• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

भरतपुरको ८ वटा वडाको अन्तिम नतिजा: ६ वटामा कांग्रेस, एमाले र समाजवादी एक-एकमा विजयी


भरतपुर : भरतपुर महानगरपालिकाका आठ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । २९ वडा रहेको भरतपुरमा हालसम्म आठ वडाको अन्तिम नतिजा आएको हो ।

जस अनुसार अन्तिम नतिजा सार्वजनिक भएका ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । यस्तै नेकपा एमाले र नकपा एकीकृत समाजवादी समान एक-एक वडामा विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भरतपुर १ को वडाध्यक्षमा कांग्रेसका केशव महर्जन विजयी भएका छन् । हर्जनले तीन हजार २७७ मध्ये एक हजार ३९७ मत पाए ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका शुक्र कुमार श्रेष्ठले एक हजार ३१२ मत प्राप्त गरे । उनी महर्जन भन्दा ८५ मतले पछि पर्दै पराजित भए । वडा नम्वर १ मा चार जना एमालेबाट सदस्यमा निर्वाचित भएका छन् । एक वडा सदस्य काँग्रेसले जितेको छ ।

भरतपुर २ मा पनि कांग्रेसका मनोज रानाभाट वडाध्यक्षमा विजयी भएका छन् ।कांग्रेस उमेद्वार मनोज रानाभाटले नेकपा एमाले उमेद्वार कृष्ण केसीलाई पछाडि पार्दै वडाध्यक्षमा जित हात पारेका हुन् ।

रानाभाटले दुई हजार ९९ मत पाउँदा केसीले दुई हजार ६५ मत पाए । सदस्यहरुमा भने एमाले विजयी भएको छ ।

यस्तै भरतपुर ३ को वडाध्यक्षमा नेकपा एमालेका बिकास थापा निर्वाचित भएका छन् । थापा एक हजार ६५६ मत पाउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका भरतपुर लामिछानेले एक हजार ४९ मत मात्रै प्राप्त गरे ।

दुई जना खुल्ला वडा सदस्यमा नेपाली कांग्रेस, महिला सदस्यमा एमाले र दलित महिला सदस्यमा कांग्रेस विजयी भएको छ ।

भरतपुर ४ को वडाध्यक्षमा कांग्रेस उमेद्वार अर्पण पोखरेल विजयी भएका छन् ।पोखरेलले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेद्वार भानुभक्त सापकोटालाई फराकिलो मतान्तरले हराएका हुन् । पोख्रेलले दुई हजार ५३० मत पाउँदा सापकोटाले एक हजार ६३३ मत पाए ।
उक्त वडामा कांग्रेसको प्यानल नै विजयी भएको हो ।

भरतपुर ५ को वडाध्यक्षमा पनि कांग्रेसका युद्द श्रेष्ठले विजयी भएका छन् ।श्रेष्ठले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेद्वार पदमपाणी सुवेदीलाई हराएका हुन् । श्रेष्ठले दुई हजार ७२ मत पाउँदा सुवेदीले एक हजार ९५१ मत पाए ।

उक्त वडामा कांग्रेसले एक खुल्ला सदस्य र दलित महिला सदस्य जितेको छ । यस्तै राप्रपाले एक खुल्ला सदस्य जितेको छ भने एमालेले महिला सदस्य जितेको छ ।

भरतपुर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठसहित प्यानलै विजयी भएको छ ।श्रेष्ठ दुई हजार ७३५ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डोलनाथ अधिकारीलाई ६१८ मतान्तरले पराजित गरेका हुन् । अधिकारीले २११७ मत पाएका छन् ।

उता भरतपुर ७ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) राजेन्द्रमणि काफ्ले निर्वाचित भएका छन्। उनले नेकपा एमालेका सनत कुमार लामिछानेलाई पराजित गरेका हुन्।

काफ्लेले एक हजार ८९४ मत पाउँडा लामिछानेले एक हजार ७२२ मत पाए । उक्त वडामा कांग्रेसले एक खुल्ला सदस्यसहित महिला सदस्य र दलित महिला सदस्य पनि जितेको छ । एमालेले एक खुल्ला सदस्य जितेको छ ।

भरतपुर ८ को वडाध्यक्षमा पनि कांग्रेसकौ जीवनाथ कंडेल निर्वाचित भएका छन्। उनले नेकपा एमालेका तीलक मगर पराजित गरेका हुन्। कंडेलले २०१९ मत पाउदा एमालेका तीलक मगरले १७२६ मत पाएका छन् । उक्त वडामा कांग्रेसले एक खुल्ला सदस्य र दलित महिला सदस्य जित्दा एमालेले एक खुल्ला सदस्य र महिला सदस्य जितेको छ ।

हाल भरतपुर ९ र १० को मतगणना भइरहेको छ । भरतपुर ९ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले अग्रता लिरहेको छ भने भरतपुर १० मा कांग्रेसले अग्रता लिइरहेको छ ।

  • ८ वटा वडाको
  • अन्तिम नतिजा
  • भरतपुर
बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.