चितवन, ३ माघ। ज्यान मार्ने धम्की दिई रकम मागेको आरोपमा तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २१ बस्ने वर्ष २७ को सरोज सुनार, जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ०१ बस्ने वर्ष २६ को दिपक बि.क.र जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २६ बस्ने वर्ष २५ को सागर बि.क रहेका छन् ।
रुपन्देही असुरैना वडा नं. ३ घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ०१ मा व्यवसाय गरि बस्ने करन गुप्तालाई बारम्बार अपरिचित Ncell को विभिन्न नम्बरबाट फोन गरी १५ लाख रकम फिरौति माग गरि यदि नदिएमा सुट गरि हत्या गर्छु भनि पटक पटक दिनरात धम्कि दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न तिन जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई फिरौति रकम लिन आएको अवस्थामा भरतपुर महानगरपालिका स्थित विभिन्न स्थानबाट पक्राउ गरिएको हो। उनीहरु उपर चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्धा शिर्षकमा म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको छ ।