• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हामीमाथि अझै लाञ्छना लाग्छ, तर बोल्न नछोडौं : हामी नारी


आफूमाथि भएको शोषणबारे बोल्दा सबैभन्दा पहिले हाम्रो ‘चरित्र’माथि प्रश्न बर्सिन सक्छन्, अनेकन् लाञ्छनाले झन् कमजोर बनाउन सक्छ । तर यसपालि नबोली भएको छैन ।

हरेक साँझ प्रौढ शिक्षा पढाएर फर्किएपछि मेरी आमा लालटिनको धीमा उज्यालोमा केही न केही लेख्थिन् । आमाले लेखेका कुरा भोलि उठेर पढ्छु भनेर गम्दागम्दै आमाकै खोकिलामा भुसुक्कै निदाउँथें म । तर भोलिपल्ट आमाको कापी मैले भेट्दिनथें । उनको मनमा केही न केही पीडा छ भन्ने जानेरै हो, संभवतः मैले आमालाई के लेख्नुभयो भनेर उतिखेर कहिल्यै सोधिनँ ।

एकदिन कापीका सिधा रेखामुनि जसै आमाका बाङ्गाटिंगा अक्षर देखें, म रोएँ । स्कुलमा गृहकार्य नगर्दा सरले पिटेर, घरमा भनेको नमान्दा दाइले पिटेर, खेल्दाखेल्दै कुरा नमिल्दा साथीले पिटेर बाहेक मैले सम्झेसम्म केही पढेर रोएको त्यो नै पहिलो घटना थियो ।

 

‘एक हलको गोरु दुइटा पो हुन्छन्, तीनवटा त हुँदैनन्’ आमाको त्यस डायरीबाट मैले आजसम्म नबिर्सेको वाक्य भने यति मात्रै हो । आमाले यो किन लेखिन् ? आजसम्म मलाई भनेकी छैनन् । आज पनि मेरी आमा बाँचेको दुनियाँको सिद्धान्तले भन्छ- ‘मनको बह कसैलाई नकह ।’

भर्खरै पाँच कक्षाको परीक्षा सकेर बसेकी म १० वर्षकी बच्चीलाई आमाको अक्षरले बोलेको पीडा सम्भवतः त्यसअघि खाएका पिटाइहभन्दा गहिरो गरी दुख्यो ।

 

एकदिन बारीमा आलु खन्दाखन्दै मैले आमालाई डायरीबारे सोधें पनि । हामी आमाछोरीका बीचमा भएको त्यो गन्थनमन्थनको सार थियो, आफ्नो पीडा कसैलाई भन्न हुन्न । ‘जोरीपारी हाँस्छन् छोरी !’ आमाले बारम्बार भनिन् ।

आज मलाई लागेको छ, सहनशील हुनु समस्याको समाधान निकाल्नु होइन, समस्याबाट भाग्नुमात्रै हो । समस्या फेरि भेटिन्छ, फेरि लखेट्छ ।

मान्छेका दुःख देखेर हाँस्ने ‘जोरीपारी’ म आफैंले निकै पछि भोगें तर सिक्नचाहिं आफ्नो पीडा कसैलाई भन्न हुन्न भन्ने त्यतिखेरै सिकें जतिखेर म १० वर्षकी थिएँ । त्यसपछि उमेर बढ्दै जाँदा आमाको काखमा सुत्ने दिनहरू सकिदै गए । आमाले लेख्ने डायरी पल्टाउने चाहना हराउँदै गए । तर जति दुःख भए पनि, जति यातना सहनुपरे पनि चुपचाप बस्नुपर्छ भन्ने आमाको भनाइ ‘दिव्योपदेश’ सरह नै भयो । अनि म टाउको माथि पीडाको पहाडै खसे पनि बरु थेग्न तयार भएँ, बोल्न तयार भइनँ ।

चित्त नबुझेका विषयमा बोल्न मन हुँदा बरु ऐना हेरेर आफैंसित कुरा गर्न थालें तर मान्छे, छरछिमेकी, आफन्त र मान्यजनलाई कहिल्यै चिढ्याइनँ ।

