• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

आदर्श गृहले गर्यो अस्मिताको कन्यादान


चितवन । विगत आठ वर्षदेखि भरतपुरको आदर्श गृहको संरक्षणमा हुर्किएकी अस्मिता तिवारीको आइतबार धूमधामसँग विवाह भयो । विसं २०७२ मा बाँकेको कोहलपुरबाट ल्याएर आश्रयसँगै शिक्षादीक्षा दिएको संस्था आदर्श गृहले अस्मितालाई बेहुली बनाएर पठाएको हो ।

स्याङ्जाको वालिङ घर भई हाल भरतपुर–७ कृष्णपुरमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनुभएका मणि सुवेदीसँग २३ वर्षिया अस्मिताको सनातनी परम्पराअनुसार विवाह गरिएको हो । आदर्श गृहकी संरक्षक एवं अधिकारकर्मी मीना खरेलले अस्मिताको कन्यादान दिनुभएको थियो । विवाहपछि खुसी हुँदै तिवारीले आदर्श गृहले जन्म दिने बाबुआमाले भन्दा पनि बढी जिम्मेवारी पूरा गरेको प्रतिकृया दिनुभयो ।

सानैमा आमा गुमाएकी अस्मिता बाबुआमाको संरक्षण बिना नै आफन्तको घरमा बस्दै गर्दा त्यहाँ पनि त्यति सहज महसुस नभएपछि उहाँ आदर्श गृहको आश्रयमा आउनुभएको थियो । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा कक्षा १२ उत्तीर्ण अस्मितालाई स्याङ्जाका सुवेदीले माग्न आएपछि सबैको सल्लहामा नै विवाह गरिदिएको आदर्श गृहकी संरक्षक मीना खरेलले बताउनुभयो ।

अस्मितासँग विवाह गर्नका लागि आदर्श गृहमा प्रस्ताव लिएर आउने सुवेदीको सबै कुराले आफूहरुलाई प्रभावित पारेपछि आदर्श गृहबाट नै अस्मितालाई अन्माएर पठाइएको खरेलको भनाइ छ । सुवेदीले अस्मितालाई आफूले देख्दा असल संस्कारी भएका कारण नै आफूले आफ्ना अभिभावक लिएर अस्मितालाई जीवन संगीनी बनाउनका लागि प्रस्ताव लिएर गएको बताउनुभयो ।

भरतपुरमै व्यवसाय गर्दै आउनुभएका सुवेदीले आफूले अस्मितालाई असल अभिभावकत्व दिने पनि बताउनुभयो । “उहाँ (नववेहुली) को अभिभावकको कुरा धेरै सुनेँ । मैले काम गर्ने ठाउँ भनेको अभिभावक नै अभिभावक भएको ठाउँ हो । उहाँलाई कुनै पनि अभिभावक नभएको महसुस गर्न दिँदिन । मैले पनि मेरो तर्फबाट दिने भूमिका सबै दिने प्रतिबद्धता गर्दछु”, उहाँले सबैसमक्ष प्रतिबद्धता गर्नुभयो ।
आदर्श गृहमा अहिले पनि ३२ जना महिला तथा किशोरीहरू आश्रित छन् ।

समुदायकै दाताहरूकै भरमा चलेको यो आश्रममा रहने महिलाहरुलाई विभिन्न आयआर्जनका सीप पनि सिकाइन्छ । अहिलेसम्म यो आश्रमले एक हजार एक सय ७६ जना महिला तथा किशोरीलाई समाजमा पुनःस्थापित गराइसकेको छ । जसमध्ये ४६ जनाको विवाह भैसकेको गृहकी संरक्षक खरेलले जानकारी दिनुभयो ।

आदर्श गृहबाटै धार्मिक परम्परा अनुसार मागी विवाह भएको यो नै पहिलो भएको पनि उहाँले जनाउनुभयो । अस्मिताको वैवाहिक समारोहमा उहाँलाई बधाई तथा सुखद् दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्न सामाजिक अभियान्ता तथा राजनीतिकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, पूर्व सांसद विजय सुवेदी, रिना गुरुङ, कृष्णलाल सापकोटा, नेपाली काँग्रेस चितवनका सभापति राजेश्व खनालसहित विभिन्न वडाका वडाध्यक्ष, राजनीतिज्ञ, समाजसेवीहरुले वरबधूलाई शुभकामना प्रदान गरेका खरेलले बताउनुभयो ।

 

सोमबार, माघ २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.