• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ


नवलपरासी । प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । विसं २०७९ साउनमा पुल निर्माण सम्पन्न भए पनि १८ महिना बितिसक्दासमेत पुल सञ्चालन गर्ने कुनै तरखर देखिँदैन । रु पाँच करोड ८७ लाखको लागतमा चार सय ७९ मिटर लम्बाइको पुल निर्माण गरिएको हो । विसं २०७० असारमा सम्झौता भएर पुल निर्माणको काम अघि बढेको थियो । त्यसको नौ वर्षपछि पुल निर्माण सम्पन्न भएको थियो ।

वाल्मीकि आश्रम चितवनको माडीमा पर्ने भए पनि नवलपुरको त्रिवेणीबाट भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता रहेको छ । यही बाध्यतालाई हटाउन त्रिवेणीस्थित नारायणी नदीमा पुल निर्माण गरिएको हो । तर पुल निर्माण सम्पन्न भएको यतिका समय बित्दासमेत अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम हाल त्रिवेणी ब्यारेजबाट करिब आठ किलोमिटर भारतीय बाटो प्रयोग गरी पुग्न सकिन्छ । प्रसिद्ध धार्मिक क्षेत्र भए पनि यहाँ पुग्न सहज छैन ।

झोलुङ्गे पुल निर्माण सम्पन्न भए पनि अर्को छेउमा तारबार गरी बन्द गरिएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो । पुलबाट वाल्मीकि आश्रम पुग्न नसकिए पनि पुल अवलोकनका लागि भने आन्तरिक पर्यटक आउने गरेको उहाँको भनाइ छ । पुलमा आउने तस्बिर खिच्ने, घुमफिर गर्नेको पुल क्षेत्रमा भीड लाग्ने गरेको वडाध्यक्ष शाहले बताउनुभयो । त्रिवेणीस्थित झोलुङ्गे पुल तरेपछि वाल्मीकि आश्रमसम्म पुग्न करिब एक हजार सात सय मिटर बाटो निर्माण गर्नुपर्ने छ ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण गर्नुपर्ने बाटो नबन्दा पुल सञ्चालनमा आउन नसकेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । बाटो बनाउने विषयमा पटक–पटक निकुञ्जसहित सरोकारवालासँग छलफल चले पनि कुनै प्रगति हुन नसकेको उहाँको भनाइ छ । “बैठकमा पुल सञ्चालन गर्ने, बाटो बनाउने भन्ने सबैको राय मिल्छ, नबनाउने भन्ने कसैको कुरा हुन्न तर कामको प्रगति भएको छैन”, उहाँले भन्नुभयो । सरोकारवाला मन्त्रालयबीच आवश्यक समन्वय नहुँदा कतिपय काम अघि बढ्न नसकेको उहाँको भनाइ छ ।

“वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल चलाउने, बाटो बनाउने भनेर पालिकाले नै पटक–पटक समन्वय गर्यो, तर उस्तै छ”, अध्यक्ष गिरीले भन्नुभयो, “हामीकहाँ अन्तर मन्त्रालयको समन्वयको कमीले समेत विकास निर्माणमा समस्या हुने गरेको छ ।” नारायणी नदीपारि वाल्मीकि आश्रम र वारि प्रसिद्ध धार्मिकस्थल त्रिवेणीधाम रहेको छ । दुई धार्मिकस्थललाई जोड्ने महत्त्वपूर्ण मानिएको पुल सञ्चालनमा आउने हो भने पर्यटकको थप आगमन बढ्ने त्रिवेणी गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्दे्रश्वर भुसालले बताउनुभयो ।

पुल सञ्चालनमा आए वाल्मीकि आश्रम आउने पर्यटक सहजै त्रिवेणीधाम र त्रिवेणीधाममा आएका पर्यटक सहजै वाल्मीकि आश्रम पुग्न सक्ने उहाँको भनाइ छ । दुवै धार्मिक क्षेत्रको विकासका लागि झोलुङ्गे पुलले सहयोग पुर्याउने भएकाले यसको सञ्चालनमा सरोकारवाला पक्षले जोड दिनुपर्ने उहाँको भनाइ छ ।

 

मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.