चितवन । उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत सदस्य पदमा (वाणिज्यतर्फ ) ६ जना सदस्यहरु विजयी भएका छन् । प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठका अनुसार विहान १ वजे सम्पन्न सदस्यहरुतर्फको मतगणनामा गुणराज पौडेल सर्वाधिक मतका साथ विजयी भएका छन् ।
जम्मा खसेको मत २४१४ मध्ये पौडेलले सर्वाधिक १९६१ ल्याएका छन् । त्यस्तै श्रीकृष्ण लम्साल १८८३ मतका साथ दोस्रो स्थानमा विजयी भए । त्यस्तै दीपा शाही (१८४१ मत ), सन्तोषजनक भुसाल ( १७८२ ), दाताराम घिमिरे ( १७३४ मत ) र सुनिता लिगल कर्माचार्य (१७२१ मत )का साथ विजयी भएका छन् । सात जना उम्मेदवार मध्ये कृष्णबहादुर केसी पराजित भए ।उनले १५१६ मत मात्रै ल्याए । विजयी मध्ये घिमिरेले कुनै पनि प्यानलमा नपरी जितेका हुन् ।