काठमाडौं : नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाका लागि मेयरको उम्मेदवार केशव स्थापितले कार्यक्रम प्रस्तोता भावना राउतले गरेको प्रश्नमा ‘तपाईंको फेस नाइस छ तर थुतुनो भएन’ भनेपछि कार्यक्रममा विवाद भएका छन् ।
बिहीबार नेसनल-कलेजमा भएको एक अन्तक्रिया कार्यक्रममा राउतले मीटु आरोपबारे प्रश्न सोध्दा स्थापितले आपत्तिजनक अभिव्यक्ति दिएका हुन ।
पुर्व दुई महिला कर्मचारीले यौन दुर्ववहार गरेको आरोप लगाएपछि स्थापित माथि यौन दुराचारको आरोप लाग्दै आइरहेका छन् । उनलाई महिला कर्मचारीले यौन प्रस्ताव स्वीकार नगर्दा जागिर चैट बनाएको चर्चा चलेको थियो ।
स्थापितको नाम मेयरमा आउने बित्तिकै उनिसंग जोडिएका विवाद पुन बाहिर आएको हो । यी आरोपले हैरान बन्दै आएको स्थापितलाई नेसनल कलेजको अन्तरक्रिया कार्यक्रममा मीटू आरोप गलत भएको कुरा प्रमाणित गरेरै छाड्ने दाबीलाई लक्षित गर्दै राउतले ‘ निर्दोष छु भनेर कि प्रमाणित गर्नुस् अथवा प्रमाणित गर्नसक्नुहुन्न भने तपाईं यो ठाउमा बस्ने नैतिकता राख्नुहुन्छ ? भनेर प्रश्न गरेका थिए ।