×
सोमबार, असार ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • ७. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ८. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ९. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

  • १०. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

प्रधानमन्त्रीद्वारा देशकै दोस्रो सबस्टेशनको उद्घाटन


काठमाडौँ  : प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको आज एक समारोहबीच उद्घाटन गर्नुभएको छ।

रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ केभी क्षमताको सबस्टेशन प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो ।

सबस्टेशन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले नै निर्र्माण गरेको सबस्टेशन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सबस्टेशन हो ।

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने नयाँ खिम्ती सबस्टेशनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति थियो ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सबस्टेशनमा जोडिएको छ ।

माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखू चौथो र २४.२ मेगावाट क्षमताको लिखू खोला ‘ए’ बाट उत्पादित विद्युत् यही सबस्टेशनमा जोडिएको छ ।

त्यस्तै, नयाँ खिम्ती सबस्टेशनमा जोडिएको विद्युत् ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केबरस्थित ४००/२२०/१३२ केभी सबस्टेशनमा लगिएको छ ।

ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ ।

नयाँ खिम्ती सबस्टेशनबाट ४६ किमी लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघुस्थित १३२ के.भी. सबस्टेशन हुँदै काठमाडौँ उपत्यकासहित नेपालको राष्ट्रिय विद्युत् प्रणालीमा विद्युत् प्रवाह भइरहेको छ ।

नयाँ खिम्ति सबस्टेशनमा आठवटा २२० केभी ग्यास इन्सुलेटेट स्विचगियर बे र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्विचगियर बे छन् ।

साथै, सबस्टेशनमा २२०/१३२ के.भी., ३३.३३ एमभिए क्षमताको चारवटा पावर ट्रान्सफर्मरहरु जडान गरिएको छ । करिब १३७ रोपनी क्षेत्रफल रहेको सबस्टेशनमा हाल करिब ५५ रोपनीमा २२०/१३२ केभी नयाँ खिम्ती सबस्टेशन निर्माण भएको छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष घिसिङले अनेकौँ कठिनाइ बेहोर्दै माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएको र यसबाट जलविद्युत् र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धि प्राप्त भएको बताउनुभयो ।

उहाँले यस आयोजनाको सफलताबाट भविष्यमा यस्तै ठूला आयोजनाहरू स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्ने सकिने अनुभव, आँट र दक्षता प्राप्त भएको उल्लेख गर्नुभयो ।

दैनिक पिकिङ प्रकारको माथिल्लो तामाकोसीले सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टासम्म पूर्ण क्षमतामा अर्थात् ४५६ मेगावाट विद्युत् उत्पादन गरी नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीलाई ठूलो मद्दत पु¥याइरहको छ ।

वार्षिक दुई अर्ब २८ करोड युनिट विद्युत् उत्पादन हुने आयोजनाले दोस्रो चरणमा २० मेगावाटको रोल्वालिङ खोला निर्माण गर्दैछ ।

रोल्वालिङ खोलालाई माथिल्लो तामाकोसीमा मिसाएर सुक्खायाममा करिब २२ करोड युनिट र २० मेगावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट विद्युत् ऊर्जा थप हुनेछ ।

उपभोक्तालाई सस्तो बिजुली उपलब्ध गर्ने उद्देश्यसहित निर्माण भएको माथिल्लो तामाकोसीको प्रतियुनिट औसत ४.०६ रुपैयाँ विद्युत् खरीद बिक्री दर रहेको छ ।

यसबाट आम उपभोक्ताले सस्तो दरको बिजुली पाउने प्रत्याभूति हुनाका साथै प्राधिकरणको वित्तीय अवस्थामा समेत उल्लेख्य सुधारको अपेक्षा गरिएको छ ।

माथिल्लो तामाकोसीको सञ्चालनपछि हाल बिहान र साँझको पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युत्को परिमाणमा करिब आधाभन्दा बढी घटेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युत्को खरिद दर यस हिउँदमा रु ३२ प्रतियुनिटसम्म पुगेको अवस्थामा तामाकोसीको विद्युत् खरिद दर यो वर्ष अधिकतम रु ६.९६ मात्र रहेकाले देशको ठूलो धनराशि विदेश जानबाट रोकिएको छ ।”

पछिल्ला दिनमा सरकारले जलविद्युत् आयोजनाको निर्माणसँगै प्रसारण प्रणाली र सबस्टेशन निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ । देशभित्र उत्पादित बिजुली देशभित्रै खपत गराउने उद्देश्यका साथ सरकारले अनेकन प्रयास गरिरहेको छ ।

देशभित्र हाल ४०० केभी क्षमताको ढल्केबर सबस्टेशन निर्माणपछि सञ्चालनमा आइसकेको छ । सोही क्रममा देशकै अर्को दोस्रो ठूलो सबस्टेशन उद्घाटन भई सञ्चालनमा आएको हो ।

विसं २०७५ देखि निर्माण सुरु भएको सो सबस्टेशन गत असारमा निर्माण सम्पन्न भएको हो । सुरुआती लागत रु एक अर्ब ५० करोड बराबर भएपछि प्राकृतिक विपत्ति, कोरोना त्रास लगायतका अन्य कारणले गर्दा थप केही ‘भेरियशन’ भएको थियो ।

रामेछाप, दोलखालगायत जिल्लामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले सो सबस्टेशन प्राधिकरणको भाषामा हब सबस्टेशनका रूपमा विकास हुनेछ । गत साउनको अन्तिम साता सो सबस्टेशन चार्ज गरिएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसीको बिजुली देशभर उपलब्ध गराउनका लागि महत्वपूर्ण मानिएको सो सबस्टेशनको सञ्चालनपछि बिजुली प्रवाहमा थप सहजता उत्पन्न हुने विश्वास प्राधिकरणको छ । माथिल्लो तामाकोसीको झन्डै एक अर्ब युनिट बिजुली सोही सबस्टेशन भएर प्रवाह भइसकेको छ ।

सरकारको विशेष चासोका साथ मार्गदर्शन, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नियमित अनुगमनपछि आयोजना सम्पन्न भएको न्यू खिम्ती सबस्टेशनका कर्मचारीको भनाइ छ । केही दिनअघि मात्रै ऊर्जामन्त्री भुसालले सर्लाहीको लालबन्दीमा निर्माण सम्पन्न भएको १२२/३३ केभी सबस्टेशनको उद्घाटन गर्नुभएको थियो ।

यस्तै, न्यू बुटवल–बर्दघाट २२०/१३२ केभी सबस्टेशन र मोतिपुर सबस्टेशनको समेत उद्घाटन भइसकेको छ । यसबाट पनि वर्तमान सरकारले ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान र चासो दिएको स्पष्ट हुन जाने ऊर्जा मन्त्रालयको भनाइ छ ।

(रासस)

  • उद्घाटन
  • दोस्रो सबस्टेशनको
  • प्रधानमन्त्रीद्वारा देशकै
शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते
धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद
गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै
नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान
गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु
WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

भर्खरै

  • १.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • २.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ३.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४.
    नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

  • ५.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ६.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.