• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अस्ट्रेलियामा फस्टाउँदो हुण्डी, दूतावास मौन


एक ठाँउमा पठाइने पैसा अर्को तिर पठाएर कमिसन खाने प्रकृयालाई सोझो हिसाबमा हुण्डी भनिन्छ।

नेपालमा विदेशबाट पैसा ल्याउँदा हुण्डीमार्फत ल्याउनु अवैध मात्र होइन मुद्रा अपचलनको आरोपमा कडा सजायका भागिदार पनि बन्नुपर्छ। तर, अस्ट्रेलियामा भने मनी ट्रान्सफर कानुनी रूपमा वैद्य ब्यवसाय हो।
भाषागत रूपमा मनी ट्रान्सफर र मनी लन्डरिङबीच आकाश जमिन फरक छ। एउटा कानूनी र अर्को अपराध। तर, राज्यले सजिलो बाटो नबनाइदिँदा दशकौंदेखि अस्ट्रेलियाका नेपाली हुण्डीमार्फत पैसा पठाउन बाध्य छन्।
दिनहुँ करौडौं रूपैयाँ राज्यको निकाय नभइ अवैध हुण्डीमार्फत अस्ट्रेलियाबाट नेपाल जान्छ। अस्ट्रेलियामा कानुनी रूपमा बैंक ट्रान्सफर गरेको पैसा नेपालमा भने लुकीछिपी गैरकानुनी रुपमा बैंकमार्फत खातामा पुग्नेगर्छ।

यो लुकामारीको खेल एक दशकदेखि चल्दै आएको छ। जसबाट मुलुक नेता र नीतिको कमजोरीको कारण ठगिदै आएको छ। अर्थ मन्त्रालय अन्तर्गत राष्ट्र बैंकले विदेशमा कमाएको रकम नेपाल पठाउने सजिलो माध्यम नबनाइदिँदा बिचौलियाले यसबाट ब्रम्ह्मलुट गर्ने मौका पाएका छन्।
अस्ट्रेलिया, जापान, कोरिया लगायत केही मुलुकबाट नेपालमा पैसा पठाउँदा अवैध हुण्डी सबैभन्दा ठूलो माध्यम बन्दै आएको छ।
मुलुक आर्थिक संकटमा परेको बेला रेमिट्यान्स महत्वपूर्ण माध्यम भए पनि अवैध हुण्डी अस्ट्रेलियालगायतका महत्वपूर्ण मुलुकमा निर्वाध व्यवसाय बनेको छ।
यसैबीच एक स्थानबाट अर्को स्थानमा बैंकमार्फत पैसा आदान प्रदान गर्ने प्रावधानको फाइदा लुट्दै केहि नेपाली एजुकेसन र ट्राभलको ब्यानरमा दशकौंदेखि हुण्डी कारोबारमा संलग्न छन्।

आफ्नो परिवार र नातागोताको नाममा बैंक खाता खोलेर त्यसमार्फत रकम जम्मा गर्ने र अवैध रूपमा मनी लन्डरिङ गर्ने काममा लागिरहेका छन्।
एकपछि अर्को र परिवारका सदस्यको खाता बैंकमा कालो सूचीमा परेपछि हुण्डीवाला यतिखेर सोझा विद्यार्थीको नाममा खाता खोलेर व्यवसायलाई निरन्तरता दिएका छन्।
अस्ट्रेलियाबाट नेपाल वा अन्य देशमा पैसा पठाउने कम्पनी यहाँको सरकारी निकाय अस्ट्रेलियन ट्रान्जेक्सन रिपोर्टस् एन्डएनालाइसिस सेन्टर (अस्ट्रयाक) मा दर्ता हुनुपर्छ। सम्वन्धित बैंकले पनि विदेशमा हुने पैसा रकमान्तरको प्रतिवेदन अस्ट्रयाकलाई पठाउनुपर्छ।
यसरी यहाँबाट पठाइएका पैसामाथि शंका लागेमा अस्ट्रयाकले खोजिनीति गर्छ र गरिरहेको पनि छ। सस्पीयस ट्रान्जेक्सन खतरा हुने डरले कारोबारीले लामो समयसम्म एउटै खाता प्रयोग गर्दैनन्। कम्पनीको नाम र ब्यक्तिको खाता तीन, चार महिनामा फरक फरक हुने कारण पनि त्यही हो।
कम्पनी र खाताको प्रकृति फरक फरक हुदैजाँदा धेरै मान्छे बैंकको खराब सूचीमा चढ्छन्। सानो लोभ र लाभले खाता र कम्पनी सुम्पिनेहरुको लागि भबिष्यका लागि डरलाग्दो संकेत पनि हो।

