×
बुधबार, असार ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ८. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ९. धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • १०. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

शारीरिक सम्पर्कका लागि कसरी उत्तेजना बढाउने ? यस्तो छ डाक्टरको भनाइ !


यदि आफूमा यौन डिजायर उत्पन्न भएन भने के गर्नुहुन्छ ? यस्तो स्थितिमा आफ्नो पार्टनर त निराश हुन्छ नै, त्यसका साथै आफैंमा पनि हीनतावोध उत्पन्न हुनसक्छ । अझ लामो समय सेक्स डिजायर जागेन भने आपसी सम्बन्धमै दरार सिर्जना हुन सक्छ । त्यस्तै पार्टनरमा सेक्स डिजायर फिटिक्कै उत्पन्न भएन भने के गर्र्ने ? अन्तै जाने वा निराश भएर बस्ने ? यो गम्भीर कुरा हो ।

पार्टनरमध्ये कुनै एकमा अधिक सेक्स डिजायर हुनु र अर्काेमा फिटिक्कै नभएको अवस्था सिर्जना भयो भने सम्बन्ध कस्तो होला ? अझ लामो समयसम्म यस्तो अवस्था कायम रह्यो भने त सम्बन्धमै तुषारापात हुनसक्छ । एक अध्ययनले सेक्स डिजायर नभएकै कारण अमेरिकामा ४ लाखभन्दा बढी नागरिकले वर्षमा १० पटकभन्दा कम सेक्स गरेको पाइयो । नेपालमा बढ्दो सम्बन्ध–विच्छेदको एउटा ठूलो कारक बनिरहेको यौन असन्तुष्टि पनि यसकै रूप हो ।

एक्लोपनबाट टाढा – एक अध्ययनअनुसार एक्लोपनका कारण अधिकांशमा सेक्स डिजायरभन्दा पनि नैराश्यता छाउ“छ । त्यस कारण सकभर पार्टनरसंग सधैं संगै बसे केही हदसम्म सेक्स डिजायर बढ्न सक्छ । विविध कारणले एक्लो बस्न बाध्य भएकाहरूको सेक्स डिजायर सुरुमा बढे पनि बिस्तारै घट्दै जाने अध्ययनले देखाएको छ । त्यसैले बाध्यतावशः एक्लो बस्नुपरे पनि नियमित सम्पर्कमा रहने प्रयास गर्नुपर्छ । एक अध्ययन प्रतिवेदनअनुसार लामो समय बाहिर बस्नुपर्दा पार्टनरसंग इन्टरनेट वा फोन सेक्स पनि गर्न सकिन्छ ।

अधिक व्यस्तता – अधिक व्यस्तताका कारण पनि सेक्स डिजायरमा कमी आउन सक्छ । बढी व्यस्तताले शारीरिक मात्र होइन, यौनजीवनमा पनि असर पु¥याउछ । अत्यधिक व्यस्तताले थकान निम्त्याउछ जसले सेक्स जीवनमा प्रभाव पार्छ । थकाइ लागेका बखत मनतातो पानी, मन पर्ने खानेकुरा लिएर पार्टनरसगै शान्त कोठामा बसेर प्रेमपूर्ण वार्तालाप गर्दा डिजायर बढने विभिन्न अध्ययनले देखाएका छन् ।

सेक्सी बेड – अचेल बेडलाई पनि विभिन्न कोणबाट आकर्षक बनाउने चलन छ । श्रीमान÷श्रीमती सुत्ने बेडलाई सकभर सेक्सी बनाउने फेसन छ । यसले पनि सेक्स डिजायर बढाउन मद्दत गर्छ । विभिन्न सामान थुपारेर बेडलाई गज्याङगुजुङ पार्नु हुदैन । यसो गर्दा दम्पतीमा नैराश्यता र अल्छीपन छाउन सक्छ ।

बेडलाई सकभर दुवैको चाहना अनुसार आकर्षक बनाउनुपर्छ । बेड नजिकै ल्यापटप, कम्प्युटर, पेपरजस्ता कुरा राख्नु हुदैन। व्यस्तता र समयको सदुपयोग गर्ने धुनमा बेडमै बसेर काम गर्ने चलन पनि बढेको छ, वास्तवमा यो राम्रो होइन । बेडमा पार्टनरसग रोमान्सका लागि आवश्यक सामग्रीहरू सुरक्षित राख्नुपर्छ । बेडमा सामान थुपार्नु हुदैन । हेर्दै चिटिक्क, आकर्षक, सफा र लुटुपुटु गरौं जस्तो बेड बनाउनुपर्छ । यसले पनि सेक्स डिजायर बढाउन सक्छ ।

