• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

राष्ट्रिय बहिरा महासंघको अध्यक्षमा केसी निर्वाचित


भरतपुर,पुस १०- राष्ट्रिय बहिरा महासंघको अध्यक्षमा सन्तोष केसी निर्वाचित हुनुभएको छ । चितवनको भरतपुरमा सोमबार सम्पन्न महासंघको १० औं संघिय महाधिवेशनबाट १३१ मत प्राप्त गर्दै केसी अध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी सुर्यमोहन बरालले १७ मत प्राप्त गर्नुभयो । बरिष्ठ उपाध्यक्षमा सत्यदेवी वाग्ले, महिला उपाध्यक्षमा शिखा प्रधान र महासचिवमा सिताराम ओझा निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा दिनेश पनेरु बिजयी भएको निवर्तमान अध्यक्ष केपी अधिकारीले जानकारी दिनुभयो । उहाँले महाधिवेशन मार्फत ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको बताउनुभयो ।

महाधिवेशन मार्फत बहिरा नागरिकहरुले राज्यले सरकारी निकायमा दोभाषे राख्नुपर्ने माग गरेका छन । उनिहरुले दोभाषे नहुँदा आफूहरुलाई काम गर्न असहज हुने गरेको गुनासो गरे । संविधानसभा सदस्य एवं राष्ट्रिय बहिरा महासङ्घका सल्लाहकार राघबीर जोशीले काठमाडौँ महानगरपालिकाले बहिराहरुका लागि दोभाषे राखेको भए पनि देशका अन्य पालिका र सरकारी कार्यालयमा त्यो सुविधा उपलब्ध हुन नसकेको बताउनुभयो । शिक्षामा पनि दोभाषे नहुँदा बहिरा विद्यार्थीहरुको शिक्षामा अवरोध हुन पुगेको भन्दै राज्यका हरेक क्षेत्रमा राज्यले दोभाषेको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । बहिरा नागरिकका लागि शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा समावेश गराउने गरी ऐन बनेको भए पनि त्यो कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले सार्वजनिक तथा निजी क्षेत्रले निर्माण गर्ने हरेक संरचना अपाङ्गमैत्री हुनुपर्ने भन्दै त्यसको सुरुआत कालिका नगरपालिकाबाट भएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई समेत साङ्ग व्यक्तिहरुको सरह सेवा सुविधा प्रदान गर्नु राज्यको दायित्व भएको भन्दै सेवामा हरेक नागरिकको समान पहुँच हुनुपर्ने बताउनुभयो । मुलुकमा प्रविधिको विकास धेरै अगाडि बढेको भन्दै बहिरा व्यक्तिहरुले प्रविधिको प्रयोग गर्दै आफ्ना कुराहरु राख्नेगरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

आफू बागमती प्रदेश नगरपालिका सङ्घको सहसंयोजक समेत रहेको उल्लेख गर्दै नगरप्रमुख रेग्मीले बहिरा व्यक्तिको हक अधिकारका लागि प्रदेशस्तरीय फोरमहरुमा समेत आवाज उठाउने बताउनुभयो । बहिरा व्यक्तिहरुलाई सम्बोधन गर्ने गरी विशेष कार्यक्रम ल्याउन फोरममा प्रस्ताव लिएर अगाडि जानेसमेत उहाँले प्रतिबद्धता जनाउनुभयो । समाजमा बहिरा व्यक्तिहरुलाई गरिने फरक व्यवहार अन्त्य तथा समान व्यवहार कायमका लागि ऐन, नियम, कार्यविधि परिवर्तन गरेर पनि अधिकार स्थापित गराउने उहाँको भनाइ छ ।

राष्ट्रिय बहिरा महासङ्घ नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष केपी अधिकारीले राष्ट्रिय जनगणनाले बहिरा व्यक्तिहरुको तथ्याङ्क गलत दिएको गुनासो गर्नुभयो । राष्ट्रिय जनगणना २०७८ ले बहिरा नागरिकहरुको सङ्ख्या करिब ५२ हजार जनाएको भए पनि नेपालमा तीन लाखको हाराहारीमा बहिरा नागरिक भएको अधिकारीको भनाइ छ ।

साधारणसभाबाट आगामी वर्षका लागि नीति तथा कार्यक्रम निर्माण र पारित गरिएको छ । शनिबार उद्घाटन गरिएको साधारणसभा एवं अधिवेशन सोमबार बिहान सकिएको हो । महाधिवेशनमा ४९ जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षक गरी करिब ५०० जनाको सहभागिता रहेको थियो ।

मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.