• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

विद्यार्थीहरुको आकर्षक गन्तव्य बन्दै अष्ट्रेलिया, कसरी जाने ?


अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरुको हब बन्दै गएको छ । केही वर्ष यता अष्ट्रेलिया नेपाली विद्यार्थीहरुका लागि पनि प्रमुख शैक्षिक गन्तव्य बनेको छ । विश्वव्यापी मान्यता प्राप्त शैक्षिक डिग्री, लगानीको सुरक्षा, सहज जीवनयापन र रोजगारीको राम्रो अवसरका कारण अष्ट्रेलियाप्रति नेपाली विद्यार्थीहरुको आकर्षक बढेको हो । यीनै कारणहरुले गर्दा प्रत्येक वर्ष हजारौं नेपाली विद्यार्थीहरुले शैक्षिक गन्तव्यको रुपमा अष्ट्रेलिया रोजिरहेका छन् । अहिले नर्सिङ, आइटी, इन्जिनियर, हस्पिटालिटी, विजनेश, पब्लिक हेल्थ, प्रोजेक्ट म्यानेजमेन्ट विषयमा अध्ययन गर्ने योजना गरिरहेका नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया पहिलो विकल्प बनिरहेको छ ।

यति मात्र होइन, पढाई सकेपछि पीआर भीसाका लागि समेत आवेदन दिन सकिने भएकोले अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको पहिलो शैक्षिक गन्तव्यमा पर्ने गरेको छ । सरकारले ल्याएको विदेशी विद्यार्थीमैत्री नीतिले पनि पढ्न जानेका लागि अष्ट्रेलिया उपयुक्त गन्तव्य बन्दै गएको हो ।

नेपाल शैक्षिक परामर्शसंघ ईक्यानसँग प्राप्त तथ्याङ्क अनुसार, गत वर्ष नेपालबाट वैदेशिक शिक्षाका लागि जाने विद्यार्थीहरु मध्ये सबैभन्दा धेरै अष्ट्रेलिया गएका छन् । गत वर्ष मात्र नेपालबाट दश हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया उडेका छन् । नेपाली विद्यार्थीहरु अष्ट्रेलियाका विभिन्न शहरहरु सिड्नी, मेलबर्न, एडिलेड, पर्थ, ब्रिस्बेन शहरहरुमा जाने गरेका छन् ।

अष्ट्रेलिया नै किन ?

अष्ट्रेलिया उत्कृष्ट शैक्षिक सुविधाहरुसहितको विशिष्ट देश हो । अष्ट्रेलियामा एक गुणस्तरिय शिक्षा प्रणाली रहेको छ जुन विश्वव्यापीरुपमा परिचित छ । त्यसैले अष्ट्रेलिया शैक्षिक अवसरहरुको उच्चस्तरको लागि प्रसिद्ध छ । अष्ट्रेलियाले १ हजार १ सय भन्दा बढी विश्वविद्यालय प्रदान गरेको छ । यस्तै अष्ट्रेलियामा शिक्षण शुल्क र जीवन खर्च अमेरिका र बेलायत जस्ता देशहरु भन्दा तुलानात्मक रुपमा कम छ । यहाँ अध्ययन गर्न चाहने विद्यार्थीहरुले कलेजको होस्टेल अथवा आफैं कोठा लिएर बस्न सक्ने विकल्पहरु रोज्न सक्छन् । यस बाहेक अष्ट्रेलियाको शैक्षिक डिग्री विश्वव्यापीरुपमा उच्च मान्यता प्राप्त र गुणस्तरिय शिक्षा प्रणाली रहेको छ भने, अष्ट्रेलियाका विश्वविद्यालय र कलेजहरुलाई सरकारले उच्चस्तरको शिक्षा प्रदान गर्ने कुराको मूल्याङ्कन गर्छ ।

यस्तै कलेजहरुले आकर्षक छात्रवृत्ति तथा सेवा सुविधा समेत प्रदान गराइरहने कारण धेरै विद्यार्थीहरु अष्ट्रेलिया जान लालयित भएका छन् । नेपालको शिक्षा प्रणाली भन्दा भिन्न सैद्धान्तिक तथा प्रयोगात्मक दुवै प्रणालीले पढाई हुने भएकाले विद्यार्थीहरु अष्ट्रेलिया जान चाहने ड्रिमर अजुकेसन कन्सल्टटेन्सीका सिइओ भीमबहादुर थापा बताउँछन् ।

कसरी जान सकिन्छ अष्ट्रेलिया ? कस्ता विद्यार्थी जान पाउँछन् ?

