चितवन – नारायणगढ स्थित नारायणी पुलबाट नदीमा हाम फालेकी एक अपरिचित महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ८ बजेको समयमा उनी पुलबाट हाम फालेकी थिइन्। बोल्न नसक्ने गम्भीर घाइते अवस्थामा उनलाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको थियो।
उपचारको क्रममा बिहान ९:१० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। अन्दाजी ४२ वर्षीया महिलाको पहिचान खुल्न सकेको छैन। उनको शव अहिले भरतपुर अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।