• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

पार्टी फुटलाई नजरअन्दाज गर्दा हेटौंडामा हल्लियो ‘लालकिल्ला’


मकवानपुर : हेटौंडा उपमहानगरपालिकाको मत परिणाम अहिले देशैभरका लागि चर्चाको विषय बनिरहेको छ । कारण हो, अनपेक्षित मत परिणाम । राजनीतिक वृत्तमा हेटौंडालाई नेकपा एमालेको ‘लाल किल्ला’को रुपमा परिभाषित गरिन्छ । तर, यसपटक त्यसो भइरहेको छैन । मत गणना सुरु भएदेखि एमाले तेस्रो स्थानमा छ । हेटौंडामा राप्रपा र नेकपा (एस) निरन्तर अघिपछि भइरहेको छ ।

 

अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेबाट हरिबहादुर महत निर्वाचित भएका थिए । अहिले हेटौंडामा सत्तारुढ गठबन्धन एउटा कित्तामा रहेका छन् । राप्रपा एक्लै छ । एमालेलाई राप्रपा नेपालको साथ छ । हेटौंडा राप्रपा नेपाल कमल थापाको गृह जिल्ला पनि हो । यस्तो अवस्थामा पनि वाग्मती प्रदेशकै एकमात्र उपमहानगरमा एमाले प्रतिस्पर्धामा नै उत्रिन नसक्नु हेटौंडाको लागि मात्रै होइन देशकै लागि अनपेक्षित विषय हो ।

 

नेकपा एमालेबाट उम्मेदवार बनेको अनन्त पौडेल लामो समयदेखि राजनीतिमा सक्रिय व्यक्ति हुन् । उनी पहिलो र दोस्रो संविधानसभामा समेत उम्मेदवार भएका थिए । दोस्रो संविधानसभामा हाल राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई पराजित गर्दै एमालेबाट पौडेल निर्वाचित भएका थिए । पौडेल हेटौंडामा प्रतिस्पर्धामै उक्लिन नसकिरहेको अवस्थामा एमालेका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टिहरु पोखिरहेका छन् । उनीहरुले कार्यकर्ताको मनोभावना बेवास्ता गर्दै पार्टी नेतृत्व एकलौटीरुपमा अगाडि बढ्न खोज्दा यस्तो परिणाम देखिएको बताइरहेका छन् ।

हाल एमालेको गढको रुपमा रहेको हेटौंडा–४ र ५ मा एमाले पछाडि परिसकेको छ । अब एमालेले कुन वडाबाट ‘कमब्याक’ गर्छ भनेर उनीहरुकै नेताले दाबी गर्न नसक्ने अवस्था छ । विशेषगरी टिकट वितरण र पार्टी फुटको असरलाई नजरअन्दाज गर्दा हालको अवस्था सिर्जना भएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात नेकपा एमाले विभाजन भयो । उक्त समयमा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल र केन्द्रीय नेता विरोध खतिवडा नेकपा (एस) तर्फ लागे । हेटौंडाकी उपमेयर पनि नेकपा (एस) मै लागिन । उनी अहिले गठबन्धनबाट मेयरकी उम्मेदवार छिन् । तिनै लामा अहिले एमालेको लागि टाउको दुखाई बनिरहेकी छिन् ।

लामालाई टिकट दिलाउन सक्रिय भूमिका खेलेका संघीय सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले सक्रिय भूमिका खेलेका थिए । खतिवडाको प्रभाव, कांग्रेस र माओवादीका साथका कारण पनि सत्तारुढ गठबन्धनको अवस्था हेटौंडामा एमालेको तुलनामा केही बलियो देखिएको छ ।

 

२०७४ को निर्वाचनमा एमालेले मेयर, उपमेयरसहित १९ वडामध्ये १२ वडा जितेको थियो । अहिले अवस्था नियाल्दा अघिल्लो निर्वाचनकै अवस्थामा एमाले फर्किने संकेत देखिँदैन । उम्मेदवारी दर्ता गरेसँगै हेटौंडामा आफूले सहजरुपमा राम्रो मतसहित विजयी हुने दाबी पौडेलको थियो । गठबन्धनलाई आफ्नो प्रतिस्पर्धी नै नमान्ने बताउँदै आएका पौडेल उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेको मतान्तर हेर्दा उनले उपमेयरको तुलनामा एकहजार मत कम पाएका छन् । यद्यपी काफ्ले गठबन्धनभन्दा करिब ४ हजार मतान्तरले पछि नै छिन् ।

नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पार्टीको आन्तरिक कारण नभएर गठबन्धनका कारण यस्तो अवस्था आएको दाबी गर्छन् । चुनावको मिति घोषणा हुँदा उनै श्रेष्ठले पार्टी फुटको असर नपर्ने पटकपटक दाबी गर्दै आएका थिए ।

हेटौंडामा राप्रपाको पनि पुरानो जनमत भएको स्थान हो । कुनै समय राप्रपा दोस्रो दलको रुपमा यहाँ रहेको थियो । राप्रपाका उम्मेदवार सिंह तेस्रो पटक चुनावी मैदानमा छन् । जसका कारण पनि उनले ‘पपुलर मत’ प्राप्त गर्नुलाई अस्वभाविक मान्न सकिँदैन ।

जारी मतगणना हेर्दा एमालेका कार्यकर्ताले पनि अन्य चिह्नमा मतदान गरेको देखिन्छ । उनीहरुले बढी राप्रपालाई मतदान गरेको देखिन्छ । जारी मतगणना भइरहेको वडामा एमालेले अग्रता नलिएको खण्डमा पहिलो पटक हेटौंडामा एमालेको हातबाट नफुत्किएला भन्ने सकिन्न ।

  • ‘लालकिल्ला’
  • नजरअन्दाज गर्दा
  • पार्टी फुटलाई
  • हेटौंडामा हल्लियो
बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.