनुभएका रमेशराज आचार्य किताबमा पढेका कुरा प्रत्यक्षरूपमा देखेर अवलोकन गर्दा प्रभावकारी हुने भएकाले आफूहरू वाल्मीकि आश्रममा आएको बताउनुहुन्छ । पुरातात्विक ऐतिहासिक ठाउँ भएकाले यसलाई अझ व्यवस्थित बनाउँदा जिउँदो इतिहास बन्ने आचार्यको तर्क छ । “यसलाई पढ्नका लागि किताबका पाना पल्टाउनुभन्दा पनि अवलोकनबाट सबै कुरा पत्ता लाग्ने गरी संरक्षण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “आश्रममा आउनका लागि नेपालकै बाटो प्रयोग गरेर आउने अवस्थाको सिर्जना गर्नसके राम्रो धार्मिक गन्तव्य बन्न सक्ने थियो ।”

नेपालबाट आश्रममा आउने भक्तजन भारतको बाटो भएर आउनुभन्दा त्रिवेणीधामस्थित नारायणी नदीबाट जोखिमपूर्ण डुङ्गाको यात्रा गरेर आउने गरेका छन् । वाल्मीकि आश्रमलाई यातायात सञ्जालसँग जोड्दा धार्मिक पर्यटकीय दृष्टिकोणबाट यस ठाउँको महत्व अझै बढ्ने जनाइएको छ ।रासस

मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.