नवलपरासी : नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई हराउँदै मेयर र उपमेयर दुवै पद नेकपा एमाले विजयी भएको छ ।
मेयरमा एमालेकी विमला अर्याल र उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित हुनुभएको छ ।
अर्यालले १४ हजार ८३८ ल्याउँदा नेपाली कांग्रेसका अर्जुनकुमार पोखरेलले ११ हजार ६२० मत ल्याउनुभयो । पराजित पोखरेल कांग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ ।
उपमेयरमा निर्वाचित दुबेले १३ हजार ७९८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका लेखनाथ खरेलले ८ हजार ८९० मत ल्याउनुभयो ।
सुनवलमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।
यसअघिको निर्वाचनमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो । १३ वडा रहेको सुनवलका ७ वडा एमाले, ५ वडा नेपाली कांग्रेस र १ वडा माओवादी केन्द्रले जितेको छ ।