रसुवा : रसुवाको गोसाईकुण्ड गाउँपालिका १ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।
नेकपा एमालेका उर्केन छिरिङ तामाङले ३ सय ९५ मत ल्याएर विजयी भए ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मा तामाङले ३ सय ६५ मत ल्याए ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका १ को वडा सदस्यमा दिलमान तामाङ, कैसाङ तामाङ र महिला सदस्यमा कार्मु तामाङनी विजयी भएका छन् ।