गैँडाकोट । नवलपुरको गैँडाकोटमा एक युवतीले आत्महत्या गरेकि छिन् । गैँडाकोट नगरपालिका वडा नं. ११ मुकुन्दसेन बोडिङ स्कुलचोक नजिकै घर भएकी २० बर्षिया सिता परियारले आफ्नै घरको कोठामा सोमबार दिउसो सलको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
परियारले किन आत्महत्या गरिन् भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । गैँडाकोटमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएका छन् ।



