जेठ ३ , चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।उनले नेकपा एमालेका विजय सुवेदीलाई ३७३ मतले पछि पारेकी छन्।अहिले सम्म ५ वटा वार्डको २१ हजार ८६० मत गणना सकिएको छ ।गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ७ हजार ४७१ मत पाएकी छन् ।
नेकपा एमालेका विजय सुवेदीले ७ हजार ९८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ६०३ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ९ हजार ३२ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार ८६९ मत प्राप्त गरेकी छन् ।
अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ ४ र ५ गरेर ४ वटा वार्ड जितेको छ भने एमालेले वडा न. ३ जितेको छ ।