पछिल्लो समय रकम ट्रान्सफरकै लागि भनेर नयाँ नयाँ कम्पनी दर्ता गर्ने, सबैजसो बैंकमा खाता खोल्ने र अस्ट्रयाकमा दर्ता नभई अवैधानिक धन्दा गर्ने क्रम बढ्दो छ।
अस्ट्राकले केहि धेरै रकम ट्रान्सफर भएको भन्दै प्रतिवेदन माग्न थालेपछि उनीहरूले बैंक एकाउन्ट समेत बन्द गरेर नयाँ एकाउन्ट मार्फत आफ्नो कारोबार थाल्छन्।
पैसा पठाउने र पाउनेको नाम, ठेगना र फोन नम्बर सहितको प्रतिवेदन अस्ट्रयाकमा पठाएर वैद्यता दिइन्छ। तर नेपाल पठाउन भनेर उठाइने पैसा सिड्नीमै या हङकङ, सिंगापुर र ग्वान्जाउसहित अन्य शहरमा पठाउने काम हुन्छ, जुन वैध होइन।
नेपाल पठाउन पैसा उठाइने र नेपालबाटै रकम पाउनेलाई भुक्तानी गरिदिने तथा अस्ट्रेलियामा उठाएको रकम यतैबाट हङकङ, चीन वा अन्यन्त्र मुलुक पुग्नुले मुलुकलाई मार पारेको सिड्नीका एक व्यवसायी बताउँछन्।
हुण्डीको स्वरूपमा केही परिवर्तन आएको छ, पहिले नेपालमा नगद कारोबार हुने हुण्डीमा यतिखेर निजी बैंकको पश्रय छ। यहाँबाट उठाएको रकम कहाँ कहाँ पुग्छ थाहा हुँदैन। पाउनेको खातामा ४८ घन्टा भित्र पैसा पुग्छ।

केही हुण्डीवालले आफूलाई कानुनी रूपमा चलेको भन्दै नेपालका केही बैंकको आवद्धता देखाउने गरेका छन्। तर बैंकको ब्यानर देखाएर हुण्डीलाई बैध भन्दै आएका उनीहरूलाई नेपाल राष्ट्र बैंकले मान्यता दिएको छैन।
बाहिर बैंकको ब्यानर देखाए पनि गर्ने उनीहरूले गर्ने कारोबार भनेको हुण्डी नै हो। यहाँ सामाजिक सन्जाल होस् या नेपाली दोकान। जताततै हुण्डीका एजेन्ट भेटिन्छन्। उनीहरूले पनि रकम उठाएर ठेकेदारलाई बुझाउने गर्छन्।
यतिखेर अस्ट्रेलिया मनी ट्रान्सफर काला बजारी र हुण्डी ब्यापारीको लागि उपयुक्त खेल मैदान भएको छ। पछिल्लो वीस वर्षदेखि यहाँ निर्वाधरूपमा कमाउ धन्दा चलेको छ। अहिले दैनिक करिब २० देखि पच्चीस करोड रूपैयाँ अस्ट्रेलियाका विभिन्न मनी ट्रान्स्फरमार्फत नेपाल गइरहेको छ। तर धेरैले यो पैसा संकलन गरे पनि अन्तमा हातमा गन्न सकिने चार पाँच जनाले मात्र सबै रकम बटुलेर कारोबार गर्दै आइरहेका छन्।
हुण्डीवाल भनेर चिनिएका केही औलामा गन्न सकिनेले सिड्नीमा चलाएको यो धन्दा देशभर चल्नेगर्छ। एजुकेशन र ट्राभल चलाएका पर्दा पछाडि निर्वाध हुण्डी चलाउँदै आएकाहरू समाजसेवाको ‘ढोंग’ मा समेत देखिने गर्छन्।
हरेक तीन महिनामा ट्रान्सफरको पैसा मनग्गे भएपछि अस्ट्याकले रिपोर्ट माग्ने गर्छ र त्यसैबेला हुण्डीवालले आफ्नो बैंक खाता बन्द गरेर नयाँ खाता खोल्ने गर्छन्।

