चितवन । गुडिरहेको बसमा मोटरसाइकल ठोक्किँदा रत्ननगर नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–१ बस्ने ४७ वर्षीय अर्जुन तामाङ रहेका छन् ।
आइतबार राति ८ः४५ बजे राप्ती नगरपालिका–१ महादेवटारमा हेटौंडाबाट भण्डारातर्फ आउँदै गरेको ना ३९ प ५०४८ नम्बरको मोटरसाइकल विपरित दिशाबाट जाँदै गरेको बा प्र ०३–००१ ख २५३६ नम्बरको यात्रुबहाक बसको पछाडि पट्टिको साइडमा ठोक्किएको थियो ।
बसमा मोटरसाइकल ठोक्किदा गम्भिर घाइते भएका तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।