• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

चितवनमा पुस १७ गते पोल्ट्री दिवस मनाइने, क्षेत्रपुरमा मासु र अण्डा महोत्सव गरिँदै


चितवन, पुस १५-

चितवनमा पुस १७ गते विविध कार्यक्रम गरेर पोल्ट्री दिवस मनाइने भएको छ ।

विसं २०१७ साल पुस १७ गते सुरु भएको पोल्ट्री व्यवसायको स्मरणमा नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा यस वर्ष ११ औं राष्ट्रिय पोल्ट्री दिवस मनाउन लागिएको हो ।

चितवनमा विसं २०७० देखि हरेक वर्ष राष्ट्रिय पोल्ट्री दिवस मनाउने गरिएको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले जारी गरेको सूचनामा उल्लेख छ । यस वर्षको ११ औं राष्ट्रिय पोल्ट्री दिवसलाई पोल्ट्री व्यवसायीको चाडका रुपमा मनाउनु पर्छ भन्ने मान्यताअनुरुप नेपाल कुखुरा व्यवसायी मञ्चले सरकारी तथा निजी क्षेत्रबीच आवश्यक समन्वय गरी सप्ताहव्यापी रुपमा दिवस मनाइने भएको छ । ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने मुल नाराका साथ मनाइने यो दिवसमा विशेष गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अण्डा र कुखुराको मासुको महत्वबारेमा जानकारी गराउने उद्देश्य लिइएको छ । नेपाल भेटेरीनरी एशोसियसन बागमती प्रदेशसँगको सहकार्यमा स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । अहिले सम्म २६ वटा सरकारी तथा निजी विद्यालयका कुल एक हजार ९४७ जना विद्यार्थीलाई अण्डा र मासुको महत्वबारे चिकित्सकहरुले प्रशिक्षण दिँदै निःशुल्क रुपमा अण्डा बितरण गरिएको छ । पुस १७ गते बिहान मञ्चको कार्यालय परिसरबाट बाजागाजा र प्ले कार्डसहित प्रभातफेरी गरी भरतपुर–२ क्षेत्रपुर नमस्ते चोकमा भरतपुर महानगर पालिका वडा नंं. २ को सहकार्यमा बृहतखुला रक्तदानको कार्यक्रम गरिने भएको छ । सोही स्थानमा एक दिने चिकेन एण्ड एग फुड फेस्टिबलको आयोजना गरिने मञ्चले जनाएको छ ।

नेपालमा आधुनिक कुखुरापालन सुरुवात २०१७ साल पुस १७ गते भएको थियो । परवानीपुर बाराको सेन्ट्रल ह्याचरीको उद्घाटन पश्चात नेपालमा आधुनिक पोल्ट्रीको सुरुवात भएको मानिन्छ । देशको कुलग्राहस्थ उत्पादनमा करिब ३.५प्रतिशत हिस्सा आगटेको पोल्ट्री व्यवसायमा करिब एक खर्ब ६० अर्ब रुपैयाँ लगानी भएको अनुमान गरिएको छ भने करिब चार लाख ५० हजार व्यक्तिलाई पोल्ट्री क्षेत्रले रोजगारी प्रदान गर्दै आइरहेको छ । नेपालको कुखुरा पालन व्यवसायमा आधुनिक प्रविधि भित्रदै गइरहेको संघले जनाएको छ । यस पेसाले आयात प्रतिस्थापन गर्दै आम देशवासीलाई सबै भन्दा सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त खाद्यन्न मासु र अण्डा उपलव्ध गराएको संघले जनाएको छ । कुखुरा व्यवसायी मञ्चले कुखुराको मासु र अण्डा मानव स्वास्थका लागि उपयुक्त खाद्यन्न मानिँने बताउँदै कुखुराको मासु र अण्डामा कुनै मिसावट नहुने, चिल्लोको मात्र कम, प्रोटिनको मात्र बढी हुने, पकाउन सजिलो, पचाउन सहज हुने, युरिक एसिड, मुटु रोगीका बिरामीलाई समेत उपयोगी हुने जनाएको छ । मञ्चले विकसित देशहरुमा प्रति व्यक्ति प्रतिवर्ष अण्डाको खपत नेपालको भन्दा धेरै गुणा बढी रहेको जनाएको छ । त्यसै कारण पनि नेपालीहरुको भन्दा विकसित देशका मानिसहरुको औषत आयु समेत बढी रहेको मञ्चले जनाएको छ । मञ्चको तथ्यांका वार्षिकरुपमा एक व्यक्तिले सबैभन्दा धेरै अण्डा खपत गर्ने ९ देशमा चीन अग्र स्थानमा छ भने नेपाल सबैभन्दा कम अण्डा खपत गर्ने देशमा पर्छ ।

 

आइतबार, पुष १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.