गैँडाकोट : निर्वाचन अधिकृतको कार्यालय गैडाकोट नगरपालिकामा खटिएकी निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले सामाजिक सञ्जाल मार्फत पत्रकारहरुलाई तुच्छ शब्दले इंगित गरि गालि गरेकी छन् । सो घटना प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपुरको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उनले पत्रकारलाई अपहेलना गर्दै कुकुरको संज्ञा दिएकि हुन् ।
महासंघ नवलपुर शाखाले एक प्रेस विज्ञप्ति नै जारी गरी स्थानीय तहको निर्वाचन २०७९ लाई सफल बनाउन जनतालाई सहि सुचना दिन दिनरात नभनि आफ्नो कार्यमा खटिने पत्रकारहरुको मानमर्दन हुने गरि गरिएको उक्त कृयाकलापको घोर निन्द्रा र भत्सना गरेको छ ।
नेपाल सरकारको जिम्मेवार निकायमा कार्यरत सार्वजनिक पदधारण गरेको व्यक्तिवाट भएको यस्तो किसिमको कृयाकलाप प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा मौन वस्न नसक्ने स्पष्ट पार्दै यस्ता कार्य तत्काल रोक्न अनुरोध समेत गरेको छ ।