• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • २. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ७. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

पार्टी फुटलाई नजरअन्दाज गर्दा हेटौंडामा हल्लियो ‘लालकिल्ला’


मकवानपुर : हेटौंडा उपमहानगरपालिकाको मत परिणाम अहिले देशैभरका लागि चर्चाको विषय बनिरहेको छ । कारण हो, अनपेक्षित मत परिणाम । राजनीतिक वृत्तमा हेटौंडालाई नेकपा एमालेको ‘लाल किल्ला’को रुपमा परिभाषित गरिन्छ । तर, यसपटक त्यसो भइरहेको छैन । मत गणना सुरु भएदेखि एमाले तेस्रो स्थानमा छ । हेटौंडामा राप्रपा र नेकपा (एस) निरन्तर अघिपछि भइरहेको छ ।

 

अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेबाट हरिबहादुर महत निर्वाचित भएका थिए । अहिले हेटौंडामा सत्तारुढ गठबन्धन एउटा कित्तामा रहेका छन् । राप्रपा एक्लै छ । एमालेलाई राप्रपा नेपालको साथ छ । हेटौंडा राप्रपा नेपाल कमल थापाको गृह जिल्ला पनि हो । यस्तो अवस्थामा पनि वाग्मती प्रदेशकै एकमात्र उपमहानगरमा एमाले प्रतिस्पर्धामा नै उत्रिन नसक्नु हेटौंडाको लागि मात्रै होइन देशकै लागि अनपेक्षित विषय हो ।

 

नेकपा एमालेबाट उम्मेदवार बनेको अनन्त पौडेल लामो समयदेखि राजनीतिमा सक्रिय व्यक्ति हुन् । उनी पहिलो र दोस्रो संविधानसभामा समेत उम्मेदवार भएका थिए । दोस्रो संविधानसभामा हाल राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई पराजित गर्दै एमालेबाट पौडेल निर्वाचित भएका थिए । पौडेल हेटौंडामा प्रतिस्पर्धामै उक्लिन नसकिरहेको अवस्थामा एमालेका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टिहरु पोखिरहेका छन् । उनीहरुले कार्यकर्ताको मनोभावना बेवास्ता गर्दै पार्टी नेतृत्व एकलौटीरुपमा अगाडि बढ्न खोज्दा यस्तो परिणाम देखिएको बताइरहेका छन् ।

हाल एमालेको गढको रुपमा रहेको हेटौंडा–४ र ५ मा एमाले पछाडि परिसकेको छ । अब एमालेले कुन वडाबाट ‘कमब्याक’ गर्छ भनेर उनीहरुकै नेताले दाबी गर्न नसक्ने अवस्था छ । विशेषगरी टिकट वितरण र पार्टी फुटको असरलाई नजरअन्दाज गर्दा हालको अवस्था सिर्जना भएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात नेकपा एमाले विभाजन भयो । उक्त समयमा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल र केन्द्रीय नेता विरोध खतिवडा नेकपा (एस) तर्फ लागे । हेटौंडाकी उपमेयर पनि नेकपा (एस) मै लागिन । उनी अहिले गठबन्धनबाट मेयरकी उम्मेदवार छिन् । तिनै लामा अहिले एमालेको लागि टाउको दुखाई बनिरहेकी छिन् ।

लामालाई टिकट दिलाउन सक्रिय भूमिका खेलेका संघीय सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले सक्रिय भूमिका खेलेका थिए । खतिवडाको प्रभाव, कांग्रेस र माओवादीका साथका कारण पनि सत्तारुढ गठबन्धनको अवस्था हेटौंडामा एमालेको तुलनामा केही बलियो देखिएको छ ।

 

२०७४ को निर्वाचनमा एमालेले मेयर, उपमेयरसहित १९ वडामध्ये १२ वडा जितेको थियो । अहिले अवस्था नियाल्दा अघिल्लो निर्वाचनकै अवस्थामा एमाले फर्किने संकेत देखिँदैन । उम्मेदवारी दर्ता गरेसँगै हेटौंडामा आफूले सहजरुपमा राम्रो मतसहित विजयी हुने दाबी पौडेलको थियो । गठबन्धनलाई आफ्नो प्रतिस्पर्धी नै नमान्ने बताउँदै आएका पौडेल उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेको मतान्तर हेर्दा उनले उपमेयरको तुलनामा एकहजार मत कम पाएका छन् । यद्यपी काफ्ले गठबन्धनभन्दा करिब ४ हजार मतान्तरले पछि नै छिन् ।

नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पार्टीको आन्तरिक कारण नभएर गठबन्धनका कारण यस्तो अवस्था आएको दाबी गर्छन् । चुनावको मिति घोषणा हुँदा उनै श्रेष्ठले पार्टी फुटको असर नपर्ने पटकपटक दाबी गर्दै आएका थिए ।

हेटौंडामा राप्रपाको पनि पुरानो जनमत भएको स्थान हो । कुनै समय राप्रपा दोस्रो दलको रुपमा यहाँ रहेको थियो । राप्रपाका उम्मेदवार सिंह तेस्रो पटक चुनावी मैदानमा छन् । जसका कारण पनि उनले ‘पपुलर मत’ प्राप्त गर्नुलाई अस्वभाविक मान्न सकिँदैन ।

जारी मतगणना हेर्दा एमालेका कार्यकर्ताले पनि अन्य चिह्नमा मतदान गरेको देखिन्छ । उनीहरुले बढी राप्रपालाई मतदान गरेको देखिन्छ । जारी मतगणना भइरहेको वडामा एमालेले अग्रता नलिएको खण्डमा पहिलो पटक हेटौंडामा एमालेको हातबाट नफुत्किएला भन्ने सकिन्न ।

  • ‘लालकिल्ला’
  • नजरअन्दाज गर्दा
  • पार्टी फुटलाई
  • हेटौंडामा हल्लियो
बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो
मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

लोकप्रिय

  • १.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • २.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.