• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भरतपुर मेयर कप क्रिकेटमा एक्सपर्ट चितवनको प्रायोजन


चितवन, माघ ९– भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको ‘मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को मुख्य प्रायोजन एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले गर्ने भएको छ ।

आगामी माघ २६ गतेबाट भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा एक्सपर्टले गर्ने मुख्य प्रायोजनसम्बन्धी समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरिएको छ । एक्सपर्ट एजुकेसन र भरतपुर महानगरपालिकाबीच भएको उक्त समझदारी पत्रमा एक्सपर्टका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र भरतपुर महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले हस्ताक्षर गरेका छन् ।

सहआयोजक चितवन जिल्ला क्रिकेट संघ रहेको प्रतियोगितामा सहभागी हुने चितवनका १० वटा सामुदायिक विद्यालयलाई एक्सपर्टले आठ लाख साठी हजार बराबरका खेलकुद सामग्री प्रदान गर्न लागेको हो । २० वटा विद्यालय सहभागी हुने यो प्रतियोगितामा एक्सपर्टले १६० खेलाडीलाई जर्सी, १० वटा टिमलाई न्यूनतम खेलकुद सामग्री (किट), विजेता एक टिमलाई ६० हजार र उपविजेता एक टिमलाई ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गर्न लागेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

“ती सामग्री महानगरको रोहबरमा एक्सपर्टले सम्बन्धित विद्यालयको क्रिकेट टिमलाई हस्तान्तरण गर्ने छ”, अधिकारीले भने– “खेलकुदको विकास विद्यालयस्तरबाटै होस् भनेर यो प्रायोजनमा सहभागी भएका हौँ ।”

समझदारी पत्रमा हस्ताक्षरपछि भरतपुर महानगरपालिका मेयर रेनु दाहालले महानगरको आधिकारिक खेलकुद प्रतियोगितामा निजी क्षेत्रबाट अहिलेसम्मकै ठूलो सहयोग आएको भन्दै हर्ष व्यक्त गरिन् । “यसले खेल विकासमा सकारात्मक प्रभाव पार्ने छ”, उनले भनिन्– “संस्थागत सामाजिक उत्तरदायित्वको यो राम्रो उदाहरण बन्ने छ ।”

चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले निजी सरकारी र निजी क्षेत्रको सहकार्य भए मात्रै खेलकुद गतिविधि बढ्ने बताए । यो सहकार्यले चितवनको क्रिकेटलाई माथि उठाउन ठूलो भूमिका निर्वाह गर्ने उनले बताए । “निर्माणाधीन रंगशालामा यो प्रतियोगिता गरिँदै छ”, उनले भने– “निजी क्षेत्रले यसरी खुलेर सहयोग गर्ने हो भने प्रतियोगिता बढ्ने छन्, त्यसले खेल विकासमा राम्रो माहोल सिर्जना गर्ने छ ।”

महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले विद्यालय खेलकुद विकासमा यो समझदारी कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रही २० देशमा ६० भन्दा बढी शाखामार्फत सेवा दिइरहेको एक्सपर्टले अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजहरुमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि भरपर्दो, आधिकारिक र विश्वसनीय परामर्श सेवा दिँदै आएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगतमा पनि धेरै सामाजिक काम गर्दै आएको एक्सपर्टले आगामी दिनमा पनि यसलाई जारी राख्ने प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

 

 

 

 

मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.