से,क्स टुल्स –दुवै जना शारीरिक सम्पर्कका लागि आतुर छन, तर साथमा कन्डम लगायत आवश्यक सामग्री छैनन् भने कस्तो महसुस हुन्छ ? गर्भ निरोधक औषधी, सेक्स ड्राइभ, अन्य औषधी, सेक्स पावर औषधी, कपडा आदिको सही व्यवस्था पनि अत्यावश्यक छ । यस्ता सेक्स टुल्सहरू सुरक्षित राख्नुपर्छ, जसले झन्झटबाट मुक्ति मिल्छ ।

भ्रमबाट मुक्त – कतिपय महिला वा पुरुषमा आफ्नो जीवन साथीलाई पूर्ण रूपमा सन्तुष्टि दिन सकिदैन कि भन्ने डर पाइन्छ । आत्मविश्वासमा कमी हुदा पनि पूर्ण रूपमा यौन सन्तुष्टि मिल्दैन । त्यस कारण सानैदेखि मनमा जरा गाडेका भ्रमहरूका बारेमा पुनः विचार गरी विशेषज्ञसग सल्लाह लिई आत्मविश्वास बलियो बनाउन सक्नुपर्छ । पुरुषभन्दा महिलाहरूको मनमा सानैदेखि अनेक भ्रम हुन्छ । पूर्वीय परम्परामा हुर्किएका अधिकांश नेपाली अझै पनि सम्पर्कप्रती त्यति खुल्न सकेका छैनन ।

अर्काे कुरा सम्पर्कप्रती सानैदेखि नकारात्मक धारणा भिराइएको हुन्छ जसले गर्दा ठूलो भैसक्दा पनि मनबाट उक्त भ्रम मेटिन सकेको हुदैन । यौनलाई फोहोरी, पुरुषलाई मात्र चाहिने, यौनजिज्ञासा राख्दा छाडा ठहरिनेजस्ता थुप्रै भ्रमपूर्ण कुराले धेरैको मनमा डेरा जमाइरहेको हुन्छ । यस्तो भ्रमित मानसिकता भए यौनतृष्णा मेट्न सकिदैन ।

यस्तो मानसिकता हुदा न पार्टनरलाई भरपुर सन्तुष्टि दिन सकिन्छ न त आफ्नो प्यास नै मेटिन्छ तसर्थ यस्तो मानसिकता परिवर्तन गरिनुपर्छ जसले यौन जीवनलाई थप ऊर्जामय बनाउन सघाउ पु¥याउछ र जीवनसाथीसग खुलस्त यौनसम्बन्ध अघि बढाउन मद्दत पुग्छ ।

शरीरप्रतिको वितृष्णा – कतिपय महिला वा पुरुष आफ्नो शारिरिक अवस्था हेरेर यौनलाई आँकलन गर्छन । यति मात्र होइन, पार्टनरको शरीरको स्ट्रक्चर हेरेर यौनक्षमता र सन्तुष्टिको मूल्यांकन गर्छन् । वास्तवमा यो शतप्रतिशत सही होइन । केही सीमित व्यक्तिमा लागू भए पनि सबैमा यो नियम लागू हुदैन । बाहिर सेक्सी देखिदैमा भित्र पनि उत्तिक्कै सेक्सी होलान् भन्न सकिदैन । अर्काे कुरा शरीरको कद, उचाइ, तौल, मोटाइ तथा बनावटका आधारमा सेक्सलाई मापन गर्न मिल्दैन ।

सबै ह्यान्डसम पुरूषले चरम सन्तुष्टि दिन सक्छन् भन्ने हुदैन । होचा पुड्का हुदैमा सन्तुष्टि दिन सक्दैनन् भन्न पनि मिल्दैन । यौन सन्तुष्टि भन्ने कुरा शारीरिकसगै मानसिक, बोली, आसन एवं व्यवहारमा निर्भर हुने कुरा हो । त्यस्तै सेक्सी अंगको मामिलामा पनि कतिपयले आफूलाई गिराएको पाइन्छ, हरेक व्यक्तिको आखामा सेक्सी अंग भिन्न–भिन्न हुन सक्छ । त्यसकारण पनि मनोभावनामा चोट पुग्ने गरी आफ्नो शरीरप्रति वितृष्णा राख्नु हुदैन । त्यसले यौनजीवनमा नकारात्मक असर पुग्न सक्छ तसर्थ आफ्नो शरीरप्रति पूर्ण सन्तुष्ट हुन सक्नुपर्छ

ध्यानमग्न – पार्टनरसग सम्पर्कको अवस्थामा अन्य विविध कुरामा मन डुलाउनु हुदैन । बालबच्चा, घरपरिवार, कमाइ, जागिर इत्यादि विषयमा ध्यान केन्द्रित गर्दा सेक्सप्रति मन एकत्रित हुदैन, जसले पार्टनरलाई त सुख मिल्दैन नै, आफूलाई पनि चरमसुख मिल्दैन । त्यसैले सम्पर्कका बेला ध्यान अन्त मोड्नु हुदैन ।

