चितवन । चितवनमा शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नं. २ का ३५ बर्षका प्रकाश सुनारको शौचालयमा लडेर ज्यान गएको हो । उनको स्थायी घर सिन्धुपाल्चोक हो ।
मंगलबार विहान शौचालयमा लडेर गम्भिर घाइते भएका सुनारलाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।