परिस्थितिले मलाई ज्ञानी त बनायो, हक्की बनाउन सकेन । सुन्दर भविष्यको उडान भर्न पखेटा हाल्दै गर्दा समयको वेगले यसरी हुत्यायो कि म १३ वर्ष नपुग्दै घर छोडेर हिंड्नुपर्‍यो । आमाबुवाको छत्रछायाँबाट टाढा रहनुपर्‍यो । कहिले पढ्न, कहिले जागिर खान चितवन र काठमाडौंका सडक नाप्दै गर्दा मलाई सबैभन्दा धेरै केही कुराले पोल्यो भने यही कुराले पोल्यो कि पीडा देखाउँदा जोरीपारी हाँस्छन् । आफूमाथि भइरहेको गलत व्यवहारबारे आवाज उठाउँदा दबाउन खोज्नेहरुको जुलुसै लाग्छ । हामीले सहनशील बन्नुपर्छ भन्ने सामाजिक मान्यताले बनाएको मानक भत्काउन मलाई न हिजो सहज थियो, न आज ।

खान लगाउनकै लागि संघर्ष गर्नुपरेन, आफ्नो ठाउँमा छ तर हुर्किंदै गरेका छोरीको संघर्ष हातमुख जोड्नुभन्दा निकै परको हुँदो रहेछ । आफ्ना भनिनेहरूबाटै भएका शारीरिक तथा मानसिक शोषणविरुद्ध आवाज उठाउनै नसक्नुको परिणाम छोरीले मात्रै भोग्नुपर्छ । हामीले मात्रै भोग्नुपर्छ, मैले पनि भोगें ।

आज मलाई लागेको छ, सहनशील हुनु समस्याको समाधान निकाल्नु होइन, समस्याबाट भाग्नुमात्रै हो । समस्या फेरि भेटिन्छ, फेरि लखेट्छ ।

त्यसको पछिल्लो उदाहरण हाम्रा अघिल्तिर छर्लङ्गै छ- १६ वर्षकी किशोरी गायिकामाथि भएको बलात्कारको घटना । उनले बाँचेको परिवेश पनि मैले हुर्किएको समाजभन्दा बिल्कुल फरक थिएन, छैन । त्यसैले आफूमाथि अत्याचार भइरहेको छ भन्ने जान्दाजान्दै उनी बोलिनन् । बरु गीत गाउनै छोडिदिन्छु भनेर काठमाडौं छोडिन् । घरमा गएर बसिन् । हाँस्न बिर्सिइन् । कला क्षेत्रमा बन्दै गरेको करियरको माया मारिन् । घरमा अभिभावकलाई आफूमाथि भएको बलात्कारबारे नबताएकी पनि होइनन् तर उनलाई चुपचाप बस्न भनियो ।

बोले आफ्नै ‘इज्जत’ जान्छ भन्ने डरले झण्डै झण्डै उनलाई नै सकेन । महिलाका हकमा त ‘मर्नभन्दा बौलाउन निको’ भन्ने पुरानो उक्तिले काम गर्दाे रहेनछ । यस्तो यातना पाएर बौलाउन भन्दा बरु मर्नै निको भन्ने बाटो पो सजिलो हो कि भन्ठानिंदो रहेछ । जुन सोच १६ वर्षकी यी गायिकामा पनि आएको थियो, ममा पनि नआएको होइन ।

म फेरि मेरै कुरातिर फर्किन्छु । कहिले सहयोगीका नाममा, कहिले अग्रजका नाममा शोषण गर्न खोज्नेहरूका बारेमा मैले यसअघि नै लेखिसकेको छु । त्यस लेखले कतिलाई ऊर्जा पनि दियो, बोल्नुपर्छ भन्ने पनि बनायो । म आफैंले जोरीपारी हाँस्छन् भन्ने डरमा साधेको मौनता तोड्न पाएकोमा आफैंलाई धाप मारें पनि । तर दिदीबहिनीहरू, हामीले बुझ्नै पर्छ शोषणका विरुद्धमा बोल्दै गर्दा समाज सधैंभरि, उस्तैगरी हाम्रो साथमा रहन्न । मेरो साथमा पनि रहेन ।