सन्तुष्टि प्राप्तिका लागि यौनसंसर्गमै ध्यान केन्द्रित गर्नुपर्छ । यसले यौनांगहरूको चाल तथा क्रियाशीलतामा समेत वृद्धि गर्छ । पीडाबाट जोगिन यौनसम्पर्क नै नगर्नेहरू पनि हुन्छन् । यो उपयुक्त विकल्प होइन । सामान्य पीडाले सेक्सलाई चरम अवस्थामा पु¥याउने यौनविज्ञहरू बताउछन् । पूर्ण सन्तुष्टिका लागि सामान्य पीडा अत्यावश्यक रहेको उनीहरूको भनाइ छ, तर असामान्य पीडा छ भने उपचारतर्फ लाग्नुपर्छ ।

अभिनय

यौन क्रीडामा कहिलेकाहीं अभिनयले पनि सकारात्मक नतिजा दिन्छ । सम्पर्कको केही समयमै चरम सन्तुष्टिको अभिनय गर्दा आफ्नो पार्टनरको मनमा चरम सन्तुष्टि दिएको अनुभव हुन्छ र ऊ यौनक्रिडाका लागि तयार हुन्छ । अर्काे कुरा चरम अवस्थामा पुगेको कुरा गर्दा पार्टनर पनि यौनक्रीडामा अधिक जोड दिन थाल्छ र दुवैलाई सन्तुष्टि मिल्छ । यसले एक–अर्कामा सेक्स डिजायर वृद्धि गर्न सहयोग पुग्छ ।

फोरप्ले

फोरप्लेलाई सेक्स स्याटिस्फ्याक्सनको आधारभूततत्वका रूपमा लिइन्छ । यो बिनाको सेक्स नुनबिनाको तरकारी वा अझ भनौं बलत्कारसरह नै हुन्छ । निरन्तर फोरप्लेबिना सेक्स भए बिस्तारै सेक्स डिजायर घट्ने सम्भावना रहन्छ तसर्थ यौनक्रिडामा पुग्नुपहिले प्रशस्त फोरप्ले अत्यावश्यक छ । यसले चरम सन्तुष्टि रूपमा मात्र दिदैन, सम्बन्धमै निकटता ल्याउछ । फोरप्लेअन्तर्गत शारीरिक छामछुम, रोमाञ्चक र सेक्सुयल वार्तालाप, प्रेमका कुरा, यौनसग सम्वन्धित अन्य तथ्य र कथनहरू, सेक्सी शब्द इत्यादिको प्रयोग पनि पर्छ । फोरप्लेले शारीरिक, मानसिक एवं संवेगात्मक रूपमा सेक्सका लागि तयार बनाउछ । खानामा अचारको भन्दा बढी महत्व हुन्छ सेक्समा फोरप्लेको ।

उत्प्रेरकको पहिचान

सेक्सका रमाउदा कुन कुराले आफ्नो पार्टनरको सेक्स डिजायर बढ्छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । वार्तालाप, व्यवहार, तर्क, तथ्य, उदाहरण, शब्द, म्युजिक, हेराई आदि कुराले सेक्स डिजायर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । यस्ता कुराले उत्प्रेरकको भूमिका निर्वाह गरेको हुन्छ ।

पार्टनरको शारिरिक छामछुम, बोली–व्यवहार, सेक्सी हेराइ, सेक्ससम्बन्धी शब्दहरूको प्रयोगले पनि डिजायर ह्वात्तै बढ्ने गरेको बताइन्छ, तर यस्ता शब्द प्रयोग गर्दा भने निकै सावधानी अपनाउनुपर्छ । अर्काे कुरा आफ्नो पार्टनरको उत्तेजित अंग कुन हो भन्ने कुरा पत्ता लगाउनु पनि महत्वपूर्ण हुन्छ । महिला वा पुरुष दुवैमा मानिसअनुसार यस्ता अंगहरू फरक हुने भए पनि विशेषतः कान, आखा, हात, गाला, ओठ, पाइताला, यौनांग, पाखुरा, घा“टीलाई मुख्य रूपमा उत्प्रेरित अंगका रूपमा लिइन्छ ।

ड्रेसअप

सेक्स डिजायर अभिवृद्धिको अर्काे महत्वपूर्ण तत्व हो– ड्रेसअप । आफ्नो पहिरनले पार्टनरको सेक्स डिजायर बढाइरहेको हुन्छ । त्यसकारण बेड अथवा यौनक्रीडामा रम्ने भावना उब्जिदा त्यस्ता ड्रेस प्रयोग गर्न सकिन्छ, जसले पार्टनरलाई मौखिक आग्रह गरिरहन आवश्यक हुदैन । सधैं एउटै ड्रेस प्रयोग गर्नु भने राम्रो मानिदैन । आफ्नो ड्रेसप्रति साथीको प्रतिक्रिया हेरेर मात्र कस्तो खालको ड्रेस प्रयोग गर्ने भन्ने निर्णय गर्नुपर्ने हुन्छ ।

बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • २.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ३.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ४.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ५.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ७.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ८.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.