• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

मेलम्ची खानेपानीको पाँचौं ‘उद्घाटन’ आज हुँदै


काठमाडौँ,माघ १- काठमाडौंवासीका लागि लामो प्रतीक्षा बनेको मेलम्ची खानेपानी पहिलो पटक २०७७ फागुन २२ मा उपभोक्ताका धारामा झर्‍यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक यसको उद्घाटन गरेका थिए । संरचना निर्माण नटुंगिँदै हतारोमा उद्घाटन गरेको टिप्पणी सेलाउन नपाउँदै १ महिनामै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः मेलम्चीको उद्घाटन गरिन्, भृकुटीमण्डपमा बनाइएको धारा खोलेर । तर २०७८ असारमा मेलम्चीमा आएको बाढीले आयोजनाको मुहान पुरिएपछि तीन महिनामा नै पानी आउन बन्द भयो ।

अस्थायी निर्माण गरेर २०७९ वैशाख ११ मा काठमाडौंमा पुनः पानी वितरण गरियो, यसपालि पनि उद्घाटन नै गरियो । यसका लागि अघि सरे तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरी । तर मेलम्चीको पानी मुस्किलले एक महिना मात्रै उपभोक्ताका धारामा आयो । बाढीपहिरोको जोखिम भन्दै २०७९ जेठमा सुरुङ बन्द गरियो । ६ महिनापछि मन्त्री चौधरीले नै मंसिर २३ मा फेरि काठमाडौंको महांकालस्थित पानी वितरण केन्द्रबाट वितरण ‘सुरुवात’ गरे । चौधरीले एकै वर्षमा एउटै ब्यानरमा दुई पटक पानी वितरणको शुभारम्भको ‘रेकर्ड’ राखे । त्यसको ६ महिनापछि पुनः २०८० असारमा मेलम्ची खानेपानीको सुरुङ बन्द भयो ।

गत साउनको बाढीले पुरिएको मुहान यतिबेला मर्मतपछि पुनः ‘उद्घाटन’ गरेर पानी वितरण गर्न लागिएको छ । यस पटक मेलम्ची उद्घाटनको पालो प्रधानमन्त्री पुष्पकमल दाहालमा आएको छ । दाहालले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरको धारा खोलेर उद्घाटन गर्दा मेलम्ची खानेपानीको पाँचौं पटक ‘सुरुवात’ गर्दै छन् ।

हाल बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची मुहानको गेग्रान हटाएर २६ किलोमिटर सुरुङमार्फत सुन्दरीजलमा पानी ल्याइसकिएको छ । पाँच महिनापछि पानी पुनः वितरण हुन लागेको हो । उपभोक्ताको धारामा सोमबार बिहान ८ बजे पानी पठाएर ९ बजे प्रधानमन्त्री दाहालले वितरणको शुभारम्भ गर्ने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए ।

पानी पथान्तरण (खोलाको पानी सुरुङमा पठाउने प्रक्रिया) मा पनि उद्घाटनको अर्को लहड चलिरहेको छ । २०७७ असारमा सिन्धुपाल्चोकका तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालले यसको सुरुवात गरेका थिए । सोही वर्षको असार ३० मा सुरुङको भत्केको ढोका मर्मत गरेर पुनः पानी पथान्तरण गर्दा २०७७ फागुन ११ मा तत्कालीन खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र सांसद शेरबहादुर तामाङ मुहान क्षेत्रमा पुगेर ठेलमठेल गर्दै स्विच थिचेर पथान्तरणको ‘उद्घाटन’ गरेका थिए ।

तीन वर्षमा सुरुङ र धारामा पटक–पटक उद्घाटनको होड चले पनि काठमाडौंवासीले मेलम्चीको पानी तिर्खा मेट्ने गरी पिउन अझै पाएका छैनन् । उपभोक्ताका धारामा नियमित पानी आउन सकेको छैन । बाढीपहिरोबाट आयोजनाको दिगो समाधान नगरिनु र स्थायी संरचना निर्माण हुन नसक्दा मेलम्ची खानेपानी नियमित हुन नसकेको हो । कान्तिपुर दैनिकमा खबर छ ।

 

सोमबार, माघ ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.