अष्ट्रेलिया विद्यार्थीहरुको शैक्षिक गन्तव्य भएपनि यहाँ अध्ययन गर्न जानका लागि शैक्षिकस्तर भने राम्रो हुनुपर्छ । पछिल्लो समय प्लसटुमा प्रथम श्रेणी नै चाहिने अवस्था छ, भने अंग्रेजी भाषामा दक्ष हुनुपर्छ । अष्ट्रेलिया जान चाहने विद्यार्थीको आर्थिक स्थिति पनि कम्तिमा शिक्षण शुल्क तिर्न सक्ने हुनुपर्छ । कलेज अनुसार शिक्षण शुल्क फरक फरक हुने तथा कलेजको ब्राण्ड, गुणस्तर जस्ता कुराले शुल्क फरक पर्न जान्छ । त्यसैले जान, अष्ट्रेलिया जानका लागि औसतमा १२ लाखदेखि २८ लाख रुपैंयाँसम्म खर्च लाग्ने परामर्शदाताहरू बताउँछन् । तर, विद्यार्थीले शुल्क तिरेर अष्ट्रेलियाको कुनै कलेजमा भर्ना भएपछि तिरेको पैसा डुब्ने सम्भावना भने हुँदैन । कलेज डुब्यो भने पनि सरकारले विद्यार्थीलाई न्याय दिलाउने काम गर्छ ।

कस्तो छ प्रक्रिया ?
शैक्षिक योग्यता
न्यूनतम कक्षा १२ पास गरेपछि मात्र उच्च शिक्षाको लागि अष्ट्रेलिया जान योग्य मानिन्छ । कक्षा ११ र १२ को अंक मिलाएर कुल ६० प्रतिशत वा सोभन्दा माथि ल्याएको हुनुपर्दछ । अथवा कतिपय कलेजले ५५ प्रतिशतसम्म अंक ल्याउनेलाई लिने गरेका छन् । यसका साथै विद्यार्थीले कक्षा १० को परिणाम पनि प्रस्तुत गर्नुपर्ने हुन्छ ।

आईईएलटीएस
आवश्यक शैक्षिक योग्यता पूरा भइसकेपछि विद्यार्थीले आईईएलटीएसको परीक्षा दिनुपर्ने हुन्छ । जसमा २ वर्षसम्म कायम रहन्छ । उक्त परीक्षामा विद्यार्थीले ६.० अंक ल्याउनु पर्नेछ । यदी कुनै विद्यार्थीले ५.५ अंक ल्याएको छ भने पनि उसले प्रक्रिया सुरु गर्न त पाउँछ तर, यस्तो अवस्थामा उसलाई कलेजले प्रस्ताव पत्र नदिने सम्भावना प्रवल रहन्छ ।

वित्तिय आवश्यकता
परिवारको आर्थिक स्रोत, घरजग्गाको वित्तिय मूल्यांकन सबै गरेर कम्तीमा ४० लाख सम्पत्ती देखाउनु पर्ने हुन्छ । यदि कलेजले मागे अनुरुपको शैक्षिक योग्यता र वित्तिय योग्यताको राम्रो मेल हुन सक्यो भने भिसा लाग्ने सम्भावना धेरै हुन्छ । जसमा एक वर्षको पढाइ शुल्क, त्यहाँ रहँदासम्मको स्वास्थ्य बीमा, एक वर्षको बसाई खर्च, १९ हजार ८ सय ३० अष्ट्रेलियन डलर, तथा रिटर्न टिकट (२ हजार अष्ट्रेलियन डलर) बुझाउनु पर्छ । साथै बैंकबाट लिएको लोन वा बैंक ब्यालेन्स वा आम्दानीको स्रोत देखाउनु पर्ने हुन्छ ।

प्रक्रिया
शैक्षिक योग्यता, वित्तिय आवश्यकता, अन्य आवश्यक कागजपत्रहरु तयार गरिसकेपछि एउटा भरपर्दो शैक्षिक परामर्श केन्द्रमा गएर काउन्सुलरको सल्लाह अनुसार प्रक्रिया अगाडि बढाउन सकिन्छ । अष्ट्रेलिया जाँदा परामर्श केन्द्रबाट नै सबै प्रक्रियाहरु गर्दा राम्रो हुन्छ । सबै कागजपत्रहरु तयार पारिसकेपछि आफूले छानेको कलेज र विषयमा आफू स्पष्ट हुनुपर्छ । उक्त कागजपत्रको आधारमा सबै कुराहरु पुष्टि भइसकेपछि कलेजले प्रस्ताव पत्र पठाउँछ । त्यसपछि सम्बन्धित कलेजले विद्यार्थीको वित्तिय प्रमाणिकरण माग्छ ।

प्रमाणिकरण पत्रलाई कलेजले स्वीकार गरिसकेपछि विद्यार्थीलाई ६ महिना वा एक वर्षसम्मको शुल्क तिर्नका लागि प्रस्ताव राख्छ । सामान्यतया विद्यार्थीहरुले १ वर्षको शुल्क बुझाउने गर्छन् । यी सबै कामहरु पूरा भइसकेपछि कलेजले सीओइ पत्र दिन्छ । सबै प्रक्रियाहरु पूरा भइसकेपछि अब भिसा मात्र बाँकी रहन्छ ।

