पेट दुख्यो भनेपछि बाबुआमाले १४ वर्षकी छोरीलाई अस्पताल पुर्याए । चिकित्सकले परीक्षण गर्ने क्रममा उनी गर्भवती भएर बच्चा जन्माउने अवस्थामा पुगेको भनेपछि अभिभावक छाँगाबाट खसेजस्तै भए । बा’लिकाले अस्पतालमै शिशु जन्माइन् ।
बुझ्दै जाँदा पत्ता लाग्यो, बा’लिकालाई गर्भवती बनाउने अरू कोही नभएर आफ्नै काका (२१ वर्ष) रहेछन् । सर्लाहीको उक्त परिवार पोखरामा दैनिक ज्याला मजदुरी गर्दै आएको थियो । दाजु–भाउजूकोमा बस्न आएका ती युवाले भतिजीलाई क’र’णी गरेको खुलेको हो । बा’लिका कहिलेकाहीं विद्यालय जाने गरे पनि प्रायः बाबुआमासँगै मजदुरी गर्थिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
प्रहरीका अनुसार गत मंसिरको पहिलो साता ती युवा पोखरा आएका थिए । पुस २ को राति साढे ९ बजेतिर कोठामा कोही नभएको मौका छोपेर काकाले भतिजीलाई क’र’णी गरेको खुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए । ‘करिब एक महिना बसेर काका सर्लाही नै फर्किएछन् ।
बा’लिकाले आफूमाथि भएको घटनाबारे कसैलाई पनि भनिनछिन् । बाबुआमाले पनि थाहा पाएनछन्,’ उनले भने, ‘बा’लिकाको पेट बढेको खासै वास्ता नभएको र यसलाई लिएर कुनै शंका गर्ने कुरा पनि नभएको अभिभावकले बताएका छन् ।’
भदौ २८ मा बा’लिका पोखराकै एक अस्पतालमा सामान्य सुत्केरी भएकी थिइन् । बच्चा जन्मिएपछि मात्र घटना सार्वजनिक भएको हो । पीडित परिवारले गत भदौ २९ मा कास्की प्रहरीमा कानून अुनसार उजुरी दिएको छ । आरोपित युवालाई कास्की प्रहरीले सर्लाही प्रहरीको समन्वयमा आइतबार पक्राउ गरेर ल्याएको छ ।
उनलाई कानून अनुसारको कसुरमा जिल्ला अदालतबाट सोमबार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको हमालले बताए । मुलुकी अ’पराध संहिता २०७४ को दफा २१९ उपदफा ३ ‘ग’ अनुसार १४ देखि १६ वर्ष उमेर समूहकी बा’लिकामाथी क’र’णी भ’एमा १२ देखि १४ वर्षसम्मको कैदको व्यवस्था छ ।
हा’ड’ना’ताभि’त्र क’र’णी ग’र्नेलाई थप ३ देखि ६ वर्षसम्मको कैद हुने वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले बताए । बा’लिका र शिशुलाई पोखराकै एक संरक्षण केन्द्रमा राखिएको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।