सानो प्रलोभनमा आफन्त र सोझा नेपाली विद्यार्थीको नाममा बैंक खाता खोलेर हुण्डीवालहरू पानीमाथिको ओभानो प्रयासमा लागेको देखिन्छ। कथमकदाचित फसे पनि सम्वन्धित बैंक खातावाल फस्ने हुनाले उनीहरू अलग र फरक व्यक्तिको खोजीमा रहन्छन्।
पछिल्लो पटक मेलवर्नमा पचासौं विद्यार्थीको करौडौं रकम ठगेर हुण्डीवाल गायब भएका थिए। पछि उनलाई ठगी मुद्दामा जेल चलान गरिए पनि पीडकले आफ्नो पैसा अझै पाएका छैनन्।
मुलुकबाट अर्बौं रकम हुण्डीमार्फत विदेसिने गरेको तथ्य समेत यसबाट पुष्टि हुन्छ। विदेशमा पैसा लान नपाइने मुलुकको कानुनी प्रकृयालाई ठाडो चुनौति दिँदै दोहोरो कमिसनको खेलमा यहाँ डलर उठाउनेले यतै दिने र उता रकम विदेश ल्याउन बुझ्नेले उतै बाँड्ने काम भइरहेको छ।
यसले मुलुकलाई प्रत्यक्ष रुपमा घाटा त पुगेको छ अनि नेपालका भ्रष्ट र कालाबाजारीयालाई प्रोत्साहन पनि मिलेको छ।
अहिले नेपालबाट भ्रष्टाचार र श्रोत नखुलेका पैसा यता ल्याउने ठूलो खेल समेत भइरहेको एक ब्यापारीले बताए। त्यस्तो पैसा करौडौमा आउने र यहाँ छोरा छोरीको नाममा घरजग्गा खरीद गर्ने गरेको पाइएको छ।

‘दुई लाखको एलसी खोलेर पाँच लाख डलरको सामान आयात गर्ने ब्यापारीले कति भन्सार छल्छ र त्यो पैसा हुण्डीमार्फत ब्यापारीले प्राप्त गर्दछ। यसबाट राज्यलाई कति घाटा होला त्यो सहजै अनुमान लगाउन सकिन्छ,’ ती व्यवसायीले सेतोपाटीसँग भने, ‘त्यति मात्र होइन यहाँबाट सम्वन्धित व्यक्तिको नाममा पठाइएको रकम अर्को देश पठाउँदा आतंकवाद गतिविधिमा जोडियो भने उनीहरू सिधै कसुरदार ठहरिने खतरा पनि हुनसक्छ।’
पैसाको चलखेलकै कारण हुण्डीवालको नेपालमा समेत प्रहरी र प्रशासनमा राम्रो पहुँच देखिन्छ। यीनले बिरोध गर्नेलाई नेपालमा ज्यानको धम्की दिने र आक्रमण गराउने समेत गरेका छन्। कतिपय हुण्डीवाल यहाँका प्रचलित बैंकमा समेत कालोसूचीमा परेका छन्।

अहिले हुण्डीले केही फरक रुप लिन थालेको छ।
यहाँ उठाइएको रकम यहाँकै व्यवसायीलाई दिने र हङकङ वा चीन आरएमबी र भारतमा आईसी लिने नयाँ खेल सुरू भएको छ। यता यतै कमिसन उता उतै कमिसन!
यसो गर्दा बैंकको झन्झटिलो प्रकृयाबाट पनि बचियो र कमिसन पनि बढ्यो। त्यति मात्र होईन केही हुण्डीवालले त नेपालमा सहकारी खोलेर त्यसैमार्फत निर्वाध हुण्डी कारोबार गरिरहेका छन्।
राज्यले विधिवत रूपमा पैसा पठाउने प्रकृयालाई सहज बाटो नबनाएकाले हुण्डीवालको अपार धन्दा सानदार रुपमा ब्यापारका रूपमा चलेको छ।
यसरी अस्ट्रेलियामा निर्वाध रूपमा हुण्डी सञ्चालनमा आए पनि नेपाली दूतावसाले यस विषयमा अझसम्म केही बोलेको छैन।

सेतोपाटी

  • australia
  • hundi
  • हुण्डी
आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.