धर्म लाईट आउटरिच संस्था बुढानिलकण्ठ काठमाण्डौंले शुक्रबार विजय आधारभूत विद्यालय गैंडाकोट -८ काविद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
सो कार्यक्रममा विद्यालयमा अध्ययन गर्ने १६० जना विद्यार्थीहरूलाई न्यानो कपडा ट्रयाक सुट बितरण गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथी धर्म लाईट आउटरिच संस्थाका संस्थापक डा. नेत्र आचार्यले संस्थाका सदस्यहरूले आफूले कमाएको रकमको दश प्रतिशत रकम छुट्याएर गरिव विपन्न परिवारका विद्यार्थीहरूलाई सहयोग गर्ने गरेको कुरा बताउनु भयो ।
पढ्न पाउने अधिकारबाट कोही पनि बालबलिकाहरु बन्चित नहुन् भन्ने हाम्रो मुख्य उद्देश्य रहेको कुरा आचार्यले बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि गैंडाकोट नगर शिक्षा समिति सदस्य दोलराज पाण्डेले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै यस सहयोगको पूर्ण सदुपयोग गर्दै अभिभावक ले विद्यार्थीलाई पढ्ने वातावरण मिलाइदिनु पर्ने र विद्यार्थीले आफ्नो अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने कुरा बताउनुभयो ।
कार्यक्रममा विशिष्ठ आतिथिको रुपमा सामाजिक विकास कार्यालय कावासोतीका प्रमुख कृष्णप्रसाद पौडेल ,जनप्रतिनिधी , समाजसेवी , विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ का सदस्यहरू लगायतको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सरस्वती पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक सोवनाथ पौडेलले गर्नुभएको थियो ।