गैँडाकोट । गैँडाकोटमा आज साँझ मोटरसाइकल दुर्घटना २ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जान आउदै गरेको गण्डकी प्रदेश ००१प २-८०२ नम्मरको मोटरसाइकल र विपरित दिशातर्फ जादै गरेको ना ५९ प ४६५ नम्बरको मोटरसाइकल गैँडाकोट ८ स्थित राजमार्गमा ठक्करखादा २ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा गैँडाकोट नगरपालिका वडा नं. ११ घर भएका २६ वर्षका कर्ण बहादुर थापा र देवचुली नगरपालिका वडा नं. १२ घर भएका २७ वर्षका खेम बहादुर पौडेल रहेका छन् । घाइते दुवैजनाको बायाँ खुट्टामा चोट लागेको र चितवन मेडिकल कलेजमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । राजमार्गमा खाल्डाखुल्डी हुँदा सडक दुर्घटनाहरु बढ्न थालेका छन् ।