• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

टिमुर सेवन गर्ने गर्नु भएको छ भने एकचोटी अबस्य पढ्नुहोला ! यति धेरै रोगको लागि टिमुर रामबाण औषधि ,यस्तो छ प्रयोग गर्ने तरिका


एजेन्सी । प्राय: भान्सामा प्रयोग हुने टिमुरबारे सवै परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । यसले वाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मदत गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । टिमुर स्वादका लागि मात्र नभइ ओखतीको रुपमा समेत काम गर्छ ।

टिमुर के हो ? नेपालको महाभारत पर्बत शृंखलाको १२०० देखि २५०० मिटर सम्मको उचाईमा पाइने टिमुरका बोट खुला तथा पाखो बारीमा उम्रिएका हुन्छन् । यसको व्यावसायिकरुपमा समेत खेती गर्ने गरिएको पाइन्छ । बोट भरीनै केही चेप्टो परेको तीखो काढाहरु हुन्छन्। टिमुरको डाँठको दुबैतिर स-साना दुई देखि छ जोडी सम्म तीखो टुप्पो भएका पातहरु पलाएका हुन्छन् ।

टिमुरको फल स-साना, राता, चार देखि पाँच मिलीमिटर ब्यासका हुन्छन। फलको स्वाद तितो, पिरो, हुनुका साथै जिब्रो पर्पराउने हुन्छ । यी फलहरुबाट वास्ना पनि आउँछ। काँचोमा हरियो हुने यसको फल पूर्णरुपमा पाकीसकेपछि रातो रङ्गमा परिणत हुन्छ । धेरै पाकेमा फल आफै फुट्दछ र फल भित्रको कालो रङ्गको बियाँ बाहिर निस्किन्छ।

नेपालमा टिमुरको प्रयोग मसलाको रुपमा गरिन्छ। विशेष गरी अचार बनाउन यो बढी प्रयोग गरिन्छ । जंगली जुका फाल्न, पेटको बिकार फाल्न, जैबिक बिषादि बनाउन आदि काममा समेत टिमुरको प्रयोग गरिन्छ। यसको फल, रुखको बोक्रा, फूललगाय सवै भागलाई दन्तमन्जन, साबुन, अत्तर आदि बनाउनको लागि पनि प्रयोग गरिन्छ ।

औषधीय गुणहरु: आयुर्वेदिक प्रणाली अनुसार दाँत दुखेको, पेटको बिकार, ज्वरो, हैजा हटाउन लगायतका बिमारमा टिमुरको प्रयोग गरिन्छ। टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । शरीरलाई उर्जा तथा तागत दिने औषधिको रूपमा प्रयोग हुन्छ । खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जोडो मौसममा बढी लाभदायी हुन्छ ।

हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा (हाई अल्टिच्युड)को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ । आधुनिक औषधि विज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ । आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ । न्यून रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्या उने गर्छ ।

गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरि निको गराइन्छ । टिमुलको फलको बोक्राबाट तेल तयार पारिन्छ । यस्तो तेल सुगन्धित हुने गर्छ । टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ ।कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ । यसले भोक जगाउने काम गर्छ ।टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ । त्यस्तै, यसले पेटमा लाग्ने बिभिन्न किरा तथा जुकाहरुलाई मार्नको लागि पनि सहयोग पुर्याउँछ ।

कसरी प्रयोग गर्ने ? १. पेट सम्बन्धी रोगमा: यो विशेष गरी पाचनक्रिया कमजोर हुने विमारको सफल औषधी हो । यसले मन्दाग्नि, अपच, आऊ र यस्तै समस्याको कारणले पेटमा हुने वायुशूलमा उत्तम औषधीको काम गर्दछ । पेटमा हुने क्रिमि (किरा) को संक्रमणलाई पनि यसले धेरै हदसम्म ठिक गर्छ । टिमुरले सेवनले यकृत (लिभर) बलियो हुने र जठराग्नि पाचनक्रियामा सुधार आउने तथा पाचनक्रिया आदिको कारणबाट अनुहारमा आएको शोथ (फुल्ने समस्या) ठिक हुने गर्छ । यसको सेवन मिश्री काँढासँग र बेलको शर्वतसँग सेवन गर्न उत्तम हुने आयुर्वेदमा उल्लेख गरिएको छ ।

२. हैजामा टिमुरको प्रयोग: हैजाको संक्रमण चलेको समयमा यो निकै उपयोगी मानिन्छ । कथंकदाचित हैजाको विमारीको उपचारको लागि अस्पताल तथा चिकित्सकको व्यवस्था मिल्न गाह्रो भए यसको फल वा जराको बोक्रालाई पानीमा पकाएर बनाएको रस वा काँचो बोक्रालाई थिचेर निकालिएको रस बिमारीको उमेरलाई हेरी मात्रा मिलाएर सेवन गराउँदा लाभ हुन्छ ।

३. ज्वरो र कफमा: ज्वरो एवम् कफको विमारमा शरीरमा पसिना उत्सर्जन गरी शरीरलाई हल्का बनाउन यसको पातको स्वरस वा जराको बोक्राको रसलाई पकाएर बनाइएको रस सेवन गर्न आयुर्वेदले मार्गदर्शन गरेको छ । यसमा विद्यमान उत्तेजक तत्त्वको प्रभावले शरीरमा पसिना निकाल्न मद्दत गर्दछ र ज्वरो एवम् कफको समस्याबाट मुक्ति दिलाउँछ ।

४. गलाको शोथमा: टिमुरको ताजापातलाई पिसेर चामलको पिठोसँग मिलाएर गरम गर्ने र गलामा बाँध्नाले गलाको सूजन हट्दछ । ५. घाऊमा: टिमुरको सेवनले घाऊ खटिरामा पनि फाइदा पुर्याउने गर्छ। टिमुरको फल खुवाउने, यसको चूर्णलाई घाऊमा छर्कने र यसको बोक्रा (जराको बोक्रा)को रसले घाऊ धुनाले निकै लाभ हुन्छ ।

६. गठिया वाथमा: जडिबुटी शास्त्रका अनुसार गठिया वाथमा पनि यसको जराको बोक्रालाई पानीमा पकाएर पिलाउनाले निकै फाइदा पु¥याउने गर्छ । ७. दाँतको लागि: यसको हाँगा बिँगा वा काँडालाई पानीमा पकाएर त्यसको पानीले कुल्ला गर्नाले दाँतको पीडा हट्ने र हाँगाले दाँत मल्नाले दाँत निर्मल हुने गर्छ ।

८. अन्य स्वास्थ्य समस्यामा: मन–मस्तिष्क, पागलपन, रगत सम्बन्धित समस्या आदिमा पनि यो निकै उपयोगी मानिन्छ । वाथ, अर्बुद, उदररोग, आँखा, कान र ओंठको रोग, शिरको बोझ, दम, पिसासम्बन्धी रोग आदिमा यसको औषधीय प्रयोग गर्न सकिन्छ । मात्रा: सामान्यतया वयस्क व्यक्तिको लागि यसको फलको मात्रा २ देखि ५ र जराको बोक्रा १ देखि २ तोलासम्मलाई लिन सकिन्छ ।

बुधबार, भदौ २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
रत्ननगरको कयरखोला नजिक गुडिरहेको बसमा आगलागी
गैँडाकोटको जयश्री फुड्स र जयश्री च्यारिटीमा एक सय १८ जनाद्वारा रक्तदान

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.