• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, मङि्सर २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • २. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

उम्मेद्वार नभएको सुर्य चिन्हमा २८ सय वढि मत


गैँडाकोट : यस पटको स्थानीय तहको निर्वाचनमा मतदातामा मतदाता शिक्षाको कमि देखियो । दलहरुबीच गठबन्धन भएका कारण मतदातालाई भोट हाल्ने सवालमा अप्ठेरो देखियो । गैँडाकोटमा गठबन्धनमा रहेका दलहरुले मतदाता शिक्षामा कम ध्यान दिँदा मतदाताले उम्मेद्वार नभएका ठाउँमा मत खसालेका छन् ।

गैँडाकोटमा नेकपा एमाले र राप्रपाबीच गठबन्धन रहेको थियो । गठबन्धनमा रहेका दलका कार्यकर्तामा मतदाता शिक्षाको कमि हुँदा उम्मेद्वार नभएको स्थानमा भोट खसालेको पाइएको  छ । नेकपा एमालेको मेयरमा उम्मेद्वारी थियो भने उपमेयरमा राप्रपाको उम्मेद्वारी थियो ।

गैँडाकोटमा उपमेयरमा सूर्य चिन्हमा उम्मेद्वार नै नभएको स्थानमा नेकपा एमालेका २ हजार ८ सय ६७ जनाले मत खसालेका छन् । सबैभन्दा धेरै मत गैँडाकोट मा १२ खसेको छ । गैँडाकोट १२ मा ४ सय ३७, गैँडाकोट ११ मा ३ सय ६१, गैँडाकोट ६ मा २ सय ७०, गैँडाकोट ५ मा २ सय ६३ मत खसेको छ । सबैभन्दा कम मत गैँडाकोट १५ मा २८ मत सूर्य चिन्हमा खसेको छ । जुन मतको कुनै अर्थ रहँदैन । गठबन्धनमा रहेको एमालेले हलो चिन्हमा मतदान गर्नुपर्नेमा एकै लाइनमा मतदान गरेको पाइएको छ । दुई पानामा चिन्ह हुँदा खोज्नु पर्ने र झण्झट भएकाले लस्करै मतदान गरेको देखिन्छ ।

एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका गठबन्धनका उम्मेद्वार तुलाराम पौडेलले ८ हजार ६ सय ४० मत मात्र प्राप्त गर्नुभयो ।

गैँडाकोट नगरप्रमुख पदमा राप्रपाको पनि उम्मेद्वारी थिएन । नगरप्रमुख पदका लागि हलो चिन्हमा पनि ९६ मत खसेको छ ।

नेकपा माओवादी केन्द्रको पनि प्रमुख र उपप्रमुख दुबैमा उम्मेद्वारी थिएन । प्रमुखको हँसिया हथौडामा कुल ७१ मत र उपप्रमुखमा १४२ मत खसेको छ ।

नेपाली काँग्रेसको पनि उम्मेद्वार नभएका सदस्य पदहरुमा मत खसेको छ ।

सधैँ एकै लाइनमा मतदान गर्दै आएका अधिकांश मतदाताहरु यस पटक गठबन्धनका कारण फरक चिन्हमा मतदान गर्नुपर्ने बाध्यताका कारण अलमलमा परेको देखिन्छ । कतिपय मतदातालाई कुन पदमा उम्मेद्वार छ छैन थाहा नभएका कारण पनि उम्मेद्वार नभएका स्थानमा मत खसेको देखिन्छ । यस्तो मत गणना भएपनि जुन मतको कुनै अर्थ भने रहँदैन ।

नगर प्रमुख उपप्रमुख पदका लागि भएको मतदानमा ३ सय ५६ मत बदर भएको छ । सबैभन्दा धेरै बदर हुने वडामा गैँडाकोट २ रहेको छ । गैँडाकोट २ मा ४२ मत बदर भएको छ । दोस्रोमा गैँडाकोट १ जहाँ ३५ मत बदर भएको छ । तेस्रोमा गैँडाकोट १८ जहाँ ३४ मत बदर भएको छ ।

 

  • २८ सय वढि मत
  • उम्मेद्वार नभएको
  • सुर्य चिन्हमा
बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • २.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

भर्खरै

  • १.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.