विद्यार्थीले सबै कागजपत्रहरुलाई भिसा कार्यालयमा पठाउनु पर्छ जुन भारतमा छ । अन्तमा भिसा अधिकारीले सबै कुरा चेकजाँच गरेर सबै कागजपत्रहरु सत्य र विश्वसनीय भएमा भिसा प्रदान गर्छ । यदि कुनै विद्यार्थीप्रति कुनै कुराको शंका लाग्यो भने उनीहरुले फोन तथा स्काइपको माध्यमबाट सामान्य अन्तर्वार्ता समेत लिन सक्छन । भिसाका लागि अप्लाई गरेको १५ दिनदेखि १ महिनाभित्रमा सामान्यतयाः भिसा आइसक्छ ।

विगत केही वर्षदेखि विद्यार्थी भिसा र डिपेण्डेण्ट भिसामा अष्ट्रेलिया जानेको संख्या पनि बढेको छ । अन्य देशको तुलनामा अष्ट्रेलिया जान सहज, आवश्यक कागजपत्रको तयारी, विषय छनोट र डिपेण्डेण्ट भिसामा जान केही खुकुलो नियम भएकाले विद्यार्थीको आकर्षण त्यसतर्फ बढेको हो ।

डिपेण्डेण्ट भिसामा कसरी जाने अष्ट्रेलिया ?
अष्ट्रेलियामा जाने नेपाली विद्यार्थीमध्ये ३० प्रतिशत ‘डिपेण्डेण्ट भिसा’ मा रहेको अनुमान छ । ‘डेपेण्डेण्ट भिसा’ अर्थात विद्यार्थी सपरिवार बसेका छन् । अष्ट्रेलियाको कानुनी परिभाषा अनुसार परिवारभित्र पति, पत्नी र छोराछोरी पर्छन् । अध्ययनमा गएका विवाहित नेपाली पुरुष या महिलाले पाउने अतिरिक्त सुविधा हो ‘डेपेण्डेण्ट भिसा’ । एक वर्षभन्दा बढी समयका निम्ति ब्याचलर डिग्री, ब्याचलर अनर्स, मास्टर्स, मास्टर्स रिसर्च वा पीएचडी गर्न जाने विद्यार्थीले यो सुविधा पाउने गरेका छन् ।

विवाहित पत्नी होस् या पति जो पहिले अष्ट्रेलिया गएको छ या सँगै जान सक्छन् । अथवा पछि विवाह गरेर जान पनि सक्छन् । परिवारका सदस्य मात्रले विद्यार्थीसँगै वा पछि छुट्टै आवेदन दिन सक्छन् । यदि कुनै विद्यार्थी एक वर्षभन्दा लामो समयको कोर्श पढ्न जाँदैछ भने आफ्नो परिवारबाट टाढा रहन नपरोस् भनेर दिइएको सहुलियत भिसा हो यो । भिसा प्रक्रियाको सुरुमै विभिन्न प्रमाणित कागजागतहरू पेस गर्नुपर्ने हुन्छ । जसमा विवाह दर्ता प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाहको फोटो, घरजग्गाको आधार, संयुक्त बैंक खाता, विभिन्न चाडबाडसँगै मनाएको भिडियो, सीडी, भीसीडी, फोटो आदि पर्छन् । त्यसैगरी पति र पत्नीबीच हुने सम्बन्धजन्य फोन, इमेल, स्काइप, कुराकानी, विवाह वाषिर्कोत्सवको मिति जस्ता सम्बन्ध कायम रहेको प्रमाणहरू आवश्यक रहन्छ ।

सबै प्रमाण पुर्याएपछि डिपेन्डेन्ट व्यक्तिको भिसा प्रक्रिया सुरु हुन्छ । आफ्नो बालबच्चा रहेमा उसको समेत सबै कागजात रुजु हुनुपर्छ । भिसा शुल्क, स्वास्थ्य परीक्षण प्रमाणपत्र सबै जुटाउनु पर्ने हुन्छ । विद्यार्थीले मास्टर्स या त्योभन्दा माथिको कोर्स पढ्दै गरेको भएमा डिपेण्डेण्ट भिसामा अष्ट्रेलिया गएका परिवारका सदस्यले पूर्णकालीन काम गर्न पाउँछन् । मास्टर्सभन्दा तल्लो तहको अध्ययन गरेको भएमा परिवारका सदस्यले सातामा २० घण्टाको दरले काम गर्न पाउँछन् । यसैगरी विद्यार्थीले सातामा २० घन्टा काम गर्न पाउँछन् । छुट्टीको समयमा पूरै काम गर्न पाउँछन् ।

केन्द्रबिन्दु डट कम बाट

  • australia
  • Sweet Nepal
  • अष्ट्रेलिया
  • अष्ट्रेलिया कसरी जाने
  • विद्यार्थीहरुको आकर्षक गन्तव्य बन्दै अष्ट्रेलिया
बुधबार, असार ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.