उतिबेलै किन नबोलेको भन्ने प्रश्नहरू युद्धका गोलीजस्तै बर्सिए, महिलाहरु पीडा देखाएर बार्गेनिङ गर्छन् भन्नेहरूले मलाई किन बाँकी छोड्थे र ? समाजसँग जे अपेक्षा थिएन, त्यही भोग्नुपर्‍यो ।

बोलेबापत लाञ्छना सहने सिलसिलाको सुरुवात बोलेपछि नै भयो । एउटा समूहमा मेरो नाम बहिष्कृत जस्तै भयो । जसरी अहिले ती किशोरीको नाम त्यही सूचीमा चढेको छ ।

बलात्कार भएको उजुरी गरेपछि उनको साहसलाई धाप मार्नेहरूभन्दा उनको ‘चरित्र’ माथि औंला उठाउनेहरूको संख्या धेरै भयो । सबैलाई थाहा छ, यो मुलुकमा बलात्कारको आरोप लागेका व्यक्तिको पक्षमा नारा लाग्यो । पीडित सामाजिक सञ्जालमा तिनै नाराहरू सुन्दै गुपचुप रहिन् । भन्नुस् त, अनाहकमा शोषणमा पर्नु अपराध गर्नु हो र ?

होइन भने हामीले बोल्न किन डराउनु ? हो, लोकतन्त्रमा बोलेबापत लाञ्छना पाएर त्यसको मूल्य चुकाउनुपर्ने कोही छन् भने महिला नै छन् । पछिल्ला आन्दोलनहरूले शिक्षा जरुर बढाए, नेताहरूको लोकलाज छोप्न सहभागिताको कुराहरू पनि गरियो । तर चेतना बढ्न किन सकेन ? समाज किन उस्तै निर्मम रह्यो ? जस्तो मेरी आमाले भोगिन्, उस्तै मैले र म पछिका पुस्ताहरुले किन भोग्न परिरहेको छ ?

कारण खोज्दै जाँदा धेरै भेटिएलान्, सबैभन्दा प्रमुख कारण हामीले हाम्रो आवाज बलियो बनाउन नसक्नु नै हो । हामीले बोल्न खोज्दा मुख थुन्न तम्सिने र हामीलाई दुःख पर्दा हुल बाँधेर रमिते बन्ने हाम्रा आफन्तहरु नै हुन्, हाम्रै परिवार हो, हामी स्वयम् हौं । यसको एउटामात्रै ओखतीचाहिं हामीले बोल्नु हो, हामीले प्रश्न गर्नु नै हो ।

अहिले मेरी १० वर्षकी छोरी छिन् । बारम्बार प्रश्न गर्छिन्, बारम्बार जिज्ञासा राख्छिन् । उनको मन दुख्नेगरी मैले नै बोलें भने पनि हजुरले यो गलत भन्नुभयो भन्छिन् । उनका प्रश्नसँग मैले झिंजो मान्दिनँ । उनले आफूलाई चित्त नबुझेको कुराभन्दा मैले स्वीकार्छु या सम्झाउँछु । अहिले जिज्ञासु हुनु त उनको बालसुलभ चरित्र नै हो । तर अहिले समाजको उल्टो गति देखेर मलाई डर लाग्छ, हुर्किंदै जाँदा उनका प्रश्नहरु पनि मर्दै जाने त होइनन् कतै ?

मेरो यो डर संभवतः तपाईंको पनि डर हो । त्यसैले पनि यसपालि हामी बोल्नै पर्नेछ । तर नबोलेर आउँदो पुस्तालाई पीडाको भट्टामा धकेल्नुभन्दा हामी नै जलौं, हामी नै गलौं तर प्रश्न सोध्न नछोडौं, शोषणका विरुद्ध बोल्न नछोडौं ।

बिनु सुवेदी 

  • अझै
  • नछोडौं
  • नारी
  • बोल्न
  • लाग्छ
  • लाञ्छना
  • हामी
  • हामीमाथि
मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.