काठमाण्डाै : काठमाण्डौको कलङ्कीमा कार अनियन्त्रित भएर मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिँदा सात जना घाइते भएका छन् ।
अनियन्त्रित भएको बा ५ च ५४४० नम्बरको कारले गुडिरहेको बा ७८ प ६५०४ नम्बरको मोटरसाइकल र रोकिराखेको वाग्मती प्रदेश ०२० ३० प २६८७ नम्बरको स्कुटरलाई ठक्कर दिएर फेरि पैदलयात्रीलाई पनि ठक्कर दिएको हो ।
कारको ठक्करबाट पाँच जना पैदलयात्री, मोटरसाइकलका चालक र कारका चालक गरी सात जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ६ जनाको शहीद मेमोरियल अस्पताल र एक जनाको बयोधा अस्पतालमा उपचार भइरहेकाे ट्राफिक प्रहरीले जनाएको छ ।