गैँडाकोट । नवलपुरको गैँडाकोटमा स्कुटरको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १५ स्थित मुक्तिनाथ टोलमा प्रदेश नं ३–०३–००१ प ६०३४ नं को स्कुटरको ठक्करबाट एक बृद्धको ज्यान गएको हो ।
मृत्यु हुनेमा स्थानीय ७८ वर्षका होम बहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । मंगलबार राति भएको दुर्घटनामा परि गम्भिर घाइते भएका बृद्ध गुरुङकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरी निरिक्षक हस्त बहादुर सुनारले जानकारी दिनुभयो ।
दुर्घटना गराउने स्कुटरका चालक आशिष मल्ललाई पक्राउ गरि कारबाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।